IME Life New

नेपालमा बीमा अभिकर्ता पेसालाई किन सम्मानित र मर्यादित मानिँदैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ता बीमा कम्पनीका मेरुदण्ड हुन् । बीमा अभिकर्ताले कम्पनी र बीमितबीच पुलको काम गर्दै आइरहेका छन् । कम्पनीहरुमा भएका सम्पूर्ण पोलिसीहरुलाई अभिकर्ताहरुले बीमितसमक्ष पुर्याई कम्पनी, बीमा पोलिसी, बीमाको महत्व, बमिाले दिने सेवा तथा फाइदा, विशेषता मानवीय तथा भौतिक सम्पत्तिमा बीमाले दिने फाइदालगायतका विषयमा अभिकर्ताले नै सचेतना फैलाउने गर्दछन् । बीमा कम्पनीहरु हरेक क्षेत्रमा आफैँ पुग्न असम्भव भएकाले बीमा कम्पनीहरुको प्रतिनिधित्व गरेर हरेक ठाउँमा बीमा अभिकर्ता पुग्ने गर्दछन् ।

बीमा कम्पनीहरुले अभिकर्तालाई पूर्ण विश्वास गरेर आफ्नो प्रतिनिधिका रुपमा बीमा पोलिसी बिक्री गर्न पठाउने गरेका हुन्छन् । कम्पनीमा कार्यरत बीमा अभिकर्ताले आफ्नो कम्पनीको विभिन्न बीमा पोलिसी हरेक ठाउँसम्म पुर्याने गर्दछन् र आफ्नो कम्पनीको विविध प्रोडक्टका बारेमा जानकारी गराई सर्वसाधारणसँग बीमा गराउने गर्दछन् । त्यसकारण बीमा अभिकर्ता कम्पनी र बीमितका लागि नभई नहुने व्यक्ति हुन् ।

Esewa
Crest

अन्य देशको तुलनामा नेपालमा बीमा अभिकर्तालाई खासै दरिलो र विश्वासिलो पेसाका रुपमा हेरिँदैन । छिमेकी मुलुक भारतमा पनि सर्वोत्कृष्ट पेसामध्येकै पेसाका रुपमा बीमा अभिकर्तालाई नै मान्ने गरिएको पाइन्छ । अन्य विदेशी मुलुकमा पनि बीमा अभिकर्ता पेसा भन्नेबित्तिकै सर्वाधिक रुचाइएको र सम्मानित पेसाका रुपमा लिने गरेको पाइन्छ । तर, नेपालमा भने बीमा अभिकर्ता पेसालाई सबैभन्दा घिनलाग्दो दलाली र ठगी धन्दाका रुपमा हेर्ने गरेको सबैलाई सर्वविदितै छ ।

यसको मुख्य कारक वा कमजोरी कम्पनीमात्रै नभएर अभिकर्ता स्वयं पनि हुन् । बीमा क्षेत्रमा काम गर्ने कतिपय अभिकर्तासँग बीमासम्बन्धी बीमा क्षेत्रको ज्ञान त परकै कुरा आफ्नो कम्पनीको बीमा पोलिसीका बारेमा समेत राम्रो ज्ञान हुँदैन । यस्तो अवस्थामा अभिकर्ताले बजारमा सर्वसाधरण मानिससँग भ्रामक कुरा गरेर फोर्सफुल्ली बीमा गराउने गर्दछन् ।

यसरी अभिकर्ताको विश्वासमा सर्वसाधरण जनताले बीमा गराउँछन्। बीमा गराइसकेपछि जब बीमितले अभिकर्ताले भनेजस्तो सुविधा नपाएपछि बीमा कम्पनीमाथि अविश्वास जाग्दछ । यसरी सर्वसाधारण जनताको बीमा कम्पनीमाथि अविश्वास जाग्नु भनेको भविष्यमा बीमा कम्पनी धरासायी हुनु हो । यद्यपि अभिकर्ताको यस्तो स्वार्थपूर्ण अभ्यासले गर्दा आफ्नो पेसामा मात्र होइन बीमा व्यवसायमाथि नै प्रश्न उठ्ने गरेको छ ।

बीमा अभिकर्ता इमान्दार, सक्षम, विश्वासिलो भएमा अभिकर्तालाई हेर्ने नजर बद्लिन्थ्यो । अभिकर्ताले पनि आफ्नो क्षणिक स्वार्थलाई त्यागेर बीमा क्षेत्रको सम्पूर्ण जानकारी लिई बजारमा बीमाको वास्तविक तथ्यगत सूचना दिई बीमा गराउनुपर्छ । अनिमात्र बीमा बजारमा मानिसको विश्वास बढ्न जान्छ र फलस्वरुप बीमा व्यवसाय विस्तारमा टेवा पुग्छ ।

बीमा अभिकर्तालाई बीमा कम्पनीकै माथिल्लो तहका कर्मचारीले सम्मान नगरेको अभिकर्ताको पनि गुनासो सुनिन्छ । अभिकर्ता त कम्पनीका मानिस नै होइनन् भन्ने कम्पनीका माथिल्लो तहका कर्मचारीको पनि धारणा रहेको कतिपय अभिकर्ताको गुनासो छ । यस्ता गुनासाले कम्पनीका कर्मचारी र अभिकर्ताबीच फाटो ल्याउने सम्भावना हुन्छ । उच्च व्यवस्थापन तहका अधिकारीहरुले नै कर्मचारी र अभिकर्ताबीच विभेद गर्ने गरेको अभिकर्ताहरुको गुनासो सुनिन्छ। यसो हुँदा अभिकर्ता काम गर्ने हौसला प्राप्त हुनुको साटो हतोत्साहित हुन पुग्छन्। जसको प्रत्यक्ष असर कम्पनीको व्यापार र साखमा पनि पर्न सक्छ । त्यस कारण कम्पनीको व्यवसाय विस्तार र साख जोगाइराख्नका लागि अभिकर्तालाई प्रेरित गर्ने खालका गतिविधिहरु गर्न आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

0%
sad

दु :खी

9%
amazed

अचम्मित

36%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS