IME Life New

बीमा कम्पनीहरुमात्रै होइन बैंकहरुले पनि पाएनन् सरकारबाट ब्याज अनुदानको अर्बौं रकम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले मात्रै होइन बैंकहरुले पनि सरकारबाट पाउने ब्याज अनुदानबापतको सहुलियत रकम नपाएको गुनासो गर्न थालेका छन्।

नेपाल बैंकर्स एसोसिएसन (एनबीएन)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकहरुले सरकारबाट पाउने सहुलियत रकम नपाएको गुनासो उठेको हो। एनबीए अध्यक्ष सुशील केसीले यस्तो गुनासो पोखेका हुन्। ‘कोभिडका बेला सरकारकै आग्रहमा बैंकहरुले सहुलियत पूर्ण कर्जा प्रवाह गरेको थियो, त्यसमा सरकारले ब्याज अनुदानबापतको रकम बैंकहरुलाई दिने सहमति भएको थियो’, उनले भने, ‘तर, सरकारबाट अझै बैंकहरुले ब्याज अनुदानबापतको १२ अर्ब रुपैयाँ पाउन बाँकी छ।’

Crest

कोभिडका बेला व्यापार–व्यवसाय शिथिल हुँदा धराशायी बनेका उद्योगधन्दा, व्यापार र व्यवसायलाई पुनरुत्थान गर्न सरकारकै पहलमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने नीति राष्ट्र बैंकले लिएको थियो। सोहीबमोजिम बैंकहरुले त्यस्ता उद्योगधन्दा र व्यापार–व्यवसायमा सहुलियतपूर्ण कर्जा प्रवाह गरेको थियो। त्यसमा सरकारले ब्याज अनुदानबापतको पैसा बैंकहरुलाई उपलब्ध गराउने भनेको थियो तर हालसम्म अर्बौं रकम बैंकहरुले पाएका छैनन्।

सरकारले बैंकहरुलाई मात्रै होइन निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमालेख जारी गर्दा दिने अनुदान रकम रोकेको पनि ३ वर्षदेखि रोकेको छ। सरकारले कृषि तथा पशुपन्छीको बीमा गर्दा किसानलाई ८० प्रतिशत अनुदान दिने भनेको थियो। बीमा गर्न लाग्ने प्रिमियमको २० प्रतिशत किसानले भुक्तानी गरेपछि बीमा कम्पनीहरुले बीमालेख जारी गर्दै आएका थिए। बाँकी ८० प्रतिशत सरकारले बीमा कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको थियो। तर, विगत ३ वर्षदेखि सरकारले अनुदानबापतको रकम बीमा कम्पनीलाई भुक्तानी गर्न बाँकी छ।

नेपाल बीमक संघका अनुसार सरकारले पशुपन्छी बीमातर्फको २ अर्ब १२ करोड ३२ लाख ६५ हजार रुपैयाँ र कृषि बीमातर्फको १४ करोड ४७ लाख ७१ हजार गरी कुल २ अर्ब २६ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। अनुदानबापतको रकम नपाएपछि बीमा कम्पनीहरुले गत चैतदेखि कृषि बीमालेख जारी गर्न बन्द गरेका छन्। केही दिनअघि कृषि तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको बैठकले बीमा कम्पनीहरुलाई तत्काल ४६ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, बीमा कम्पनीहरुले सम्पूर्ण बक्यौता रकम नपाएसम्म कृषि बीमालेख जारी नगर्ने अडानमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS