IME Life New

हातमा दुःखाइको कारण स्मार्टफोन त होइन ? मोबाइलले कस्तो पार्छ प्रभाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ। अफिसका लागि पत्र लेख्ने होस् वा सामाजिक सञ्जालमा भिडियो हेर्न, यी सबै काम हामी स्मार्टफोनमा मात्र गर्छौं। यसको कारणले हाम्रो शरीरमा धेरै प्रकारका असर पर्न थालेका छन्। तर, ती असरलाई हामी कम ध्यान दिन्छौँ।

हामीले सबैभन्दा बढी चर्चा गर्ने कुरा भनेको हाम्रो आँखामा स्मार्टफोनको प्रभाव हो। हाम्रो फोकस सधैँ स्क्रिन टाइममा हुन्छ तर के हामीले कहिल्यै याद गर्छौं कि यसले हातमा कस्तो प्रभाव पार्छ?

Esewa
Crest

रिपोर्टका अनुसार स्मार्टफोनको प्रयोगको सबैभन्दा ठूलो असर हातका औँलामा देखिन्छ। यसले हात र औँठा (बूढीऔँला)मा गम्भीर प्रभाव पार्छ। यो स्मार्टफोनमा मात्र होइन ट्याब्लेट र भिडियो गेम कन्ट्रोरका कारण पनि हुन्छ।

यदि मोबाइलमा धेरै टाइप गर्यौँ भने औँठा र औंलाहरु दुख्न थाल्छन्। त्यसैगरी भिडियो गेम कन्ट्रोलर लामो समयसम्म प्रयोग गर्दा हात दुःख्न थाल्छ। लामो समयसम्म फोन होल्ड गर्दा पनि यस्तै हुन्छ। फोनको धेरै प्रयोगका कारण हाम्रा औँलाहरुमा एउटा निशान नै बनिसकेको छ।
फोन हातको नाडीलाई पनि असर गर्छ। लामो समयसम्म आफ्नो फोन होल्ड गर्दा कान्छी औँला र औँठामा दुःखाइ सुरु हुन्छ। यो अवस्थालाई विशेष शब्द ‘स्मार्टफोन फिंगर’ दिइएको छ।

हाम्रो हात २७ वटा हड्डी, ३५ मांसपेशी र तिनीहरुलाई जोड्ने १०० भन्दा बढी टेन्डनहरु मिलेर बनेको छ। यी टेन्डनको मद्दतले हामी औँलाहरु घुमाउन सक्छौँ। कुनै पनि एक ठाउँमा निरन्तर दबाबका कारण यी टेन्डन र मांसपेशी धेरै प्रभावित हुन्छन्। यसको प्रमुख कारण स्मार्टफोनको बढ्दो तौल र साइज हो। एक समय थियो मानिसको हातमा सानो फोन थियो, जसको तौल कम थियो। त्यसपछि समयसँगै फोनको साइज र तौल बढ्दै गयो र अहिले ती यति भारी भएका छन् कि यसले हाम्रा हातलाई हानी पुर्याइरहेको छ।

यी कुरामा दिनुपर्छ ध्यान

  • हात दुख्नासाथ फोन तुरुन्तै तल राख्नुपर्छ वा प्रयोग गर्न बन्द गर्नुपर्छ। विस्तारै आफ्नो फोन प्रयोग कम गर्ने प्रयास गर्नुपर्छ।
  • बढी समस्या भएको ठाउँमा बरफ प्रयोग गर्न सकिन्छ।
  • यसबाहेक हिट थेरापी पनि प्रयोग गर्न सकिन्छ।
  • दुःखाइ निरन्तर बढ्दै गयो भने डाक्टरसँग परामर्श गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS