IME Life New

नेपालको बीमा क्षेत्रमा पूर्णकालीन एक्चुअरीको नियुक्ति अनिवार्य, प्रत्येक बीमकसँग १ जना हुनैपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूका लागि पूर्णकालीन एक्चुरियल (बीमांकी) विश्लेषक नियुक्त गर्न निर्देशन जारी गरेको छ। प्राधिरकणले बीमांकी नियुक्ति सम्बन्धमा जारी गरेको मार्गदर्शन अनुसार जीवन, निर्जीवन, लघु र पुनर्बीमकले समेत कम्तीमा एकजना बीमांकी विश्लेषक अनिवार्य नियुक्त गर्नुपर्नेछ ।

प्राधिकरणले जेठ २ गते सार्वजनिक जानकारीमा ल्याएको गरेको मार्गदर्शनमा जीवन र पुनर्बीमा कम्पनीले मार्गदर्शन जारी भएलगत्तै  कम्तीमा एकजना पूर्णकालीन बीमांकीको नियुक्ति गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरी  निर्जीवन र लघु बीमकले छ महिना भित्र अर्थात् आगामी कात्तिक महिनाभित्र नियुक्त गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । बीमा कम्पनीमा अब कम्तीमा दुइ प्रकारका बीमांकी अनिवार्य हुने भएको छ। पहिलो नियुक्त बीमांकी (Appointed Actuary ) र अर्को बीमांकी विश्लेषक । यसबाहेक सहकर्मी बीमांकी(Peer Review Actuary), बीमांकी परामर्शदाता(Consultant Actuary)को योग्यता, नियुक्ति र कार्य जिम्मेवारीका सम्बन्धमा सम्बन्धमा पनि मार्गदर्शनमा प्रावधान समेटिएको छ।

Esewa
Crest

मुख्य बीमांकीको जिम्मेवारीमा रहने नियुक्त बीमांकी र सहायक बीमांकीको भूमिकामा रहने बीमांकी विश्लेषकले संयुक्तरूपमा बीमांकी मूल्यांकन प्रतिवेदनमा हस्ताक्षर गर्नुपर्नेछ ।यसको साथै बीमालेखको दर निर्धारणमा समेत दुबै बीमांकीको संयुक्त हस्ताक्षर अनिवार्य गरिएको छ।

बीमांकी विश्लेषकलाइ मुख्य बीमांकीले कामको शिलशिलामा अावश्यक निर्देशन तथा प्रशिक्षण प्रदान गरिरहेको बारे बीमकले सुनिश्चित गर्नुपर्नेछ । यसैगरी कम्तीमा प्रत्येक प्रमुख कार्यको सम्बन्धमा मुख्य बीमांकीले बीमांकी विश्लेषकलाइ कम्तीमा १० १० घण्टाको प्रशिक्षण अनिवार्य प्रदान गरेको हुनुपर्छ । यस्तो प्रशिक्षणलाइ बीमांकी विश्लेषकको व्यक्तिगत तथा पेशागत विकासको मूल्यांकनको अाधार बनाइनेछ । बीमांकी विश्लेषकले गैह्र प्राविधिक व्यक्तिले समेत बुझ्न सक्ने गरी बीमांकीले सम्पन्न गरेका कामबारे प्रस्तुतीकरण दिन सक्ने, बीमालेख तयार पार्दा ग्राहकको अावश्यकता अनुसारको समाधान प्रस्तुत गर्न सक्ने, कार्य सम्पादनको शिलशिलामा पेशागत र नैतिक मान्यताहरूको स्पष्ट बुझाइ हुनुपर्ने र पेशागत कार्यमा सहकर्मी समिक्षा सम्बन्धी स्पष्ट बुझाइ भएको हुनुपर्नेछ ।

बीमांकी विश्लेकको कार्य जिम्मेवारीमा तथ्यांक विश्लेषण र सम्परिक्षण, बीमालेखक विकास(जोखिमांकन, बजार अनुसन्धान र बीमालेख अनुसन्धान), बीमा दर निर्धारण र नाफा परिक्षण, संवेदनशिलता परिक्षण, जोखिम अाधारित पूँजी सहित वैधानिक बीमांकी मूल्यांकन, मृत्युदर, खर्च, व्यतित बीमा, दाबी सहितको अाधारमा नाफा घाटाको अनुभव विश्लेषण, नाफा परिक्षण, जोखिम व्यवस्थापन, सम्पत्ती दायीत्व व्यवस्थापन, तरलता विश्लेषण सहितको लगानी र पुनर्बीमा सम्बन्धमा विश्लेषणात्मक सेवा समावेश गरिएको छ।

बीमांकी विश्लेषकले नेपाल एक्चुरियल सोसाइटीद्वारा स्थापित व्यावसायीक आचार संहिताको पालना गर्नुपर्नेछ ।

बीमांकी विश्लेषकमा नियुक्त हुनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उतीर्ण हनुपर्ने, गणित विज्ञानमा कम्तीमा तीनवटा व्यवसायीक परिक्षा द इन्स्टिच्यूट एण्ड फ्याकल्टी अफ एक्चुअरीज युकेबाट बीमांकीय तथ्यांक (CS1), बीमांकीय गणित(CM1) वा सोसाइटी अफ एक्चुअरीज अमेरिका वा अन्य कुनै अन्तर्राष्ट्रिय बीमांकी संस्थाबाट सञ्चालित समानान्तर परिक्षा उतीर्ण भएको हुनुपर्ने वा कम्तीमा तीन महिना नेपाली बीमा क्षेत्रमा कार्य अनुभव भएको वा बीमांकी परामर्शदाता संस्थामा कार्य अनुभव भएको,वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट बीमांकी एसोसिएट्सशिप उपाधि प्राप्तीको प्रकृयामा रहेको हुनुपर्नेछ।

नेपाल एक्चुरियल सोसाइटी (एएसएन) ले प्राधिकरणको यो कदमले नेपालमा बीमांकी पेशाको व्यवसायीक प्रवर्द्धनमा काेशेढुंगा साबित हुने विश्वास व्यक्त गरेको छ।
यो पहल हाम्रो पेशाको लागि एक महत्वपूर्ण कदम हो, मापदण्डहरू बृद्धि गर्दै र निरन्तर सुधारलाई बढावा दिन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS