IME Life New

मुद्दतिको ब्याज घट्दा बैंकहरुमा लगानी बढाएका बीमा कम्पनीहरुको नाफामा असर पर्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै जानु र कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर घटाउँदै लगेका छन्। लागत घटाउनलाई पनि बैंकले ब्याजदर घटाउँदै लगेका हुन्।

वैशाखका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.२५ प्रतिशत र संस्थागतमा ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। जब कि करिब १ वर्षअघिको कुरा गर्ने हो मुद्दति निक्षेपको ब्याजदर दोहोरो अंकमा रहेको थियो।

Esewa
Crest

मुद्दतिको ब्याजदर घट्दै जाँदा संस्थागत लगानीकर्ता बढी प्रभावित हुने देखिन्छ। लगानीका रुपमा मुद्दति निक्षेपमा पैसा गर्दा पाउने रिटर्न घट्न थालेपछि उनीहरुको आम्दानी घट्ने र नाफा प्रभावित हुने देखिन्छ।

बीमा कम्पनीहरुकै कुरा गर्ने हो भने उनीहरुले कुल लगानीको ठूलो हिस्सा मुद्दति निक्षेपका रुपमा बैंकहरुमा लगानी गरेका छन्। चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुमा जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन कम्पनीहरुले ५ खर्ब ६८ अर्ब रुपैयाँ बढी लगानी गरेका छन्। यो गत असार मसान्तसम्मको तुलनामा १३.६ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको ५ खर्ब १५ करोड रुपैयाँ लगानी रहेको थियो।

यसरी संस्थागत ब्याजदर घट्दा बीमा कम्पनीहरुको आम्दानी र नाफामा सामान्य प्रभाव त परिहाल्ने एक बीमा कम्पनीका सीईओले बताए।
‘बीमा कम्पनीहरुले बैंकहरुमा ८० प्रतिशतभन्दा बढी रकम ५–१० वर्षका लागि लङ टर्म लगानी गरेका हुन्छन्, त्यसको औसत ब्याजदर ८–९ प्रतिशतभन्दा माथि नै होला’, ती सीईओले भने, ‘कम्पनीहरुले बढीमा २० प्रतिशत त्यस्ता रकम सर्टटर्म ६ महिना वा १ वर्षका लागि राखिएको हुन्छन्। यो रकम कार्यालय सञ्चालनमा सहजताका लागिमात्रै सर्टटर्ममा राखिएको हुन्छ।’

त्यसैले अहिले बीमा कम्पनीहरुले मुद्दति निक्षेपका रुपमा ठूलो रकम लङटर्म इन्भेस्टमेन्ट गरेको ब्याजदर घट्दैमा आम्दानी र नाफामा ठूलै प्रभाव भने नपर्ने ती सीईओको भनाइ छ। ‘अब नयाँ मुद्दति निक्षेप र नवीकरण गर्दा भने आम्दानीमा सामान्य प्रभाव पर्न सक्छ’, ती सीईओले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS