IME Life New

शेयर अनुपातमा सर्वसाधारण शेयरधनीलाई सञ्चालक समितिमा लैजान प्राधिकरणको पुनः निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले शेयर संरचना अनुपातका आधारमा सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको समेत न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्न बीमकलाई निर्देशन दिएको छ। अधिकांश पुराना जीवन बीमकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्दै आफ्नो लगानीको हिस्सा घटाएपनि सञ्चालक समितिमा बाहुल्यता कायमै राखेका छन् ।

प्राधिकरणले चैत्र २० गते यस्तो निर्देशन पुनः जारी गरेको हो ।प्राधिकरणले यसबारे पहिले पनि निर्देशन जारी गरिसक्दा समेत बीमकले अटेर गरेका छन् ।

Esewa
Crest

हाल बीमा कम्पनीहरुमा सात सदस्यीय सञ्चालक समिति रहेकोमा ४ जना संस्थापक समूह, २ जना साधारण शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक र अर्को एक स्वतन्त्र सञ्चालक रहेका छन् । साधारण शेयरधनीको आवरणमा पहिले स्वतन्त्र वा संस्थापक शेयरधनीको रुपमा प्रतिनिधित्व गरि सकेको अनुहारै दोहोरिने गरेकाले यसले बीमा क्षेत्रको संस्थागत सुशासनमा ठाडो चुनौती दिएको छ। स्वतन्त्र सञ्चालकको १ कार्यकाल र साधारण शेयरधनी तथा संस्थापक शेयरधनीले फरक फरक वर्ग र भावनाको प्रतिनिधित्व गर्ने भएकाले कानूनी प्रावधानको अपव्याख्या गर्दै उही अनुहार पटक पटक गर्दै सबै खाले सञ्चालकको रुपमा नियुक्त हुन पाउँदा संस्थागत सुशासनमा सिधै प्रहार भएको अवस्था छ।

हाल १५ वर्ष पुराना जीवन तथा निर्जीवन बीमा कम्पनीले संस्थापक शेयरको शेयर स्वामित्वको हिस्सा ७० प्रतिशतबाट झारेर ५१ प्रतिशतमा सीमित गरि सकेका छन् । सर्वसाधारणको भन्दा जम्मा २ प्रतिशत बढी शेयर लगानी गरेका संस्थापक समूहले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट  सञ्चालकमा तर्फबाट ३ जनाको प्रतिनिधित्व गराउनुपर्नेमा २ जनामा सीमित राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS