IME Life New

सुस्त बनेको विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका जनताले कसरी बचत गर्दैछन् पैसा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिणी चीनको सियामेन सहरमा बस्ने सियाओ जिओ भन्छिन्, ‘हरेक वर्षको अन्त्यमा हामीसँग पैसामात्रै बाँकी रहन्छ। म धेरै नर्भस थिएँ तर के गर्ने मैले बुझिनँ।’ ३६ वर्षीया जिओ दुई सन्तानकी आमा हुन्।

कोरोना महामारीका बेला जिओ र उनका श्रीमानको तलब आधा कटौती गरिएको थियो। यो उनको परिवारका लागि ठूलो धक्का थियो। किनकि ५ वर्षअघि क्यान्सर भएको पत्ता लागेकी आमाको खर्च पनि जिओले नै व्यहोर्नुपरेको थियो।

Esewa
Crest

चीनका युवामा ‘दा जि’ खोज्ने र भेट्ने चलन बढ्दै गएको छ। ‘दा जी’ भनेको इन्टरनेटमा समान रुचि राख्ने साझेदारहरु हुन् र त्यसपछि समूहमा पैसा बचत गर्ने युक्तिहरु साझेदारी गर्छन्। तर, सँगै यात्रा गर्न वा व्यायाम गर्नुको सट्टा, जिओले पैसा बचत गर्न चाहने मानिसहरु खोज्दै थिइन्।

चीनमा यस्तो खोजमा जिओ एक्लै होइनन्। ‘सेभिङ दा जी’ नामको ह्यासट्याग पहिलोपटक फेब्रुअरी २०२३ मा सियाओहोंगशुमा ट्रेन्डिङमा देखिएको थियो। यो सोसल मिडिया प्लेटफर्मलाई चीनको इन्स्टाग्राम भनिन्छ। डाटा एनालिसिस कम्पनी न्युजर्यांकका अनुसार पछिल्लो १३ महिनामा यस ह्यासट्याग (सेभिङ दा जी) लाई १७ लाखभन्दा बढी भ्युज प्राप्त भएको छ।

त्यस्तै चीनको अर्को सामाजिक सञ्जाल वेइबोमा पनि यस्ता विषयलाई लाखौँ पटक हेरिएको छ। यसबारे सही तथ्यांक पाउन गाह्रो छ। तर, सामाजिक सञ्जालको अनुसन्धानले चीनमा कम्तीमा लाखौँ नभए पनि हजारौँ मानिस अनलाइन समूहहरुमा बचत साझेदारहरु फेला पारेको देखाउँछ। जसमध्ये अधिकांश २० देखि ४० वर्ष उमेरका महिला छन्। तीमध्ये धेरै आमा छन्। कतिपय मानिसहरु भन्छन् कि यी महिलाहरु आफ्ना छोराछोरीको पढाइका लागि पैसा बचत गर्न चाहन्छन्। किनकि चीनमा शिक्षा दिनप्रतिदिन महँगो हुँदै गइरहेको छ।

यसैबीच कतिपयले शेयर बजार वा सम्पत्तिमा लगानी गर्दा नाफा कम हुने भएकाले नगद राख्न रुचाउने गरेको बताउँछन्। तिनीहरुमध्ये धेरैले आफ्नो जागिर गुमाए वा तलब कटौती भयो भने उनीहरुसँग बाँच्नका लागि पर्याप्त पैसा होस् भनेर पैसा बचत गरिरहेको बताउँछन्। सुस्त अर्थतन्त्रका कारण यसको डर बढ्दै गएको छ।

घरेलु बचत दरमा चीन पहिले नै विश्वको शीर्ष स्थानमा छ। तर, सिंगापुरको नेसनल युनिभर्सिटीका सार्वजनिक नीतिका प्राध्यापक लु शी भन्छन्, ‘बचतमा हालैको वृद्धिले मानिसहरुले अर्थतन्त्रको भविष्यप्रतिको विश्वास गुमाउँदै गएको देखाउँछ।’

सन् २०२३ सम्म चिनियाँ परिवारहरुले लगभग १३८ ट्रिलियन युआन बैंक खाताहरुमा बचत गरेका थिए। आधिकारिक तथ्यांकअनुसार यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी बचत हो।

वर्षौंदेखि लागू भइरहेको अत्यन्तै कडा शून्य कोभिड नीतिका कारण चीनको अर्थतन्त्रको स्वास्थ्य एकदमै छोटो समयका लागि पुनर्स्थापित गर्न सकिन्थ्यो। तर, अहिले चीनको सम्पत्ति बजारमा संकट गहिरिँदै गएको छ। महँगी दर र विदेशी लगानी घट्दै गएको छ। स्थानीय सरकारहरुमा ऋणको बोझ बढिरहेको छ।

चीनमा घरायसी दैनिक खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी सामान्यतया महिलाको हातमा हुन्छ। आज धेरै महिलाले बचत गर्ने हो भने चीनमा बेरोजगारी तीव्र गतिमा बढिरहेको वास्तविकताले संकेत गरेको डा लु बताउँछन्। ‘यसको असर युवा पुस्तामा मात्रै सीमित छैन’, उनी भन्छन्, ‘पछिल्लो आधिकारिक तथ्यांकअनुसार चीनमा बेरोजगारी दर विगत ३ महिनादेखि लगातार बढिरहेको छ।’

बचत बढाउने चिनियाँ आम जनताको बढ्दो चाहनाले चीनलाई आफ्नो अर्थतन्त्रलाई पुनः सन्तुलनमा राख्न गाह्रो बनाउनेछ। विगत दशकहरुमा चिनियाँ अर्थतन्त्रको तीव्र वृद्धिदर पूर्वाधार विकास र कम लागतको उत्पादन क्षेत्रमा भएको ठूलो लगानीले प्रेरित गरेको थियो। तर, विज्ञहरुको तर्क छ कि चीनको अर्थतन्त्र परिपक्व बन्दै गएकाले वृद्धिदरलाई कायम राख्न आन्तरिक उपभोगलाई बढावा दिनुपर्छ।

घरेलु बचतमा भएको वृद्धिका कारण सन् १९९० को दशकमा जापानमा देखिएजस्तै चीन पुँजी अभावको जालमा फस्न सक्ने डा लु बताउँछन्। ‘यसको मतलब यो हो कि मानिसहरुले उनीहरुसँग नगद राख्छन् र खर्च वा लगानी गर्नबाट टाढा रहनेछन्’, उनी भन्छन्, ‘ब्याजदर निकै कम भए पनि यस्तो अवस्थामा अर्थतन्त्रलाई टेवा पुर्याउन लागू हुने मौद्रिक नीतिहरु प्रभावहीन हुनेछन्।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS