IME Life New

दुई वाणिज्य बैंकको ५ खर्ब भन्दा बढी सम्पत्ति, कुन बैंकको कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  दुई वाणिज्य बैंकको कुल सम्पत्ति ५ खर्बभन्दा बढी पुगेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंक र नबिल बैंकको मात्रै ५ खर्ब भन्दा बढी कुल सम्पत्ति पुगेको हो । यो नै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । सबैभन्दा कम सम्पत्ति हुनेमा माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् । उनीहरू दुवैको एक खर्बभन्दा बढी कुल सम्पत्ति रहेको छ ।

समग्रमा हेर्दा, देशमा सञ्चालित वाणिज्य बैंकहरूको कुल सम्पत्ति ६६ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा २० वटा बैंकहरुको कुल सम्पत्ति ६५ खर्ब ९६ अर्ब ८१ करोड ५ लाख रुपैयाँ पुगेको हो । गत वर्षको चैत मसान्तको तुलनामा चालु आवमा वाणिज्य बैंकहरूको सम्पत्ति ७.२९ प्रतिशतले बढेको छ ।

Esewa
Crest

जानकारहरूका अनुसार बैङ्कहरूको सम्पत्तिको मूल्य वृद्धि, कतिपय बैङ्कहरूले खराब कर्जाको धितो सकार्नु लगायतले पनि वाणिज्य बैङ्कहरूको सम्पत्ति बढेको हो । गत आवको तेस्रो त्रैमासमा बैंकहरुसँग कुल ५९ खर्ब १५ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको थियो ।

अर्थतन्त्रमा आएको संकुचनका कारण पछिल्लो १ वर्ष व्यवसाय विस्तारमा सुस्त देखिएका वाणिज्य बैंकहरूले खुद नाफा र सम्पत्ति भने उल्लेख्य रुपमा बढाउन सफल भएका छन् ।

बैंकहरूको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई बैंकको छ । यस बैंकसँग ५ खर्ब ५२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । यस्तै नबिल बैंकसँग ५ खर्ब १९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ सम्पत्ति छ । सम्पत्तिकै आधार तेस्रो ठुलो धनी बैंक भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकसँग हाल ४ खर्ब ७८ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।

यता, सरकारी स्वामत्विमा रहेको राष्ट्रिय वाणिज्य बैंक पनि धनी बैंकको चौंथो स्थानमा छ । हाल बैंकसँग ४ खर्ब १५ अर्ब ५८ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । पाँचौं स्थानमा रहेको एनआइसी एशिया बैंकसँग पनि ४ खर्ब ३घ अर्ब ६१ करोड २३ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।

यता, कुमारी बैंकसँग ३ खर्ब ९५ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहँदा लक्ष्मी सनराइजसँग ३ खर्ब ७९ अर्ब ४९ करोड ७३ लाख, हिमालयन बैंकसँग ३ खर्ब ५९ अर्ब ६१ करोड ७६ लाख, प्रभुसँग ३ खर्ब ४४ अर्ब ६६ करोड ३ लाख रुपैयाँको सम्पत्ति छ । यस्तै, नेपाल बैंकसँग ३ खर्ब १४ अर्ब ५६ करोड ४४ लाख, एनएमबिसँग ३ खर्ब ७ अर्ब १७ करोड ५४ लाख, कृषि विकास बैंकसँग २ खर्ब ९६ अर्ब ९० करोड ६१ लाख, सिद्धार्थसँग २ खर्ब ८७ अर्ब ३८ करोड ८६ लाख, एभरेष्टसँग २ खर्ब ७२ अर्ब ६० करोड २४ रुपैयाँ बराबरको सम्पत्ति छ ।

यस्तै, प्राइमसँग २ खर्ब ५४ अर्ब ६१ करोड ९५ लाख, सानिमासँग २ खर्ब २३ अर्ब ३६ करोड ८१ लाख, सिटिजन्ससँग २ खर्ब १४ अर्ब ६७ करोड ८७ लाख र नेपाल एसबिआईसँग २ खर्ब ८ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।यता, माछापुच्छ्रे बैंकसँग १ खर्ब ९१ अर्ब १० करोड ७० लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग १ खर्ब ४६ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ बराबरको सम्पत्ति छ ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ ।

यसका साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS