IME Life New

बढ्न सकेन लघु बीमाको व्यापार, दुईवटा कम्पनीमै सीमित साठ्ठी प्रतिशत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपन्न वर्गसम्म जीवन बीमा सुरक्षाको सहज पहुँच पुर्‍याउन प्रभावकारी मानिएको लघु जीवन बीमाको व्यापार अपेक्षितरूपमा हुन सकेको छ। जनसंख्याको आधा भन्दा बढी हिस्सा बीमा सुरक्षा छाताभन्दा बाहिर रहँदा गरिब तथा विपन्न परिवार सबैभन्दा असुरक्षित हुनु परेको छ।

लघु बीमा व्यवसायमा सीमित बीमकको मात्र चासो र व्यापार हुँदा यसको बजारले अपेक्षित आकार हासिल गर्न सकेको छैन । चालू आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको लघु बीमाको व्यापारको आँकडा केलाउँदा जम्मा दुइवटा कम्पनीले त्रिसठ्ठी प्रतिशत हिस्सा ओगटेका छन् ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अनुसार नेशनल लाइफ इन्स्योरेन्सले लघु जीवन बीमाको ४४/७६ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सले १८ प्रतिशत हिस्सा ओगटेको छ। यी दुई बीमकको बजार हिस्साको योगफल झण्डै ६३ प्रतिशत हुन आउँछ। प्राधिकरणका अनुसार चैत्रसम्ममा नेशनल लाइफले ८४ करोड ३२ लाख रूपैयाँ संकलन गरेको छ। दोश्रो स्थानमा रहेको सिटिजन लाइफको व्यापार ३३ करोड ९८ लाख रूपैयाँ छ।

लघु जीवन बीमा व्यापारमा तेश्रो स्थानमा रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १२ प्रतिशत र चौथो स्थानमा रहेको सूर्य ज्योती लाइफले ११ प्रतिशत हिस्सा ओगटेका छन् । कूल १७ मध्ये १४ वटा जीवन बीमकले म्यादी लघु जीवन बीमालेख बिक्री गरिरहेकोमा शीर्ष चार स्थानमा रहेका जीवन बीमकको कब्जामा झण्डै ८६ प्रतिशत बजार देखिएको छ।

लघु जीवन बीमा कारोबारका लागि जन्मिएका तीनवटा लघु जीवन बीमा कम्पनीको व्यापारको हिस्सा झन् दयनीय छ। क्रेष्ट लिबर्टी र माइक्रो लाइफ इन्स्योरेन्समध्ये कुनै पनि कम्पनीको हिस्सा दोहोरो अंकमा छैन । एकल अंकमा पनि ३ प्रतिशतभन्दा मुनि छ। क्रेष्ट माइक्रोले २.५५ प्रतिशत र गार्जियन माइक्रो लाइफले १.०९ प्रतिशत हिस्सा ओगटेका छन् ।

लघु जीवन बीमामा जीवन बीमा कम्पनी आफैंले खोजेर ल्याएको व्यापारको योगदान झनै कमजोर छ। अधिकांश व्यापार लघु वित्त कम्पनी र केही सहकारी संस्थामार्फत् प्राप्त भएका हुन् । जीवन बीमकले प्रत्यक्षरूपमा आफैंले अभिकर्ता परिचालन गरेर सर्वसाधारणको घरदैलोमा लघु जीवन बीमालेख बिक्री गर्न सकेका छैनन् । संस्थागत ग्राहकमार्फत् प्राप्त हुने व्यापारमा निर्भर छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS