IME Life
GBIME

‘नेपाल रि’का लागि ‘हिमालयन रि’ प्रतिस्पर्धी होइन, सप्लिमेन्ट्री होः निमित्त सीईओ दामोदर भण्डारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको संस्थापनादेखि कार्यरत दामोदर भण्डारी नेपालमा रहेका बीमा र पुनर्बीमा क्षेत्रमा सीमित अनुभवीमध्येका एक हुन्। उनले २०५५ सालदेखि लगातार २०७२ कात्तिक १४ सम्म बीमा नियामक साबिक बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण)मा रहेर नियामकीय अनुभव लिने अवसर पाए। त्यसअघि नै उनले सगरमाथा इन्स्योरेन्समा १ वर्षसम्म रहेर बीमा क्षेत्रमा आफ्नो करियर यात्रा सुरु गरिसकेका थिए।
भण्डारीले तत्कालीन बीमा समितिमा रहँदा विराटनगर क्षेत्रीय कार्यालय प्रमुख जिम्मेवारीसमेत पाएका थिए। नियामकीय संस्थामा कार्यरत रहँदा उनले प्रोडक्ट डिजाइन र प्राइसिङको काम पनि गरे। आफ्नो कार्यकालको लामो समय उनले बीमा कम्पनीहरुको अनसाइट निरीक्षणमा पनि बिताए। बीमा दर निर्माणमा मोटर बीमा र सामुद्रिक बीमामा बीमाशुल्क दर निर्धारणको काम गरे। नियामकीय संस्थाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय र पेसागत संघसंस्थासँगको समन्वय र अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन र तालिम कार्यक्रममा सहभागीताको अवसर पनि पाए।

त्यही अवधिमा भण्डारीले १ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बीमाविज्ञका रुपमा पनि काम गरेका थिए। निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्समा रहँदा नै उनले निर्जीवन बीमा बजारको बारेमा बुझ्न पाए। यसबाहेक बीमा समितिको विराटनगर क्षेत्रिय कार्यालयमा तीनवर्षे कार्यकालमा पनि उनले नेपालको बीमा बजारको व्यवहारिक अभ्यासलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए।

Crest

जनप्रशासन र समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका भण्डारी २०७२ कात्तिक १५ गते नेपाल पुनर्बीमा कम्पनीमा नायब महाप्रबन्धक पदबाट प्रवेश गरेका थिए। उनी हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली रहेका छन्। निमित्त प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग नेपालमा पुनर्बीमाबारे केन्द्रित भई ‘इन्स्योरेन्स टक’मा गरिएको कुराकानीको सारसंक्षेपः

नेपाल सरकारको मूल स्वामित्व रहेको, यसका मेरिट र डिमेरिट दुइटै होलान्। ब्रान्डको हिसाबले सरकारको स्वामित्व भएको अन्तर्राष्ट्रिय बजारमा राम्रो होला। इन्टरनल्ली फङ्सन गर्न सरकारको रेल र रेगुलेस सबै फलो गर्नुपर्छ। त्यसले अलि गाह्रो होला। तपाइँले कस्तो फिल गरिरहनुभएको छ ?

मेरो हिसाबमा नेपाल सरकारको लगानी भएको र फ्ल्याग क्यारिअरको हिसाबले जहिले पनि बेनिफिसियल नै हो। केही चिजहरु के हुन्छ भने प्रोसेडुअल कुराहरु अलिकति सरकारी व्यवस्थाहरु, ऐन, कानुन र नियमहरु अलि मान्नुपर्दा डिसिजन मेकिङमा केही हुन सक्छ, केही फरक पर्न सक्छ। तर, समग्रमा हेर्दाखेरी सरकारी भएको धेरै राम्रो।

तर, तपाइँहरु एउटा सीईओ नियुक्त गर्न कति समय लगाउनुहुन्छ। कहिले बोर्ड नै खाली भइरहेको हुन्छ। एउटा कर्मचारीको विनियमावली बोकेर मन्त्रालय, मन्त्रालय धाउनुपर्छ। मन्त्री फेरिन्छन्। यो सबैले तपाइँहरुको कोर फङ्सनमा कत्तिको इफेक्ट गर्छ ?

त्यो त छ। त्यही देखिन्छ। तपाइँले भन्नुभएको सही नै भन्नुभएको हो। हामी वास्तवमा त्यही कुराको चाहिँ हरल्ड नहोस् भने यो कम्पनीको कम्पोजिसन, खासगरी नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व थियो र अहिले आउँदाखेरी चाहिँ सरकारको ४४.०४ प्रतिशत प्रत्यक्ष लगानी हुने गरी पीपीपी मोडलको एउटा कम्पनीका रुपमा आएको हो। वास्तवमा पुनर्बीमा कम्पनी भनेको राष्ट्रिय रुपमा भन्दा पनि अन्तर्राष्ट्रिय रुपमा सक्रिय रहनुपर्छ र राष्ट्रिय रुपमा हामीले पुनर्बीमा व्यवसाय गर्दैगर्दा हाम्रो प्रतिस्पर्धा भनेको अन्तर्राष्ट्रिय पुनर्बीमकसँग हुन्छ। आज पनि ह्यानओभर होस्, स्विस होस्, एक्सट्रा होस् वा जीआईसी होस्, अथवा जीआईसी भुटान नै किन होस्, हामी सँगसँगै छन्। हामी उनीहरुबीचमै काम गरिरहने हो। भनेपछि हामीले गर्ने कामहरु हाम्रा व्यावसायिक गतिविधिहरु सबै चिज अन्तर्राष्ट्रियस्तरकै हुनुपर्छ। त्यो सन्दर्भमा चाहिँ अघि तपाइँले भन्नुभएको जस्तै निर्णयमा प्रभावकारिता ल्याउन यथाशीघ्र निर्णय ल्याउने, यथाउपयुक्त निर्णय तत्काल गरिहाल्ने, यस्ता चिजहरु आइरहेका हुन्छन्, त्यसलाई हामीले म्यानेज गरिरहेका छौँ।

तर, सजिलो चाहिँ सरकारले बजेटमार्फत फुत्त एक लाइन लेखेर डाइसेक्ट सेसन दिँदो रहेछ, रेगुलेटरलाई भन्ने हो भने यति प्रतिशत बिजनेस अनिवार्य देऊ भन्दो रहेछ। तपाइँहरुलाई बसी–बसी व्यापार आउँदो रहेछ।

तपाइँ भनेको पनि त्यस्तो लाग्छ। वास्तवमा के हो भने हामीले इन्डियामा पनि हेर्यौँ भने यो झन्डै २४–२५ वर्षदेखि लगातार रुपमा प्रत्यक्ष हिस्साको व्यवस्था छ। किन गरिन्छ भने वास्तवमा पुनर्बीमा कारोबार नेपालको हकमा भन्ने हो भने हामी पहिला आकास्मिक कोष पुनर्बीमा कम्पनीमा आयौँ। पुनर्बीमा कम्पनी भइसकेपछि हाम्रो प्रचलित ऐन, कानुनी, व्यवस्था सबै चिज चाहिँ बीमा कम्पनीलाई हेरेर त्यो अनुभवमा गरिएको थियो। त्यसको आलोकमा। अहिले पुनर्बीमा हुँदा चाहिँ हामी कतिपय चिज हामी सिकिरहेका छौँ। हामीले सिक्दै र गर्दैको चरणमा भएको हुनाले अब हाम्रा कहिले काहिँ नियमाकीय व्यवस्थाहरु, कहिलेकाहीँ अरु कानुनी व्यवस्थाहरु सिक्दै गर्दैछौँ। हाम्रो कस्तो छ भने कर चाहिँ फलोइङ मन्थको २५ गते हामीले बुझाइसक्नुपर्छ। जब कि हाम्रो पुनर्बीमा सम्झौता हामीले मात्रै होइन अन्तर्राष्ट्रिय प्राक्टिस पनि त्यही छ। त्यो व्यवस्थाअनुसार कमसेकम त्रैमासिक सम्पन्न भइसकेपछि एकदम छिटो भयो भने १५ दिनसम्मको हिसाब दिइसक्नुपर्छ, नभए ४५ दिनभित्र हिसाब दिनुपर्छ। त्यो भ्यालिड छ। अब यो प्राक्टिसमा छ। हामीले मात्र गरेर भएन सबैको मान्नुपर्छ।

जरिवाना तिर्नुपर्ने होला नि ?

जरिवाना तिर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले कतिपय प्राक्टिसहरु हामीले अपडेट गर्नुछ। यसको मतलब त्यो प्राक्टिस नै नभएको होइन। त्यो चिजलाई हामीले रेगुलेटर समक्ष अथवा हाम्रा नियम–कानुन बनाउने संयन्त्रमा पुर्याउनुछ र त्यसलाई अवेयर गराएर राख्नुछ। आखिल अल्टिमेटल्ली हामी अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनअनुसार नै पुनर्बीमा गर्ने हो। त्योभन्दा बाहिर हामी गर्दैनौँ।

तपाइँ अघि भन्दै हुनुहुन्थ्यो, जीआईसी हाम्रो प्रतिस्पर्धी हो, ह्यानओभर हाम्रो प्रतिस्पर्धी हो। तर, झट्ट तपाइँहरुको प्राक्टिस हेर्दा चाहिँ अर्को प्रतिस्पर्धी रि चाहिँ तपाइँहरुको प्रतिस्पर्धी नै भयो। मूल प्रतिस्पर्धा चाहिँ बीमा कम्पनीहरुसँगै गरेको हो कि ? प्रिमियम यता ल्याऊ, उता ल्याऊ। उता लैजाऊ, उता लैजाऊ। यो चाहिँ हामीलाई यति देऊ, यति दिन्नम् भनेर चिठीपत्र आदानप्रदान गरेको र रेगुलेटरकोमा धाएको जस्तो देखिन्छ।

वास्तवमा हामी रियलमा पुनर्बीमा प्रतिस्पर्धा चाहिँ होइन, रिस्क सेअरिङ नै हो। हामी अहिले पनि हिमालयन रिइन्स्योरेन्समा प्राटिसिपेट गरिरहेका छौँ। हाम्रो रिइन्स्योरेन्समा उहाँहरुले पनि प्राटिसिपेट गरिरहनुभएको छ। एउटा कुरा त्यो हो। अर्को हाम्रो चाहिँ पुनर्बीमामा रेट्रो भन्छौँ, जुन चाहिँ पुनर्बीमाको पनि पुनर्बीमालाई रेट्रो भन्छौँ। हाम्रो रेट्रोमा जीआईसी पनि छ, जीआईसीको रेट्रो अहिले हाम्रो रिन्युएलमा पनि आइरहेको छ। हामी एक–अर्कामा परिपूरक नै हौँ, त्यो अर्थमा हेर्दाखेरी। तर, तैपनि के हो भने बिजनेस फेरि यही र्छौं। एउटा कुनै कम्पनी स्पेसिफिक लिँदा हामी दुवै सँगसँगै लागिरहेका पनि हुन्छौँ। भनेपछि हामीहरु अनुन्याशी सम्बन्ध छ। तर, हुँदै गर्दाखेरी पनि अघि तपाइँले भन्नुभएको जस्तो के हो भने यो इनिसियल डेजमा अघि हामी प्रत्यक्ष हिस्साको पनि कुरा गर्दै थियौँ। २०११ मा थाई फ्रड आयो, एउटा ए रेटेड रिइन्स्योरेन्स कम्पनी (नाम लिन चाहिँनँ) टाँट पल्टियो। भनेपछि रिइन्स्योरेन्स कम्पनी चाहिँ अहिले ग्लोबल वार्मिङका कारणले अनि अरु रिस्क जस्तै फ्लड नै हेर्यौँ भने प्रत्येक ५ वर्षमा ठूलो फ्लड आउँछ भन्थ्यौँ, अहिले २ वर्षजस्तोमा आइरहेको देखिन्छ। पछिल्लो दाबी भुक्तानी हेर्नुभयो भने झन्डै–झन्डै गत वर्षमात्रै हामीले ६ अर्ब ४० करोड जति दाबी भुक्तानी गरिसकेका छौँ। अझै कति त पेएबल भएर बसिरहेको होला। त्योभन्दा अगाडि ६ अर्ब प्लस, त्योभन्दा पनि अगाडि ५ अर्ब प्लस, भनेपछि हामी के गरिरहेका छौँ भने निन्तरत रुपमा हाम्रो दाबी भुक्तानीहरु अलिकति बढी नै छ। यो एउटा कुरा भयो। दोस्रो अहिले विश्व बजारमै पुनर्बीमा भनेको हर्डर भनेको चाहिँ ट्रम एन्ड कन्डिसन नै अलि कडा र पुनर्बीमा शुल्क पनि महँगा छ। त्यसलाई हर्डर भन्छौँ हामी। त्यो हार्डर मार्केटको सिचुएसन छ। अब यो पुनर्बीमाको चाहिँ ब्याकग्राउन्ड कस्तो छ भने यहाँ पुनर्बीमकले मात्रै लगानी गर्दैन, क्यापसिटमा चाहिँ अरु फाइनान्सियल इन्स्टिच्युटहरुले कन्ट्याक्टचुअल एग्रिमेन्टअनुसार क्यापसिटी दिइरहेका हुन्छन्। अहिले वर्ल्ड स्ट्रेस, कोभिडजस्ता कारणले गर्दा अहिले इकोनोमीमा केही प्रभाव पारेको छ। अलि अगाडि रिसेसन पनि थियो। भनेपछि अब लगानीबाट हुने आय पुनर्बीकमहरुको घटेको छ।

तपाइँलाई रोके मैले। अघि हामीले जोड्दै थियौँ। तपाइँहरु प्रतिस्पर्धा चाहिँ बीमा कम्पनीहरुसँग पनि गर्दै हुनुहुन्छ क्या हो भन्ने जस्तो देखिन्छ। आरएसएमडीएसटीको उछलकुदलाई हेर्न सकिएला, डाइसेक्ट सेसनको हिस्सा कहिले कसलाई कति दिने भन्ने टाइपको पनि देखिन्छ। तपाइँहरु र उहाँहरुबीच भेद नै छैन कि क्या हो भन्ने छ नि ?

त्यस्तो होइन। त्यो त के हो भने एउटा प्रडक्टका बारेमा अब बीमा कम्पनीहरुको भनाइ के हो भने प्रडक्ट त कन्टिन्युस प्रोसेस हो। अलिकति पेन्डिङ भएर बसेको छ, यसलाई चाँडै रिसल्भ गर्नुपर्छ। हाम्रो रेगुलेटरले पनि यो छिटो सक भनिरहनुभएकै छ। हामी पनि कराइरहेकै छौँ। मार्केटसँग एउटा लेभलको अन्डरस्ट्यान्डिङ गरेर यो सक्नुछ। यो यसरी पेन्डिङ भएर लामो समयसम्म बस्नुहुँदैन। अहिले आर्थिक वर्षको ९ महिना बितिसक्दा तर निष्कर्षमा पुग्न सकेका छैनौँ। यसो हुनु राम्रो हुँदैन। र, मैले अघि कहाँ लान खोज्दै थिएँ भने जस्तै हाइड्रो बिजनेसमा नेपाल रिले धेरै सहयोग गरिरहेको छ।

गार्बेज पनि उठाइरहेको छ ?

गार्बेजभन्दा पनि हामी एउटा सर्भिस दिइरहेका छौँ। बीमा प्राधिकरणले पुनर्बीमकको स्वीकृतिअनुसार भनेको छ। र, हामीले अलमोस्टले के गरिरहेका छौँ भने ट्यारिफमा तोकेको न्यूनतम बेन्चमार्क हो, त्योभन्दा एडिसनल नै हामी गरिरहेका छौँ। मार्केट हामीले सुधारिरहेका छौँ।

एडिसनल गर्दा त जोखिम अलि बढी आएर भोलि समस्यामा पर्न त सकिन्न फेरि ?

त्यो पर्न सक्छ। त्यसलाई एनलाइसिस गर्ने हो। अन्डरराइटिङको काम नै त्यही हो। एउटा बुगे मिडिल गर्ने हो। हामीले कुनै एउटा हाइड्रो स्पेसिफिक हेरेर यस लस गयो अब यसलाई सबै उतारौँ भन्ने होइन। हामीले बिग नम्बर लिएर एउटा दिने हो। इन्स्योरेन्सको प्रिन्सिपल पनि त्यही हो। यसलाई त के हो भने १ वर्षको एक्सपिरियन्स र धेरै वर्षको अनुभव सबै चिजलाई राखेर हामीले रेटिङ गर्दै जाने हो। त्यो रेटन लाइन भन्छौँ। कति लाइफ साइकलमा त्यसलाई रिकभरी गर्ने हो भनेर हामी हिसाब गर्छौं। जसलाई हाम्रो भाषामा रेटन लाइन भन्छौँ। त्यसरी नै लिएर आएका हौँ। प्रतिस्पर्धी बीमकहरु होइन।

हाइड्रोको रिइन्स्योरेन्स त निकै पेचिलो भयो, बाहिरकाले लिनै नमान्ने अवस्था आइसक्यो भनेपछि सबै तपाइँहरुकोमा थोपरिएको हो ?

केही हदसम्म तपाइँले भन्नुभएको कुरा सही हो। तर, हामीले थोपारेको भन्दा पनि मार्केटले सहयोग गरेको, लिएको हो, नम्बर एक होइन।

बिजनेसमा पनि सहयोग भन्ने हुन्छ र ?

हुन्छ। बिजनेस सहयोग कस्तो हुन्छ भने हामी धेरै इन्ट्रिग्रेट पोर्टफोलियोले गरेका हुन्छौँ। जस्तो एभियसन छ, प्रपर्टी छ, इन्जिनियरिङ छ, मेसेनरी छ। हामी धेरै प्रकारका बिजनेस गर्छौं। बीमकसँग पुनर्बीमकको सम्बन्ध कस्तो हुन्छ भने एउटा पोर्टफोलियो लस मेकिङ छ भने अर्को पोर्टफोलियोले चाहिँ मेन्टेन गर्छ।

तर, अहिले हेर्दा यस्तो देखियो प्रोफिटेबल पोलिसीहरुका प्रिमियम चाहिँ तपाइँहरुले अलिकति लिएर बाहिर पठाइरहेको जस्तो र उहाँहरुले पनि बाहिर पठाइरहेको जस्तो। बाहिर कसैले नलिएको चिज चाहिँ अधिकांश तपाइँहरुले नै लिएको जस्तो भन्यो भने त, यो नेचुरल्ली त देखिएन।

त्यो एनलाइसिस गरिरहेछौँ। हामीले हेरिरहेका छौँ। हाम्रो अहिले दुइटा चिज छ। एउटा चाहिँ हामी ट्रिटीमा नै पार्टिसिपेट गरिरहेका छौँ, सम्झौताबाटै। जुन वार्षिक रुपमा नै हामीले वार्षिक रुपमा निश्चित दायित्व स्वीकार गरिरहेका हुन्छौँ। सहयोग गरिरहेका नै छौँ। त्योभन्दा बाहिर ऐच्छिक पुनर्बीमा भन्छौँ, पटके एउटा–एउटा प्रोजेक्ट बेसको। त्यसका लागि हामीले सहयोग कस्तो भने हामीले फर्चुनेट्ली यसपालि धेरै गाह्रो थियो। हामीले त लामो समय यसपालिका लागि मात्रै होइन कि ३ वर्षका लागि, पुनर्बीमक उपलब्ध नै थिएन। त्यहाँमाथि राम्रो पुनर्बीमक थिएन। हामीसँग ए रेटेड पुनर्बीमक, धेरै राम्रो पुनर्बीमक विश्वविख्यात कम्पनीसँग नै हामीले पुनर्बीमा गर्न सकेका छौँ। अरु पनि त्यस्तै छन्। ती कम्पनीहरुसँगको सम्बन्धका कारणले हामी ३ वर्षका लागि हाम्रो ग्यारेन्टेड छ। त्यस भएकोले अब ट्रेन्ड पनि चेन्ज होला। लस पनि सधैँ नहोला। हेरौँ। हुन त ग्लोबल वार्मिङका कारणले वा अरु नेचुरल विपत्तिको लसको कारणले गर्दा हामीलाई च्यालेन्ज छ। जस्तो टिस्टाको लसमा पनि हामी पार्टिसिपेट थियौँ। तर, हामीले तिरेकै छौँ। अनुभव हामीले हासिल गरिरहेका छौँ। यो एउटा मेजर इस्यु हो। तर, के हो भने हाम्रो अल्टिमेट्ली बिजनेस त यही हो नि। १० हजार मेगावाट त छिमेकी मुलुकलाई दिने भनेर नेपाल सरकारको एउटा कमिटमेन्ट एक खालको सम्झौता भइसक्यो। त्यसलाई हामीले सहयोग गर्नुछ। बिजनेस त यही हो नि हाम्रो। यसलाई कसरी प्रफिटेबल बनाउने त हामी इन्डस्ट्रीले हो नि। बाहिरको कुरा त हुँदैन।

तपाइँहरु कहिले–कहिले कारोबार बीमाको दायित्वबोध दिनुहुन्छ। कहिले–कहिले यस्ता पोलिसीहरु एक्सेप्ट गरिदिनुहुन्छ। अन्तिममा इन्भेस्टर चाहिँ हेरेको हेर्यै हुने हो कि ?

त्यो पनि च्यालेन्ज छ। तपाइँले भनेको सही कुरा हो। हामी डबल डिजिटमा मुनाफा दिनुपर्छ भनेर हामीले एउटा कमिटमेन्टजस्तो एक्सरसाइज पनि गरिरहेका छौँ। सधैँभरि लगानीकर्तालाई होइन हामीले गर्न सकेनौँ भन्नु, त्यो उचित होइन। त्यो हाम्रो प्लान र स्ट्याट्रेजीमा पनि छ। तर, कुरा चाहिँ के हो भने फेरि पनि हामी अलिकति २–वटा चिज छ। एउटा चाहिँ जस्तो हाम्रो मोडलिङका कुराहरु डेभलप गर्नुछ। हामीसँग अलिकति मोडलिङ भयो भने प्रपर रेटिङ गर्न सक्छौँ। प्रपर टर्म एन्ड कन्डिसन युज गर्न सक्छौँ। त्यतितिर हामीले विकास गर्नुछ। अनुसन्धानतिर हामीले फोकस बढाउनुपर्नेछ। होल मार्केटकै बढाउनुछ। यसले सबै मार्केटलाई राम्रो गर्छ। अर्को कुरा चाहिँ के हो भने हामी आज सहजतामा बाँच्यौँ भने भोलि सहजतामा जान्छौँ। जीवन बीमा, निर्जीवन बीमा दुवैलाई हेर्नुभयो भने उनीहरुको ग्रोथ पहिलाको जस्तो एक्सपेक्टेड छैन। अहिले सुस्ताएको जस्तो देखिन्छ। वर्ल्ड इकोनोमी पनि त्यस्तै–त्यस्तै खालको देखिन्छ। त्यहाँमाथि हामी डोमेस्टिक इकोनोमी पनि ६ प्रतिशत एक्सपेस्ट गरिरहेका छौँ तर ४ प्रतिशत एजेन्सीहरु भन्छन्। मे बी हामी ५ देखि ५.५ प्रतिशततिर रहन्छौँ होला। भनेपछि यसको इम्प्याक्ट परिहाल्छ। बीमा भनेको त के छ भने अनिवार्य नभएसम्म सप्लिमेन्ट्री भनेको हाम्रो आधारभूत आवश्यक परिपूर्ति भएपछि आउने चिज हो। त्यसको प्रभाव छ। जस्तो आम्दानीमा पनि देखिएको छ। नेपाल रि, वी आर ह्याप्पी। हामी खुसी हुँदै गर्दा के छ भने हामी प्रफिट नै नदिईकन हाम्रा लगानीकर्तालाई दिने गरी काम गर्दैनौँ।

तपाइँसँग कुराकानी गर्दा लाग्छ हामीले रिइन्स्योरेन्सलाई बुझ्ने प्रयत्न गर्दै लाग्छ आएनडी चाहिँ यसको सबैभन्दा बेसिक्ली इम्पोर्टेन्ट कम्पोनेन्ट हो। विदेशबाट कस्तो बिजनेस ल्याउने, त्यसलाई प्रफिट म्यासिमाइज कसरी गर्ने, हामीले के चिज पठाउने, यहाँ के राख्ने ? त्यतातिर कत्तिको ध्यान दिनुभएको छ ?

एकदमै सही कुरा हो। म मेरो संस्थाको कुरा गर्न सक्छु। तर, अनुमान चाहिँ अरु पनि गर्न सक्छु। हाम्रो नेपालको हकमा आरएनडीमा हामी अलि विक छौँ। हाम्रो प्रस्पेक्टिभबाट हामी अलि विक छौँ। अहिले हामीले एकजना एक्चुअरी साइन्समा मास्टर गर्नुभएको साथीलाई राखेका छौँ। हामी हेरिरहेका छौँ। यो डे बाई डे हाम्रा प्रडक्टहरुको अध्ययन गर्ने, अनुसन्धान गर्ने, कुन पोर्टफोलिटीमा कहाँ लस मेकिङ गर्यौँ, कुनमा हामीले प्रफिट गर्दैछौँ, मार्केटको ट्रेन्ड के छ र मार्केट रिक्वायरमेन्ट के छ ? यी सबैलाई हेर्दै हामीले सपोर्ट गर्दै जाने हो। अब जस्तो हामी आरएसएमडीबाट सुरु गरेको बिजनेस, हामी बिजनेट अपरच्युनिटीबाट एउटा कर्पोजिटर इन्स्योरर बन्यौँ, इन्टरनेसनल इन्स्योरर बन्यौँ, आज हामी रेटिङको पनि प्रोसेसमा छौँ। भनेपछि हामी ट्रयाकमा छौँ। जस्तो २०१४ मा आएको पिक्रीलाई हामीले हेर्यौँ भने हङकङ बेस्ड कम्पनी हो, आज उसको वर्ल्डवाइड छ। एयररेटेड भइक्यो। हामी पनि २०१४ मा रिइन्स्योरर भएको भनेपछि हाम्रो स्पिडअपमा कहीँ न कहीँ हामीले विचार गर्नुपर्नेछ, पुनर्विचार गर्नुपर्नेछ। यसमा सबै तत् निकायहरु, सबै स्टेकहोल्डरले सोच्नुपर्छ। प्रफेस्नल्ली रन गर्नुपर्छ। पुनर्बीमा यस्तो क्षेत्र हो, जसलाई जो पायो त्यसले रन गर्न सक्दैन।

तर, तपाइँले अघि भन्नुभयो एक्चुअरीलाई कन्सल्ट्यान्टका रुपमा ल्याएका छौँ। अब पेमेन्टमा पनि समस्या होला। एउटा गाइडलाइन छ सरकारी कति दिने भन्ने अनि त्यत्रो टफ कोर्स पढेर आएका मान्छे तपाइँहरुले दिने सेवासुविधामा त कसरी रिटेन गर्ने ?

हो, त्यो हामीलाई च्यालेन्ज। उहाँ कस्तो भने फुल्ली क्वालिफाइड एक्चुअरी होइन, एकेडेमिकल्ली मास्टर गर्नुभएको, एक्चुअरी साइन्समा हुनुहुन्छ। तर, ही इज डुइङ बेस्ट। उहाँले ग्रोनअप गर्दै हुनुहुन्छ। फुल एक्चुअरीको सर्भिस हामीले कन्ट्रयाक्ट बेसमा लिई नै रहेका छौँ। तर, उहाँ चाहिँ अफिस बेसको हुनुहुन्न। जसरी अरु कम्पनीहरुले गर्छन्, हामीले पनि त्यस्तै गरिरहेका छौँ। आरएनडीतिर हामी गएका छौँ, अलिकति गएका छौँ तर त्यस्तो धेरै सेटिस्फाई हुने गरी गएका छैनौँ। सुधार गर्नुछ।

त्यही आरएनडी र एक्चुअरी तालमेल नमिल्दा होला बीचमा ३२–३३ देशमा चाहिँ हामी बिजनेस गरिरहेका छौँ भनको तर गार्बेज उठाएर लसमात्रै भोग गरिरहेको ?

त्यो यस्तो हो। इनिसियल डेजमा इन्स्योरेन्स कस्तो हुन्छ भने मान्छेले भुलवश के बुझिदिन्छ भने प्रिमियम भनेको अर्निङ हो। तर, प्रिमियम भनेको अर्निङ होइन लायबिलिटी हो। अनएक्सपायर्ड रिस्क नहुन्जेलजम्म त्यो लायबिलिटी हो। जब रिस्कबाट हामी एक्सपायर्ड हुन्छौँ तबमात्र त्यो प्रिमियम हाम्रो अर्न हो। अब इनिसियल डेजमा हामीहरुले प्राटिसिपेट गर्दा फ्याक्लटीबाट गर्यौँ। इन्टरनेसनल मार्केट कस्तो हो भने २–३ वटा कुराले असर गर्दो रहेछ। एउटा चाहिँ इन्टरनेसनल मार्केट पीएमएल बेसमा छ, समएस्योर्ड बेसमा छैन। समएस्योर्ड बेसमा के छ भने जस्तै यो घर ५० करोडको छ भने हामीले ५० करोडको प्रिमियम लिन्छौँ। तर, यदि समएस्योर्ड बेस हो भने ५० करोडमध्ये फ्लडले कति हिट गर्ला भन्दा म्याक्सिमम १० प्रतिशत हो भने ५ करोडको मात्रै बीमा गर्ने भयो। भनेपछि इन्टरनेसनल मार्केट एक्सपिरियन्स फरक–फरक हुँदो रहेछ। त्यो हाम्रो इनिसियल डेज अलि कम थियो। सायद त्यसले पनि काम गर्यो। दोस्रो हामी रेटेड कम्पनी थिएनौँ। हाम्रो बिजनेस त ३३ वटा देशमा पुग्यो। तर, पुग्नु ठूलो कुरो भएन। त्यसबाट नाफा कसरी कमाउने र हाम्रो पहुँचलाई कसरी निरन्तरता दिने भन्ने प्रश्न बढी अहम् थियो। र, त्यो चिजमा हामी अहिले १२ वटा देशमा छौँ। तर, तिनै बीमा र पुनर्बीमकहरु करिब–करिब तिनै पुनर्बीमा दलालहरुमार्फत छौँ। नेपालीमा दलालभन्दा अर्कै सुनिन्छ तर रिइन्स्योरेन्स ब्रोकर भनेका कन्सल्ट्यान्ट हुन्, उनीहरुमार्फत नै बिजनेस ल्याउने हो र दिने हो। क्लेम लिने र दिने पनि हो। सल्लाह दिने पनि हो। उनीहरुमार्फत नै छौँ।

तपाइँहरुले बाहिरबाट ल्याएको बिजनेसमा प्रोफिटको रेसियो राम्रो हो कि या इन्टरनल्ली तपाइँहरुले जेनेरेट गरेको बिजनेस प्रफिट राम्रो दिइरहेको छ ?

प्रोफिट रेसियो डोमेस्टिक नै हो। किनभने हाम्रो ट्यारिफ ड्रिभन मार्केट छ नम्बर वान। नम्बर टु हामीले के थाहा छ भने यो मार्केटमा कुनै–कुनै क्लेम मैले यहाँ नाम लिन चाहिनँ। कुनै–कुनै क्लेम सिडेनले दिइसक्दा पनि नेपाल रिले दिने सन्दर्भमा दिन लायक रहेनछ भने हामीले डिनाई गरेको क्लेमहरु पनि छ। यसको मतबल के हो भने हामीलाई लोकल्ली एभाइलेभल भएको हुनाले हामीले क्लेम कन्ट्रोल अथवा क्लेम म्यानेजमेन्टमा पनि उत्तिकै एक्सपिरियन्स रहने भयो। अब अन्डरराइटिङमा पनि एक्सपिरियन्स भयो। हामीलाई अन्डराइटिङमै प्रेसर छ। हामीलाई हाइड्रोमा सानादेखि ठूलासम्मको प्रेसर आउँछ। ठूला भनेको पदाधिकारीहरु, सीआईओको पनि आउँछ, अन्डराइटिङ डिपार्टमेन्टको पनि आउँछ र कहिले–काहीँ रिइन्स्योरेन्सको पनि आउँछ। तर, हामी के गर्छौं भने हाम्रो निश्चित एउटा मापदण्डभन्दा तल जाँदैनौँ। बरु उहाँहरुलाई भन्छौँ, कन्भिन्स गराउँछौँ। उहाँहरु पनि कन्भिन्स हुनुहुन्छ। कहिले–कहीँ प्रेसर गर्दा हुन्छ कि भनेर ट्राई गर्नु स्वाभाविक हो तर हामी मान्दैनौँ।

इन्टरनेसनल मार्केटमा जाने भन्ने कुरा छ, त्यो एक्सपोजरको विषय भयो।

हो, हामी गइरहेका छौँ। अहिले के छ भने करिब १० प्रतिशत बिजनेस हामी इन्टरनेसल मार्केटबाटै छौँ। हाम्रो राम्रो सम्पर्क छ। इन्डियामा फरेन रिइन्स्योरर नम्बर भनेर त्यहाँको हाम्रो नेपाली बीमा प्राधिकरण भनेको जस्तै बीमा नियामक आईआरडीआईएमा हामी २०१८ देखि रजिस्टर्ड रिइन्स्योरेन्स छौँ। बिजनेस गरिरहेका छौँ। तर, हामी एग्रिसिभ्ली गएका छैनौँ। मार्केटिङ पाटोमा हाम्रो अलि कमजोर छ। हामी जानुपर्छ। जस्तो हाम्रो सीईओ भ्रमण गर्नुपर्यो, सञ्चालक भ्रमण गर्नुपर्यो भने कहिले–काहीँ बीमा प्राधिकरणको स्वीकृति लिनुपर्ने त छँदैछ मन्त्रालयको पनि स्वीकृति लिनुपर्छ। त्यसले कहिले–काहीँ कस्तो हुन्छ भने तत्कालै जानुपर्यो भने नहुन पनि सक्छ। त्यस्ता चिजहरु हामीलाई एक्सपिरियन्स छ हामीलाई। मलाई लाग्छ सिरियस्ली एप्रोच गर्दा यस्ता कुराहरु रोकिने चिज चाहिँ हुनुहुँदैन।

तपाइँहरु धेरैतिरबाट बाउन्ड हुनुहुन्छ। ओभरसाइड एजेन्सीहरु यति धेरै छन् कि जता उड्छु भने पनि पखेटा काटिदिने अवस्था छ। तर, प्रतिस्पर्धीहरु त स्वच्छन्द बजारमा विस्तार अभियानमा छन्। यसैगरी कसरी टिकिरहनुहोला ?

गभर्मेन्टको ब्याकिङ भनेको चाहिँ यसको कन्फिडेन्स खासगरी इन्स्योरेन्समा ठूलो हुन्छ। किनभने अल्टिमेट्ली कोही छैन भने त गभर्मेन्ट भोलि रेडी टु पे, गभर्मेन्ट ब्याकमा छ भन्ने हुन्छ। हामीले धेरै त्यस्तो उदाहरणहरु देखेका छौँ। जसमा चाहिँ साँच्चीकै एउटा कुनै प्राइभेट एजेन्सीले चलाएको थियो भने त्यो संस्था रहँदैरहँदैन थियो होला। तर, सरकारले चलाएको हुनाले घाटा खाएर पनि संस्थाहरु रहिरहेका छन्। पछि नाफा पनि हुन्छ होला। जस्तो अहिले अन्त जानै परेन, हाम्रो कुलमान घिसिङ सरले राम्रै गर्नुभएको छ। अब नेपाल विद्युत प्राधिकरणको मुनाफा नपाउनेबाट हामी मुनाफा पाउनेमा आयौँ। यत्रो लोडसेडिङबाट हामी मुक्त भएका छौँ। अहिले बिजुली बेचिरहेका छौँ। भनेपछि सम्भव छ। रिइन्स्योरेन्स चाहिँ मलाई के लाग्छ भने यति पोटेन्सियल छ कि आज हामी १०–१२ अर्बको गर्दैछौँ। मलाई लाग्छ ३–४ वर्षमा हामी करिब २०–२५ अर्बको गर्न सक्छौँ। हाम्रो इन्टरनेसनल मार्केट राम्रो छ। इन्टरनेसनल मार्केट फेरि रिइन्स्योरेनस भनेको टोटल रिलेसन बेस्ड हो। लन्डन मार्केट भनौँ, सिंगापुर मार्केट भनौँ, इन्डियन भनेको हाम्रो सपोर्ट गर्ने मार्केट हो। सबै हामीसँग खुसी छन्।

तपाइँहरुको रिस्क बेयरिङ क्यापेसिटी न्युमेरिकल्ली भन्नुपर्यो भने आजसम्म हामी यति बराबरको जोखिम चाहिँ बोक्दिन सक्छौँ भन्ने होला नि ?

त्यो त यस्तो छ। अब पब्लिकल्ली त्यति रिसोर्स गर्दैनौँ। हामीले के गर्छौं भने हाम्रो टोटल इक्विटी भयो। अनि त्यसपछि हाम्रो रेट्रोसेसनको सपोर्ट भयो। यसले हाम्रो बिजनेस फिलोसोफी भयो। यसमा हामीले रिटेन्सन राखिदिने त हो नि। त्यति भएपछि अनि हामीले म्याक्सिमम कति लिने भन्ने हो। एउटा उदाहरण के दिन्छु भने प्रतिजोखिममा हामी दुई, अढाइ करोडमात्र लिन तयार थियौँ, इनिसियल डेजमा। आजको दिनमा आउँदा ४०–५० करोडसम्म हामी आफैँले राख्न सक्ने क्षमतामा छौँ। हाम्रो इन्क्रिज भइरहेको छ। राम्रो छ। अब खालि एउटा कुरा के हो भने एग्रिसिभ्ली जाँदाखेरी हुन सक्ने कुरा। एउटा सही कुरा मनोपोलिटिक मार्केटमा हिजो हाम्रो प्रिजेन्स थियो, त्यो बेलाको एउटा अवस्था होला। आज अलि कम्पेटेटिभ भयो। कम्पिटिसनले सिकाउँछ पनि। शेअरिङ पनि गर्न पाइन्छ। किनभने अर्कोले गर्छ भने हामी किन गर्न सक्दैनौँ भन्ने कन्फिडेन्स पनि आउँछ। र, मिन टाइम हामीले कोभिडको राम्रै पैसा पनि तिर्यौँ। १ अर्ब २० करोड रुपैयाँ हामीले पैसा तिर्यौँ।

बाँकी पैसा त तिर्दैनौँ भनेर झगडा पनि गरिरहनुभएको छ।

होइन । यस्तो थियो, हामी तिर्दैनौँ भन्दा पनि कन्ट्रयाक्चुयल एग्रिमेन्टले हाम्रो बोर्डले बोलिसकेको विषयमा म धेरै जान चाहँदिन। मेरो बोर्डले नै निर्णय गरिसकेको विषय हो। अहिले मैले यति बेलेँ कि कन्ट्रयाक्चुयल एग्रिमेन्टअनुसार हामीले तिरिसकेका छौँ भनेर हामीले रिप्लाई गरेका छौँ।

तर, तपाइँले अघि भनेका कुरामा त अलि मे खाएन नि ? सरकार ब्याकिङ भएको कम्पनी भनेपछि त सरकारको, तपाइँहरुको तालुकदार मन्त्रालयले यति पैसा यसरी–यसरी तिर्ने भनेर, त्यो पनि त जिम्मेवारी होला भन्ने पाइयो नि ?

त्यो त सरकारले जसो–जसो गर्छ, हामीले फलो गर्ने हो। मलाई लाग्छ त्यसमा सरकारका विषय पनि जोडिएका होलान्। त्यसो भएको हुनाले योभन्दा अगाडि मैले बोल्न चाहिनँ। खालि के हो भने हामी सरकारको नीति, कार्यक्रमलाई नै अनुशरण गर्ने हो र त्यसलाई नै कार्यान्वयन गर्ने हो।

इन्टरनेसनल एक्सपोजरको विषय, जस्तो थर्ड वर्ल्डको बिजनेस अलि बढी आइरहेको होला आजको दिनमा, तपाइँ सेकेन्ड वर्ल्ड हुँदै फर्स्ट वर्ल्डसम्म जानका लागि त्यो इन्टरनेसनल एक्सपोजर यहाँहरुलाई चाहिन्छ। शाखा खोल्नुपर्ने होला। ब्रोकर एजेन्सीहरुमार्फत टाइअप गर्नुपर्छ होला। ठूलो खर्च गर्नुपर्छ। त्यतातिर सरकार कम्पनी भएको हुनाले जान अलि असहज छ कि भन्ने छ? ती गाँठाहरु फुकाएर फर्स्ट वर्ल्ड, सेकेन्ड वर्ल्डतिर जाने विषयमा के गर्न सकिन्छ ?

जानुपर्छ। केही समयपहिले हामीले हेरेका थियौँ। हामीले जस्तो इन्डियन मार्केटमा गिफ्ट सिटी भन्ने ठाउँ छ, जहाँ हामीले डलरमा कारोबार गर्न सक्छौँ। त्यहाँ हेर्यौँ। त्यसैगरी हामी दुबईमा हेर्यौँ। तर, त्यहाँ चाहिँ अलि ठूलो धनराशि डिपोजिट गरेर राख्नुपर्छ। व्यावसायिक हाम्रो हुन सक्ने पोटेन्सियल मार्केट र त्यहाँ हामीले राखेको पैसाको रिटर्न हेर्दाखेरी हामी नगएर पनि किनभने अल्टिमेल्टी हाम्रो पुनर्बीमा ब्रोकरहरु छन्। हिजोको दिनको जस्तो अहिले हामीलाई टेक्नोलोजीले पनि असाध्यै ठूलो सपोर्ट गरेको छ। हामी जुमबाटै कुरा गर्न सक्छौँ। लाइभबाटै कुरा गर्न सक्छौँ। टाइम जोन फरक भए पनि हामी कुरा गरिरहेकै हुन्छौँ। अहिले के छ भने टेक्नोलोजीले पनि हामीलाई सजिलो बनाएको छ। यसको मतलब शाखा खोल्नै पर्दैन भन्न खोजेको होइन तर शाखाको अर्कैको भ्यालु हुन्छ। लोकल प्रिजेन्स भनेको अर्कै भ्यालु हुन्छ। त्यसैले यहाँ जीआईसीले किन खोल्यो ? एलआईसीले किन खोल्यो ? भने उसले लोकल प्रिजेन्स राखेको हो। त्यसको मान्यता सबै ठाउँमा छ। ह्यानओभर हेर्नुहोस्, स्विस हेर्नुहोस्, जुनसुकै वर्ल्ड रिनन्ड रिइन्स्योरेन्सहरु सबै ठाउँमा छन्। सिंगापुरमा हेर्नुहोस्, इन्डियामा आइराखेका छन्। उनीहरुको होमटाउनमा छन्, अन्त–अन्त पनि छ। भनेपछि हामी पनि जानुपर्छ। त्यसलाई हाम्रो तयारी, हाम्रो क्षमता, हाम्रो व्यवासायिक आकार, गुणस्तर, यी सबै चिजले निर्धारण गर्छ। मलाई लाग्छ केही समय अझै लाग्छ।

प्राधिकरणले चुक्तापुँजी नयाँ संरचना अघि सार्यो। तपाइँहरुको योजना के हो ?

हामी त्यसमा पोजिटिभ छौँ। हामी होमवर्क गरिरहेका छौँ। हामीले केही कमिटमेन्टहरु प्राधिकरणलाई अनुरोध गरिसकेका छौँ। हाम्रो सन्दर्भमा भन्दा नेपाल सरकारकै निर्णय चाहिने हुन्छ। हामी त्यो प्रक्रियामै छौँ। हामी अगाडि होमवर्क गरिरहेका छौँ।

त्यो १० अर्बबाट १२ अर्ब ८० करोड आसपास पुग्नुभयो।

करिब १२ अर्ब ८१ करोड छौँ।

त्यो पुँजीमा त लगानीकर्तालाई रिटर्न यति–यति थोरै–थोरै दिइरहनुभएको छ। अब १ वर्षको बीचमा २० अर्ब पुर्याएर कति कमाएर कति बाँडिएला भन्ने जोखिम छ ? यो कमाइसँग मात्रै जोड्ने कुरा रहेन। तर, लगानी गरेपछि त रिटर्न पनि आउनु पर्यो नि ?

त्यो पनि आउँछ। त्यो च्यालेन्ज छ अहिले। हाम्रो अलमोस्ट लगानीहरु भने बैंक तथा वित्तीय संस्थाको निक्षेपतिर गएर बसेको छ। हुन त हामीले नागरिक स्टक डिलर कम्पनी पनि लगानी गरेका छौँ। निफ्रामा पनि लगानी गरेका छौँ। जुन चाहिँ हाम्रो सरकारको उद्देश्यअनुरुप नै विकासको नयाँ–नयाँ एभिन्युजहरुमै हात हालेका हौँ। योगदान पुर्याउन खोजेको पनि हो। अल्टिमेट्ली इन्स्योरेन्स सेक्टर गर्ने पनि त्यस्तै नै हो। तर, हाम्रो उपलब्ध भएको साधन र स्रोतलाई हेर्दाखेरी हामीसँग उपलब्ध लिक्विडिटी पनि चाहिरहने हुन्छ। अनएक्सपेक्टेड इन्स्योरेन्सभन्दा पनि रिइन्स्योरेन्समा सिभियर लसहरु पनि आउँछ। भनेपछि हामीले त्यतातिर पनि हेर्नुपर्यो। र, अहिले फाइनान्सियल इन्स्टिच्युसनको रिटर्न त वास्तवमा केही पनि छैन। मतलब पहिलाको भन्दा बिलो रेट छ। किन मैले त्यसो भने भनेँ हामी ११–१२ बाट अब हामी ८–९ तिर आएका छौँ। करिब ८ भनौँ। भन्दाखेजी झन्डै–झन्डै डेढीजस्तो फरक पर्नेजस्तो भइसक्यो। मैले भन्न खोजेको हो भनेँ हामीलाई लगानीबाट हुने मेजर कन्ट्रिब्युसन हो। त्यो पनि घट्दो छ। अब अन्डरराइडिङ प्रफिटमा वर्ल्ड स्ट्रेसले गर्दा त्यसमा पनि मार्जिन कम छ। डोमेस्टिक मार्केटको प्रेसर कस्तो छ भने सकेसम्म चाहिँ सस्तोमा बिजनेस गरिदिऊ गरिदिऊ भन्ने छ।

ट्यारिफमा पनि बार्गेनिङ छ क्या ?

ट्यारिफमा पनि छ। अब फेरि अर्को कुरा मैले हाइड्रोको पनि कुरा जोडेँ। यता इप्पानपट्टिको उहाँहरुको पनि समस्या चाहिँ के छ भने वास्तवमा पैसामात्र तिरेर अपरेट नै गर्न नसके कसरी तिर्ने ? त्यो उहाँहरुको पनि समस्या छ। हामीले के बुझ्नु भएन भने हामीले लिने भन्ने नाममा उहाँहरुलाई पनि प्राक्टिकल्ली भाइबल नै नहुने गरी त गर्नु भएन। त्यो इस्यु हाम्रो एभिएसनमा पनि छ। त्यो इस्यु हाम्रो हाइड्रोमा पनि छ।

कोर कन्स्ट्रक्सनमा त अझै धेरै होला ?

हो। त्यसका लागि हामीले म्युचुअल इपोर्ट हामी इन्टनेसल एजेन्सको चाहिँ लिनै पर्छ। जस्तो अहिले हामी गर्यौँ। हाम्रो रिइन्स्योरलाई कन्भिन्स गराएर यिनै कुरा देखाएर फ्युचर प्रस्पेक्टिभमा पनि देखाएर। आज आयो होला लस, आज बाढी आयो होला, सधैँ त आउँदैन नि। अब केही कनेक्टिभ मेजरहरु अहिले हाइड्रोमै हेर्नुभयो भने उहाँहरुले के गर्नु भइरहेको छ भने अन्डरग्राउन्ड प्रोजेक्टहरु धेरै गर्नु भएको छ। प्रोटेक्टिभ मेजरहरु लिइसक्नुभएको छ। त्यो गर्न सकिन्छ। हामी पनि गरिरहेकै छौँ। तर, त्यहीअनुसार हामी रेटिङ पनि गरिरहेका छौँ। हामीले सेफ्टी मेजरलाई प्रोत्साहन गरिरहेका छौँ।

नेपाल रिको रेटिङ चाहिँ कहिले सक्ने ?

सकिन्छ। हामीले ६ महिनाको सक्नेगरी काम सुरु गरेका छौँ। यो आर्थिक वर्षभित्र सकिन्छ। कन्ट्री रेटिङ नभएकोले हामीलाई रेटिङमा एकदमै धेरै एक्सपेक्ट गर्न सक्दैनौँ। तर, रेटिङ सकिन्छ। हामीलाई जति रेटिङ आउँछ, त्यसले पनि काफी हुन्छ। किनभने वी आर अलरेडी इन द इन्टरनेसनल मार्केट। हामीलाई चिन्छन्। अब हामीलाई गाह्रो छैन। पर्सनल्ली म त सीईओ चिन्छु, त्यसको काम अन्डराइटरहरु चिन्छु।

त्यसले पनि काम गर्छ अन्डरराइटिङमा ?

मज्जाले गर्छ। दमोदर भण्डारी स्पिकिङ भनेपछि त्यसको रेस्पोन्स नै फरक हुन्छ। गर्छ।

यो त तपाइँहरुको व्यक्तिगत सम्बन्धको कुरा आयो। रिइन्स्योरेन्स भन्यो भने फलानो रि भन्यो भने त्यसको गेस्चर आउँछ। यस्तो खालको बिल्डिङ छ, यो कर्पोरेट गेस्चरमा उसले बिजनेस गर्छ भन्ने हुन्छ। तर, तपाइँहरुको जहिले डेरा खोज्दै हिँडिरहनुभएको छ।

तपाइँले मर्ममै समात्नुभयो। वास्तवमा यो हामीले २०७२ मै हामी व्यावसायिक भवन बनाउँ भनेर जग्गा किनिसकेको संस्था हो। हामीले नेपाल बैंकको जग्गा लियौँ, मीनभवनमा। यो हाम्रो बनाउने प्रक्रियामा छौँ। अहिले दुर्भाग्यवश के छ भने काठमाडौं महानगरपालिका हामीले पेस गरेको लामो समय भइसक्यो। हामी दैनिक नै फलोअपमा छौँ। त्यो वडा कार्यालयमा पुगेर बसेको छ। त्यहाँबाट स्वीकृति आउनुपर्ने हो तर आइरहेको छैन। त्यो भएको हुनाले प्रतीक्षामै छौँ। हामी आशावादी छौँ। उहाँहरुले पनि हामी छिट्टै गरिदिन्छौँ भन्नुभएको छ। त्यो स्वीकृति आउनेबित्तिकै हामी टेन्डर प्रक्रियामा गइहाल्छौँ। हाम्रो प्लानअनुसार अबको ३ वर्षमा करिब बिल्डिङ स्ट्रक्चर पूरै सकिन्छ। सर्नका लागि त्यसपछिको अर्को एक वर्ष लाग्ला।

भनेको एकजना नयाँ सीईओ आइसकेर उहाँको कार्यकाल सकिँदा तयार हुन्छ ?

आफू सरेर जानु भ्याऊन होला।

संस्थागत संरचनामा १० वर्ष काम गरिसकेको कम्पनीलाई पनि बिल्डिङ बनाउन यति मुश्किल छ है। यो सरकारी हुँदाको परिणाम होला ?

यस्तो होला, मेरो विचारमा के लाग्छ भने हाम्रो कोर फोकस चाहिँ बिजनेसमा र पुनर्बीमाको मार्केटिङमा नै रह्यो। त्यतिखेरको समयमा हामीलाई रिटर्न पनि राम्रै थियो। बैंक तथा वित्तीय संस्थाहरुको १० प्लस नै इन्ट्रेस्ट रेट थियो। त्यहाँको पनि पेब्याक करिब–करिब हामीलाई १०–११ प्रतिशतकै रेन्जमा रहने हो। त्यो हिसाबले सायद हामी पनि त्यति धेरै लागिपरेर हिजोको दिनमा गरिएन, अनेस्टली भन्दाखेरी। तर, सधैँ रिटर्नको मात्रै भ्यालु हुँदैन बिल्डिङमा। अघि यहाँले भन्नुभएको सही कुरा हो। किनभने एउटा इमेज हुन्छ। त्यो हिसाबले हामीले अनिवार्य रुपमा गर्नुपर्छ। प्लानमा छौँ। हामी सक्छौँ। अब ३–४ वर्षमा सकिन्छ।

तपाइँहरुसँग अलि ठूल्ठूलै फन्ड हुन्छ। तपाइँले अघि भन्नुभयो हामी चाहिँ धेरै लगानी निक्षेप राखिदिन्छौँ। त्यो त फ्लक्चुएसन भइरहन्छ। त्योबाहेक केही इक्विटीमा इन्भेस्टमेन्ट गर्यौँ, जस्तो निफ्रामा हाल्यौँ पैसा भनिरहनुभएको छ। नागरिक स्टक डिलर पनि छ। यस्ता स्ट्रयाटेजिक कम्पनीहरुमा लगानी गर्ने हो भने त कोर बिजनेसबाट लस–प्रफिटले आउला, हुँदै गर्ला तर यताबाट आउँछ भनेर अलि–अलि बलियो बन्दै जाने बाटो पनि रहला नि ?

हामी रिइन्स्योर होस् वा इन्स्योर होस् कोर फङ्सन भनेको बिजनेसमै इन्स्योरेन्स र रिइन्स्योरेन्समा गर्ने हो। र, हाम्रो लगानीबाट गर्ने आय चाहिँ हामीले के गर्नुपर्यो भने त्यसको एक्सपर्टहरुलाई हामीले हायर गर्ने हो कि त्यसको एक्सपर्ट र इन्स्टिच्युसनहरुसँग हामीले कोल्याब्रेसन गर्ने हो कि र त्यसमा पनि के छ भने कहिले–काहीँ हामी एउटैले नगरेर कमन मार्केट इफोर्ट क्रिएट गरेर सिनर्जी फिल्डबाट जाने हो कि। त्यसरी जानुपर्छ भन्ने मान्यतामा नै यी संस्थाहरुमा हामीले लगानी गरेको हो। हामी भनेको यो संस्थाहरुको संस्थापित लगानीकर्ता भएरै गरेका हौँ। भोलिका दिनमा अहिलेसम्मको हाम्रो एक्सपिरियन्स र सोचेले स्ट्रयाटेजी के छ भने सकेसम्म सरकारी संस्थाहरुको इन्भल्भमेन्ट भयो भने उहाँहरु र हाम्रो सबै एम चिज मिल्ने भएकोले हामी त्यसरी नै अगाडि बढेका छौँ। जस्तो स्टक डिलर कम्पनी हेर्नुहुन्छ भने पहिला ब्रोकरेजको काम थिएन, अहिले ब्रोकरेजको पनि काम गरिरहेको छ। जेहोस् हामी लगानी गर्छौं तर नयाँ एरियामा जान त दिनै पर्छ। त्यसरी नै विकास हुने त हो।

केही ठाउँमा हेर्नुभएको छैन। सरकारको पनि अलिकति इक्विटी छ, प्राइभेट सेक्टरको पनि राम्रा–राम्रा आइरहेको छ। हामी पनि हालौँ भन्ने छैन ?

छ। जस्तो आईटीमा हाम्रो होमवर्क भइरहेको छ। आईटी एउटा कम्पनी सेटअप गर्न होमवर्क भइरहेको छ। अलि अगाडिदेखि भइरहेको थियो। वास्तवमा यो अहिले अलि सुस्ताएको छ। तर, त्यतापट्टि पनि छौँ। अरु–अरु पनि छलफल भइरहेको छ। तर, अहिले मैले डिस्क्लोज गर्न चाहिनँ। हामी अन्डरकोर्समै छौँ।

भनेको केही नयाँ क्षेत्रमा नेपाल रिले इक्विटीमा पार्टिसिपेट गर्छ ?

गर्छ। हाम्रो रेगुलेटरले पनि इन्करेजिङ गरिरहनुभएको छ। बीमा कम्पनीहरु मार्केटमा एग्रेसिभल्ली त नभनौँ तर उदाहरणी बनेर काम गरिरहनुभएको छ। हामीलाई पनि मागदर्शन दिइरहनुभएको छ। मार्केट यही हो, प्रफिट हामीले पनि गर्नुछ, ब्यालेन्स गर्नुछ। त्यो हिसाबले हामी जान्छौँ।

नियर फ्युचरमा यसरी लगानी गरेर, कोर बिजनेस गरेर, पैसा कमाएर लगानीकर्तालाई उचित प्रतिफल दिन्छौँ, होइन त ?

त्यो त दिन्छौँ। डबल डिजिट त अहिलेको मिनिमम मान्यता नै हो। दिनै पर्यो। कमसेकम त्यो मेन्टेन गर्नुपर्छ। अब अलिकति हामीलाई हिजोको दिनमा किन सकिएन भन्नुहोला ? हिजोको दिनमा किन सकिएन भन्नुहोला। हिजोको दिनको सिनारियो संयोजकले के पर्यो भने नेपाल रि कन्भर्ट हुँदाखेरी देश भर्खरै भुइँचालोले थलिएर त्यसको स्ट्रेसमै थियो। त्यो सकिँदा नसकिँदै फेरि कोभिडले अनफर्चुनेट्ली फेरि एकखालको डिस्ट्रब गर्यो। हामी २ वर्ष त करिब–करिब हरायौँ। पूरै विश्व नै हरायो। त्यसपछि वर्ल्डवाइड हेर्यौँ भने ३० प्रतिशतले प्रिमियम बढेको छ। हामी अर्बमा तिर्ने संस्थालाई २०–३० करोड नै फरक पर्यो नि। यी सबै चिजहरुको प्रभाव छ। तर, हामीले के सोच्नुपर्छ भने यस्ता समस्याहरु आइरहन्छन्। त्यो त अपरच्युनिटी पनि के हो भने तिनै समस्याबाट हामीले निकाल्ने हो नि त। हिजो कोभिड आएको थियो र हामीले बिजनेस गर्या हो। मान्नुहोस् एकछिनका लागि त्यो कोभिडको प्रडक्टलाई चाहिँ अलिकति प्रडक्टिभ मतलब प्रफिटेबल बनाउन सकेको भए त आज हामीसँग १ अर्ब २० करोड लुज गर्यौँ होइन, हामीले ३ अर्ब कमायौँ भन्थ्यौँै होला। हो, त्यतिखेरको हाम्रो एनलाइसिस मिस भयो होला तर प्रयास हो नि त। त्यसले इकोनोमीमा पनि पोजिटिभ इम्प्याक्ट पनि पार्थ्यो होला। किनभने मान्छेहरुलाई कन्फिडेन्स आयो। त्यो नेगेटिभ पनि गयो होला। त्यो भनेको लेसन एन्ड लर्न हो।

बीमा कम्पनीहरु भन्छन् यो जोखिम जहाँ–जहाँ आउँछ निर्जीवनका लागि बाढीपहिरो, भूकम्प, आगलागी याथवत चिजहरु अवसर हुन्। जीवन बीमावालाहरुको पनि त्यस्तै–त्यस्तै कथा छ। तपाइँहरुका लागि चाहिँ अवसर कहाँ हो ?

पक्का हो। बिरामी भएन भने डाक्टरको के काम ? मुद्दा भएन भने वकिलको के काम ? जोखिम भएन भने पुनर्बीमाको के काम ? हाम्रो आधार नै जोखिम हो। जहाँ जोखिम नै छैन भने बीमाको के काम ? इन्स्योरेन्सको फन्डामेन्ट प्रिन्सिपल के हो भने १०० प्रतिशत रिस्क या १०० प्रतिशत सेफ दुइटैमा इन्स्योरेन्स अप्लाई हुँदैन। यसको मतलब जोखिम अल्वेज चाहिन्छ। हामी भनेको जोखिमकै प्लेयर हौँ। जोखिमलाई एनलाइसिस गर्ने हो र जोखिमलाई म्यानेज गर्ने हो। जोखिमलाई हामी टार्न सक्दैनौँ। बाढीलाई हामी टार्न सक्दैनौँ। तर, त्यसको फाइनान्सियल इम्प्याक्टलाई मिटिग्रेट गर्न सक्छौँ, सेअरिङ गर्न सक्छौँ। डिस्ट्रिब्युट गर्न सक्छौँ। र, त्यसबाट रिभाइभ गर्न सक्छौँ।

अब अन्तिममा एउटा कुरा भनिदिनु न। तपाइँका लगानीकर्ता जो राम्रो रिटर्न खोजिरहेका हुन्छन्। तपाइँले जोसँग बिजनेस लिनुहुन्छ, स्वदेशी बीमक, पुनर्बीमक वा विदेशी, उनीहरुले टाइममा सेटलमेन्ट खोजिरहेका हुन्छन्। तपाइँको कम्पनीमा काम गर्ने कर्मचारी, जसले आफ्नो लङ टर्म वृत्तिविकास र सेवासुविधाको अपेक्षा गरिरहेका हुन्छन्। यो तीनवटालाई एकीकृत रुपमा ब्यालेन्स गरेर कसरी लैजाने ?

यो मामलामा मलाई लाग्छ नेपाल रिले गर्व गर्छ। अघि पनि मैले एउटा फिगर भनेँ। ६ अर्ब ४० करोड लास्ट इअरको र त्योभन्दा अगाडि ६ अर्ब ८–९ करोड यस्तै कति छ। त्यसभन्दा अगाडि ५ अर्ब प्लस छ। अर्ब हेर्नुहोस् है। यदि ठूलो फिगर हामीले मार्केटलाई तिरिहेका छौँ। हामीले हामीकहाँ डकुमेन्ट पूरा भएको, हामीसँग पनि ऐन, नियम, कानुन र कार्यविधि छन्। त्योअनुसारको कागजातहरु पूरा भइसकेपछि केही पनि राखेका छैनौँ। कतिपय अवस्थामा कतिपय कुराहरु फुकाएर पनि गएका छौँ। हामीले मार्केटलाई कन्फिडेन्स के दिएका छौँ भने कुनै पनि इन्स्योरेन्स कम्पनीलाई मार्केटमा सोध्नुहोला नेपाल रिले दाबी भुक्तानी गर्छ कि गर्दैन भन्दा, सबैले गर्छ भन्नुहुन्छ। मैले होइन उहाँहरुले नै भन्नुहुन्छ। त्यो एस्योरेस छ। इभन इन्टरनेसनल मार्केटमा पनि छ। त्यसैले त हामी बिजनेस गरिरहेका छौँ नि। इन्डियामा अहिले हामीले २.५ प्रतिशत इच रिस्कमा गर्न सक्छौँ तर हामी १ प्रतिशत, १.५ प्रतिशत कहीँ–कहीँ २.५ प्रतिशत पनि लिइरहेका छौँ। यसको मतलब के त भन्दा मार्केटिङ पाटो हाम्रो अलि विक छ। त्यसलाई हामीले रिभ्यु गर्नुपर्ने छ। त्यो यथार्थलाई मैले यहाँ निवेदन गरेँ। त्यो हामीले गर्नुपर्नेछ, अबको रणनीतिक हिसाबले अगाडि जानुछ। अब हिजो एग्रिसिभ्ली किन जान सकिने भएन एउटा फन्डको साइज पनि कम थियो। अब सँगसँगै हाम्रो नियामक रिस्क बेस्ड क्यापिटल पनि ल्याउँदै हुनुहुन्छ। त्यसलाई पनि हामीले तयारी गर्नुछ। यी सबै कुरा गर्दैगर्दा हामीलाई अगाडि जानु नै छ नि। अपरच्युनिटी यहीँ छ।

कर्मचारी रोकेर राख्न सेवासुविधाका हिसाबले निकै मुश्किल छ नि ?

हामीले राम्रै दिएका छौँ। हाम्रा कर्मचारीलाई लङ टर्म बेनिफिट सबैले हेर्ने राम्रै छ। प्राइभेट र सरकारी कर्मचारी सेवा–सुविधा फरक–फरक होला। हामीले राम्रो पनि दिएका छैनौँ, नराम्रो पनि दिएका छैनौँ।

अन्तिममा अझै यति कुरा चाहिँ थपम् भन्ने केही महसुस गर्नुभएको छ भने प्लिज जोडदिनुहोस् ?

म तपाइँलाई धन्यवाद दिन चाहन्छ। वास्तवमा भन्ने हो भने पुनर्बीमाका विषयमा मान्छेहरु धेरै कुरा गर्न पनि खोज्दैनन्। किनभने कुरा बुझेको कम हुन्छ। दोस्रो के हुन्छ भने मान्छेलाई धेरै चासो पनि हुँदैन। किनकि आफूलाई आइडिया हुँदैन। म के अनुरोध गर्छु भने खासगरी स्टेकहोल्डरहरु, हाम्रो मन्त्रालय, हाम्रो नियामक निकाय, हाम्रा लगानीकर्ता र हाम्रा इन्डस्ट्रीका सबै बीमा कम्पनीहरु, बीमक र यहाँहरु जसले जर्नालिजममार्फत यत्रो धेरै अवेयर गरिरहनुभएको छ। सबैलाई मेरो निवेदन के छ भने हामी चाहिँ साथ–साथै हिँड्ने निड ब्याकिङका एउटा इन्स्टिच्युसन हौँ। र, हाम्रो लङ टर्म बेनिफिट भनेको कहिले–काहीँ कस्तो लाग्छ भने म चाहिँ नाफा कमाइहालौँ तपाइँ चाहिँ आफैँ म्यानेज गर्नुहोस् भन्ने खालको एप्रोचजस्तो लाग्छ यदाकथा। तर, त्यसो होइन। हामी सबै मिलेर जानुपर्छ। हामीसँगसँगै भएका हाम्रा बीमितहरुलाई पनि सेवा दिन सक्नेगरी हामी अगाडि जानुपर्छ। केही इनोभेटिभ प्रडक्टहरु हमीले मार्केटमा लन्च गर्नुछ। जस्तो अहिले आएका थ्रेटहरु र च्यालेन्जहरुलाई सम्बोधन गर्ने भनेकै इनोभेटिभ प्रडक्टबाटै हो। नेपाल रि यसका लागि जहिले पनि तयार छ। पुनर्बीमा गर्नका लागि, दाबी भुक्तानी गर्नका लागि र देशले सोचेजस्तो एउटा पुनर्बीमकका रुपमा स्थापित हुने लक्ष्य राखेका छौँ। हामी एसियामा नै जीआईसीभन्दा पछिल्लो अल्टरनेटिभ रिइन्स्योररका रुपमा मस्ट रिलायबल, ट्रस्टवर्दी इन्स्टिच्युटका रुपमा गइरहेका छौँ। भोलिसम्म हामी लामो जान्छौँ। एउटा चाहिँ म फेरि पनि के अनुरोध गर्छु भने हिमालयन रि हामीसँग छ, ऊ हाम्रालाई सप्लिमेन्ट्री नै हो। आम हेर्दाखेरी प्रतिस्पर्धी भनेर बुझिन्छ, त्यस्तो हुँदैन। उसका लागि हामी सप्लिमेन्ट्री हो र हाम्रा लागि ऊ सप्लिमेन्ट्री हो।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS