IME Life New

ग्लोबल मनी विकः सनी सेक्युरिटिजले चितवनका ५ कलेजमा पुँजीबजारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनी सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. ४२)ले ग्लोबल मनी विकका अवसरमा चितवनका विभिन्न कलेजमा पुँजीबजारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ।

बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ। यसै सन्दर्भमा २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) ‘सम्म प्रोटेक्स योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विकको १२ औँ शृंखला नेपालमा पनि मनाइँदैछ।

Esewa
Crest

ग्लोबल मनी विकका अवसरमा सनी सेक्युरिटिजले चितवनका ५ वटा कलेजमा पुँजीबजारका विषयमा विविध कार्यक्रम गर्न सम्झौता गरेको छ। सनी सेक्युरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चितवनको बालकुमारी कलेज, सप्तगण्डकी क्याम्पस, आरम्भ कलेज, भ्याली स्टेट कलेज र प्रेसिडेन्सी कलेजका विद्यार्थीलाई पुँजीबजारबारे कार्यक्रम गर्न सहकार्य गर्ने भएको हो।

आगामी दिनमा पुँजीबजारसम्बन्धी विभिन्न विषयमा सहकार्य गर्ने उद्देश्यले ती कलेजहरुसँग सम्झौतापत्र हस्ताक्षर गरिएको सनी सेक्युरिटिजका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए। ‘ग्लोबल मनी विकको मुख्य उद्देश्य नै बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने रहेको छ’, उनले भने, ‘सोही उद्देश्यमा टेवा पुर्याउन हामीले ती कलेजसँग सहकार्य गर्ने सम्झौता गरेका हौँ।’

यो सहकार्यले ती कलेजहरुमा अध्ययन विद्यार्थीहरुमा पुँजीबजारको ज्ञानका साथै वित्तीय व्यवस्थापनबारे चेतना बढ्ने सनी सेक्युरिटिजको विश्वास छ। सहकार्यमा संलग्न कलेजहरुले पनि सनी सेक्युरिटिजबाट हुने कार्यक्रमले विद्यार्थीलाई लाभदायिक हुने जनाएका छन्।

राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर ग्लोबल मनी विक मनाइँदैछ। यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहेको छ। यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्था पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता प्रवर्द्धनमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकाय सहभागी भई ग्लोबल मनी विक मनाइरहेका छन्।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS