IME Life
GBIME

भोलिका दिनमा इन्स्योरेन्स इन्डस्ट्रीले ठूलो कन्ट्रिब्युसन गर्छः सीईओ अर्याल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ हुन् ‘राजकुमार अर्याल’। सन नेपाल लाइफमा उनी दोस्रो कार्यकालका लागि सीईओ छन्। साबिक बीमा समितिमा कानुन विभागको समेत नेतृत्व गरिसकेका अर्यालसँग बीमा क्षेत्रको लामो अनुभव रहेको छ। अर्यालसँग लामो समयदेखि विभिन्न विश्वविद्यालयमा प्राध्यापकका रुपमा कार्य गरेको अनुभव रहेको छ। अहिले पनि उनी प्राध्यापन गर्दै आएका छन्। उनै सीईओ अर्यालसँग पछिल्लो समय नेपालको जीवन बीमा क्षेत्रको अवस्था, समस्या र चुनौतीका विषयमा ‘इन्स्योरेन्स टक’मा गरिएको कुराकानीको सारसंक्षेपः

तपाइँहरु ५ अर्ब चुक्तापुँजी पुर्याउने रेसमा दौडिरहनुभएको छ। केही दिन अगाडिसम्म अलि सानो पुँजीमा व्यापार गर्दै हुनुहुन्थ्यो। यो पुँजीको भार र व्यापारको रफ्तारबीचको सम्बन्ध कस्तो हुँदै रहेछ ?

Crest

– बीमा आफैँमा नियामकीय पुँजीका आधारमा चल्ने व्यवसाय हो। यस्तो व्यवस्था संसारभर नै गरिएको हुन्छ। पछिल्लो दिनहरुमा चाहिँ जोखिममा आधारित पुँजीका आधारमा पनि व्यवसाय सञ्चालन गर्ने भन्ने निर्देशन भइरहेको छ। कम्पनी स्थापना हुँदा नियामकीय पुँजीको अवस्था २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने भन्ने थियो। गत साल ५ अर्ब रुपैयाँ जीवन व्यवसाय गर्ने कम्पनीहरुले नियामकीय पुँजी कायम गर्नुपर्ने, निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र पुनर्बीमा कम्पनीले १० अर्ब रुपैयाँ कायम गर्नुपर्ने बीमा प्राधिकरणको निर्देशन हो। त्यो निर्देशनबमोजिम अरु कम्पनीहरुजस्तै सन नेपाल लाइफले पनि पुँजी वृद्धि गर्दै जाने र पुँजी कायम गर्ने योजनामा हामीले काम गरिरहेका छौँ। हामी आइपीओमा नगएको अवस्था थियो र कम्पनीको पनि भर्खरै स्थापना भएको अवस्थामा विद्यमान शेयरधनीहरुबाट पुँजी कायम गरेर अगाडि बढ्ने प्रक्रियामा चाहिँ हामी अगाडि बढिरहेका छौँ। आजको दिनमा पुँजीको कुरा गर्दा ३ अर्ब २० करोड रुपैयाँ चुक्ता भइसकेको छ भने अब हामी यसै वर्षमा ५ अर्ब रुपैयाँ कायम गर्ने प्रक्रियामा चाहिँ छौँ।

के–के थप्नुहुन्छ यसका लागि ?

– यसमा त कम्पनीको स्थापनाकालदेखिको रिटर्न अर्निङबाट सर्टेन पुँजी कायम हुन आउँछ। त्यसपछि हामीसँग अप्सनहरु छ। हामीले शेयर प्रिमियमबाट आएको पुँजीलाई पनि कायम गरेर जाने योजना बनाएका छौँ।

चुक्तामै काउन्ट गर्ने कि ?

– चुक्तामै कायम गर्न त विधि–प्रक्रिया होला। यसै वर्ष हामीले शेयर प्रिमियममा कायम गरेको हुँदा नियामकीय व्यवस्था हुने कुरा भयो। रिजर्भको पैसालाई संसारभरि नियामकीय पुँजीका रुपमा गणना गर्ने प्रचलन पनि छ। हामीले नेपालको बीमा नियामकलाई त्यो अनुरोध पनि गर्न सक्छौँ। अर्को हामी इन्डिपेन्डेन्टली हकप्रद शेयरका माध्यमबाट पनि जान सक्छौँ।

एउटा कुरा भनिदिनुहोस् त त्यसो हो भने। ठूलो पुँजी हुँदा आखिर त प्रिमियम सेल गर्ने कुरा हो। पोलिसी सेल गर्ने कुरा, प्रिमियम काउन्ट गर्ने कुरा हो।

पाउँदैन। मैले जबाफ दिँदै थिएँ। तपाइँले गर्नुभएको अघिल्लो प्रश्नमै म आउँदै थिएँ। पुँजी र व्यवसायको सम्बन्ध के हुन्छ भन्ने कुरा आयो। पक्कै पनि बीमा व्यवसाय गर्ने कम्पनीहरुले जोखिम ग्रहण गर्ने र जोखिमको दायित्व व्यहोर्नुपर्ने हुँदा निश्चित पुँजी हुन जरुरी छ। कम्पनीको निश्चित पुँजी भइसकेपछि चाहिँ दायित्वबापत लिने जुन बीमाशुल्कको रकम सँगसँगै पुँजीगत कुराहरुलाई व्यवस्थापन गरेर आर्थिक व्यवस्थापन गर्ने प्रक्रियामा लाग्ने हुँदा चाहिँ व्यवसाय र पुँजीको अन्तरनिहीत सम्बन्ध हुन्छ। त्यसमा हामीले पुँजी कायम गर्दाखेर हामीले दायित्व र पुँजीको सल्भेन्सी अनुपात कायम गर्ने सम्बन्धमा कुरा आयो। त्यसमा पुँजीको आकार ठूलो भयो र व्यवसायको आकार सानो भयो भने सल्भेन्सीको पार्टमा त ठीक होला र क्यापिटल फ्रिज हुन्छ। क्यापिटल आइडल हुनुको मतलब व्यवसायको सिद्धान्तमा राम्रो होइन। हाम्रो बजारको जुन स्ट्रक्चर छ, हाम्रो बजारको जुन सम्भावना छ र हामीकहाँ जुन पोटेन्सियल छ, त्यो पोटेन्सियलका आधारमा पुँजीगत आधार कसरी कायम गर्ने ? भन्ने नियामकीय प्रश्न नै हो। व्यवसाय विस्तार गर्नुको र व्यवसायसँगसँगै टाइप गरेर अगाडि बढ्नुको र त्यसको चाहिँ अन्तरसम्बन्धका आधारमा व्यवसाय गर्नुको विकल्प त कुनै पनि कम्पनीहरुलाई छैन।

तर २ अर्ब चुक्तापुँजी पुर्याउने प्रक्रियामा रहेर त्यो पुँजीमाथि न्याय गरेर त्यसका लगानीकर्तालाई यसो गर्छु भनेर दौडिरहनुभएका तपाइँहरुलाई एकैपटक ५०० करोडको पुँजीको भार थपियो। व्यापार त्योअनुसार बढाएर फेरि लगानीकर्तालाई सन्तुष्ट बनाउने मामिलामा तपाइँ व्यवस्थापकीय नेतृत्वमा रहनेहरुलाई चुनौतीको भार त निकै ठूलो आयो।

दुईवटा कुरा हामीले हेर्नुपर्ने हुन्छ। हाम्रो आजको जीडीपीको सन्दर्भमा जीवन बीमा व्यवसायीले अथवा समग्र इन्स्योरेन्स इन्डस्ट्रीले केही कुरा कन्ट्रिब्युसन गरेको छ। त्यसका आधारमा कति व्यवसाय हुन्छ भन्ने कुरा र त्यसको संख्यात्मक आधारमा जुन इन्स्योरेन्स कम्पनीमा क्यापिटल इन्जेक्ट गरिएको छ, त्यो क्यापिटल इन्जेक्ट गरिएको आधारमा हामीले हेर्यौँ भने विगत २० वर्षदेखिको हामीले आधार बनाएर हेर्यौँ भने कम्पनी अन्डरराइटिङ प्रफिटका लागि स्थापना भएका हुन् वा अन्य कुराबाट प्रफिट कायम गर्ने उद्देश्यले स्थापना भएका हुन् भन्ने कुरा चाहिँ रेगुलेटरले पनि हेर्न जरुरी छ, लगानीकर्ताले पनि हेर्न जरुरी छ र व्यवस्थापनमा बस्ने हामीहरुले पनि हेर्न जरुरी छ। दोस्रो पाटो भनेको अन्डरराइटिङ प्रफिटको पार्ट। समग्रमा इन्स्योरेन्स इन्डस्ट्रीको विगतका वर्षहरुको रेट अफ रिटर्नको पार्ट हामीले हेर्यौँ भने सालाखाला ७–८ प्रतिशत देखिन्छ। अन्डराइटिङ प्रफिटको कुरा है।

त्यो त नगण्य भइहाल्यो नि ?

हो। त्यसका आधारमा हेर्ने हो भने चाहिँ हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुने छैन। तर, आशावादी हुनुपर्छ। म प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छु। अहिले चाहिँ हामीले ग्लोबल ट्रेन्ड हेर्ने हो भने इन्स्योरेन्सको प्रडक्ट डिमान्ड साइज र डिसिजन मेकिङ प्रोसेस चेन्ज भएको छ। इन्स्योरेन्स परम्परागत किसिमले हामीले बेच्ने इन्स्योरेन्सहरु पनि चेन्ज भइरहेको छ। मैले प्रमुख कार्यकारी अधिकृत भएर इन्स्योरेन्स इन्डस्ट्रीको अब्जर्भेसन गर्दा इति धेरै प्राविधिक लिकेजहरु मैले देखिरहेको छु। त्यो कारणहरुले गर्दा हाम्रो प्रडक्टहरुको पार्टदेखि लिएर डिस्ट्रिब्युसनको पार्टहरु, कम्पनीको आफ्नै संरचना र डिस्ट्रिब्युसन नेटवर्क अनि बजारीकरणमा काम गर्ने हाम्रो संरचना पनि हो। त्यो आधारमा हिजो हामीले काम गर्यौँ। अहिले २–३ वटा कुरामा नियामकीय पार्टबाट हस्तक्षेप भएको देखिएको छु।

तपाइँ आफैँ पनि नियामकीय भूमिकामा केही समय रहेर बिजनेस गर्ने साइडमा आउनुभयो। यो अलि बढी उछलकुद गर्यो कि नियामकले भन्ने लाग्दैन ?

नो–नो। हामी मस्ट ट्रान्सपेरेन्ट, मस्ट रेगुलेटर र मस्ट कन्ट्रोल इन्डस्ट्रीमा काम गर्छौं। रेगुलेटरले कन्ट्रोल गर्ने भनेको चाहिँ कम्पनीहरुको हितका लागि हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ। रेगुलेटरले रेगुलेटरी उद्देश्य पूरा गर्नका लागि गरेको कुरा सम्पूर्ण इन्डस्ट्रीका लागि हो। सुशासन कायम गर्दा, व्यवसाय प्रवर्द्धनमा ध्यान दिँदा, रेगुलटरी प्रबन्धनहरुको पूरा पालना गर्दाखेरी अर्थतन्त्रको फाइदा कसलाई हुन्छ ?

त्यो त लगानीकर्तालाई पनि हुन्छ। बीमितलाई पनि हुन्छ। राष्ट्रलाई हुन्छ।

समग्र बीमितको हितलाई हुन्छ। राष्ट्रलाई पनि हुन्छ। रेगुलेटरी भनेको त्यतिमात्र हो। त्यहाँभन्दा बाहिर भन्दैन।

तर, त्यही कुरा रिस्क बेस्ड क्यापिटल भन्दै थियो। २ अर्ब पुँजी भन्यो। ५ वर्ष पुँजीको कुरा आयो। मर्जरमा जाऊ पनि भन्यो। यो धेरै चिज चाहिँ फ्रक्वेन्टली चेन्ज भयो। यस्तो अस्थिरताले त हामीलाई पनि कता–कता पुर्याउला कि भन्ने चिन्तामात्र ?

अस्थिर इस्ट्रुमेन्टबाट रेगुलेट हुनु आफैँमा म्याच्योर्ड कुरा चाहिँ होइन। म तपाइँको कुरासँग सहमत छु। तर, अहिले चाहिँ ग्लोबल्ली जुन इन्स्योरेन्सको कम्प्याबेलिटी बनाउने सन्दर्भमा ग्लोबल्ली भएका र अरु देशहरुमा बेस्ट प्राक्सिटहरुका आधारमा हामीले चाहिँले रिस्क बेस्ड क्यापिटलको मोडालिटीमा जानुपर्ने स्थिति चाहिँ छ। मैले इन्स्योरेन्स इन्डस्ट्रीको पार्टबाट एउटामात्रै कम्पनीको डाटाबाट हेर्नुभन्दा रेगुटेलरको पार्टबाट इन्डेप्थ स्टडी पनि भएको होला। इन्डेप्थ स्टडी हुने क्रममा चाहिँ बिजनेस प्रोसेसमा केही प्रोब्लम देखेको कारणले गर्दा रिस्क बेस्ड क्यापिटल र रेगुलेटरी क्यापिटल, दुवै क्यापिटलको कुरा आएको हुन सक्छ। भोलिको दिनमा त एउटा स्टेजमा पुग्दाखेरी चाहिँ गर्भनेसको पार्टमा ट्रान्सपेरेन्सीको पार्टमा र बिजनेस मोडालिटीको पार्टमा एउटा स्टेजमा पुग्दाखेरी चाहिँ रेगुलेटरले यो–यो गर वा त्यो गर भन्ने स्थिति होइन रिस्क बेस्ड क्यापिटल भनेको चाहिँ इन्डस्ट्रले नै रेकमन्ड गर्ने कुरा हो।

अब यो प्रसंगलाई बिटमा मार्नुअघि एउटा कुरा भन्दिनुहोस् त। तपाइँ रेगुलेटरमा रहेर जिम्मेवारी निर्वाह गर्दैगर्दा तपाइँले देख्नुभएका कम्पनीहरु, इन्स्योरेन्स मार्केट र तपाइँ मार्केट प्लेयरका रुपमा आएर अब रेगुलेटरतिर आँखा लगाउँदा रेगुलेटर कति सही ?

यसमा कुन आँखाले हेर्ने भन्ने कुरा हो। हो म रेगुलेटरमा पनि थिएँ र रेगुलेटर प्रस्पेक्टिभ यो हुनुपर्छ भन्ने मान्यतामा काम गर्थें भने आज इन्डस्ट्रीको पार्टबाट हेर्दा रेगुलेटरी इन्ट्रुमेन्ट चाहिँ यसका लागि उपयोगी छ भन्ने पार्टबाट हेर्छु। केही कुराहरुमा रेगुलेटर जहिले पनि रिफ्लेक्ट हुनै पर्छ। किनकि हिजो एउटा सिनारियो के थियो भने कम्प्ल्याइन्स बेस्ड पार्टमा चाहिँ रेगुलेटर कम्प्ल्याइन्स इन्स्ट्रुमेन्ट जारी गर्छ। त्यो कम्प्लाइन्स चाहिँ मलाई लाग्दैन कि व्यवस्थापकीय टिममा पनि त्यो कम्युनिकेट हुँदैनजस्तो लाग्छ। नितान्त त्यो एकजना, दुईजना अथवा तोकिएका मान्छेहरुको संलग्नतामा चाहिँ डकुमेन्टहरु तयार गरेर कम्प्लाइन्सको पालना गर्ने भन्ने एउटा परिपाटी थियो पनि, छ पनि र रहने पनि छ। सबैभन्दा महत्वपूर्ण कारण चाहिँ के हो भने के देखाइन्छ भन्नेभन्दा के देखिन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। रेगुलेटर हेर्ने पाटो भनेको चाहिँ दुवै हो। के देखाइन्छ, कहिलेकाहीँ मैले कमिटमेन्ट गर्छु, मैले पालना गर्छु, मैले यसो गर्नेछ भन्ने कुरा आउँछ भने के देखिन्छ ? देखिने कुरा त्यो क्षम्य छैन भन्ने रेगुलेटरको कुरामा त प्रस्ट हुँदैन नि। त्यो पाटोबाट प्रोजन कज हुन्छ नै। इन्डस्ट्रीबाट हेर्दा इन्डस्ट्रीको बेस्ट इन्ट्रेस्ट के हो भन्ने कुरा इन्डस्ट्रीको प्रतिनिधिले गर्ने हो भने रेगुलेटरी पाटोबाट चाहिँ यी कुराले समग्र इन्डस्ट्रीमा कस्तो असर पर्छ र यसलाई चाहिँ कसरी करेक्सन गर्नुपर्छ र कसरी इम्प्लिमेन्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ रेगुलेटर प्रस्पेक्टिभको कुरा हो। कुनै पनि कुरामा चाहिँ यो नै हुनुपर्छ भन्ने, त्यो हुनुपर्छ।

आजको दिनमा तपाइँको नजरले भन्छ हाम्रो रेगुलेटर सबै कुरा ठीकठाक गरेको छैन ?

नो वान इज पर्फेक्ट। १०० प्रतिशत ठीक भएको छ भने त कसरी भन्न सक्छु र ? तर, सुधारात्मक प्रक्रियाको कुरा गर्ने हो भने हिजाको दिनमा पुरानो कन्सेप्ट हुँदाखेरी व्यक्तिगत र सतहमा व्याख्या गरिन्थ्यो। आज चाहिँ टेक्निकल व्याख्या हुन्छ। हिजोको प्राक्टिसको कुरा चाहिँ के थिए र कस्ता थिए भन्दा पनि हिजोका विषयवस्तु र गतिविधिहरुलाई रेगुलेटरले अनयुजल गतिविधि हो भनेर भनेको र धेरै ठाउँमा पावन्दीहरु लगाएको पनि छ नि। त्यो पावन्दीको कारणले गर्दाखेरी धेरै करेक्सन पनि आएको छ नि। त्यस कारण यस्ता सुधारात्मक प्रयास हुनुपर्छ।

हाम्रो रेगुलेटरले राम्रोसँग काम नगरिँदा तपाइँ कम्पनीहरु अलि बढी झगडा गर्नुभयो र अन्डराइटिङ राम्रो गर्नुभएन, त्यही भएर एएमएल÷सीएफटीको कम्पाइल्स कमजोर भएर ग्रे एरियामा देश पर्छ कि ?

तपाइँले दुइटा कुरा उठाउनुभयो। एउटा अन्डराइटिङ प्रोसेस र अर्को कम्प्लाइन्सको कुरा। हाम्रो फ्रेमवर्कमा दुईवटा क्लियर छ। अन्डराइटिङ भेरी–भेरी सब्जेटिभ प्रोसेस। सब्जेटिभ प्रोसेसमा हामी जाँदाखेरी हिजो एउटा ट्रेन्ड के थियो ? त्यसलाई रेगुलेटरले पनि अनयुजल भनेको छ। हामीले प्रिमियम विदेश पठाउँदा फर्स्ट प्रिमियम बढाउँदा हो क्या। फर्स्ट प्रिमियम बढाउन जाँदाखेरी हामीलाई पनि थाहा नहुन सक्छ। प्रिमियम बढाउँदा जाँदाखेरी जसले धेरै प्रिमियम ल्याउन सक्नुहुन्छ, त्यो प्रिमियम ल्याउनेहरुको चाहिँ वाहीवाही हुन्थ्यो। प्रिमियम ल्याउन नसक्नेहरुको चाहिँ अब अरु कुरा हुने, एउटा परिपाटी त्यो थियो। त्यहाँभित्र अनयुजल टाइपका गतिविधिहरु हुने रहेछन्, प्रिमियमलाई बढावा दिनलाई एक्सपेन्सेसको साइज पनि बढ्यो। अनयुजल एक्टिभिजहरु पनि भए भनेर रेगुटेलरले कति कुराहरुमा पनि प्रतिबन्ध लगाएको थियो, त्यो जेन्युन कुरा हो।

यो सिंगल प्रिमियम पोलिसी चाहिँ वास्तवमा गलत पासो नै हो, तपाइँहरुका लागि पनि ? कि अपरच्युनिटी हो ?

बिजनेस मेक्समा चाहिँ सबै कुरा हेर्नुपर्छ। हामीले बिजनेस सञ्चालन गर्ने भनेको एउटा पोलिसीको पोर्टफोलियोबाट म व्यवसाय सञ्चालन गर्छु भनेर कसैले भन्ने हो भने त, त्यो त रेसनल नहोला। म जजमेट गर्दिनँ होला। मैले मेरो कम्पनीको मात्र कुरा गर्न सक्छु। जजमेन्टल हुनु हुँदैन। बिजनेस मेक्स त गर्नुपर्ने हुन्छ। त्यसमा हाम्रो सन्दर्भमा त परम्परागत किसिमका क्यास भ्यालु पोलिसीहरुलाई नै हामीले जीवन बीमाको मुख्य व्यवसाय हो भनेर आइरहेका छौँ। अहिले हाम्रो नयाँ कानुनी संरचना र नयाँ ऐनमा पनि त्यसैलाई फोकस गरिएको छ। त्यसको अलावा पनि बिजनेस मेक्समा धेरै कुराहरु हुन्छ। आजको सन्दर्भमा भन्दा त हामीले अवेरनेसको कुरा बढाउने हो भने त निड क्रिएट गर्ने हो नि त, सप्लाईमात्रै होइन। सप्लाई साइड चाहिँ क्रिएट गर्ने र निडको चाहिँ आइडेन्टिफिकेसन नगर्ने हो भने हामी कहीँ पुग्दैनौँ।

त्यसो भए एउटा कुरा भनिदिनुहोस् त तपाइँको कम्पनी भनेको ए कम्पनी, त्यो ए कम्पनीका लागि एक वर्षमा १५ अर्ब रुपैयाँ प्रिमियम उठाउनु र १० अर्ब रुपैयाँ प्रिमियम उठाउनुको भेद कति रहन्छ ? किनकि क्वालिटीको कुरा होला। भोलि कति फिर्ता गर्नुपर्छ क्लेम ?

हाम्रो बजारमा रहेका कम्पनीहरुलाई तपाइँले भन्नुभयो। १५ अर्ब बिजनेस गर्ने कम्पनीहरु पनि हाम्रो अगाडि छन्। १–१ अर्ब बिजनेस गर्ने कम्पनीहरु पनि अगाडि छन्। अब प्रिमियमले डिटरमाइन्ड गर्दो हो त ? प्रिमियम भनेको लाइबिलिटी हो नि त। प्रिमियम धेरै हुनु, प्रिमियम धेरै भएर लाइफ इन्स्योरेन्स फन्ड ठूलो भएको हो नि त। त्यो लाइबिलिटी हो नि त। त्यो लाइबिलिटी म्यानेजमेन्ट गर्ने पार्ट एउटा हो भने अब अर्को चाहिँ बिजनेस मेक्सको पार्टबाट तपाइँ कसरी अगाडि बढ्ने भन्ने कुरा पनि हामीले हेर्नुपर्ने हुन्छ। हामी हिजोको दिनमा प्रडक्ट मेक्स गर्ने स्मार्ट किसिमले चलेका कम्पनीहरु पनि छन्।

तपाइँ पर्नुहुन्छ नि त्यसमा ?

म आफू कहाँ छु भनेर मैले कसरी भन्ने ?

क्लेम त गर्नुपर्यो नि।

हामीले कोसिस गरिरहेका छौँ। हामी राम्रो उदाहरणी कम्पनी डेभलप गर्ने किसिमले प्रोसेस गरिरहेका छौँ र हाम्रो प्रयत्नहरु जारी छ। हाम्रो बिजनेस मोडालिटी र भ्यालु प्रोसेसबाट अगाडि बढ्ने, इथिकल प्रोसेसबाट अगाडि बढ्नुपर्छ भन्ने अभियानमै छौँ। अहिले के देखिन्छ भने हामीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई जजमेन्ट गर्ने बेला भएको छैन। हामीसँग अझै ४–५, ५–६ वर्षको एक्पेरियन्समात्रै छ। हामीसँग चाहिँ बिजनेस मोडल एनालिस गर्नका लागि पर्याप्त डाटा पनि छैन। मैले मोडालिटी एनालाइसिस गरेँ भनेँ भने कसैले पत्याउने स्थिति छैन नि त। तर, २० वर्षदेखि अपरेसनमा आएका कम्पनीहरुको एनालाइसिस गर्न सम्पूर्ण कुराहरु त देखिन्छ। त्यो कन्क्लुसनका आधारमा मैले भन्न खोजेको के हो भने हामीकहाँ चाहिँ धेरै प्रिमियम ल्याउने कम्पनीहरु पनि छन्। हामीकहाँ चाहिँ थोरै प्रिमियम ल्याएर स्मार्ट प्रोसेसबाट अगाडि बढ्ने कम्पनीहरु पनि छन्। त्यो बजार आफैँले जज गरेको छ। कुन बन्ने वा के बन्ने भन्ने कुरा चाहिँ सबैको आआफ्नो कुरा हो बिजनेस स्ट्याटेजी।

तपाइँको प्लानिङ चाहिँ के हो त त्यसो भए ? भनिदिनु न। कस्तो खालको बिजनेस गर्ने, कति गर्ने ? क्वालिटीका कुरा ?

सेवामूलक बिजनेस सञ्चालन गर्ने भनेको सस्टेनेबल बिजनेस सञ्चालन गर्ने हो। मेरो चाहिँ अर्जुनदृष्टि भनौँ न। मेरो फोकस भनेकै सस्टेनेबल मोडल कसरी डेभलप गर्न सकिन्छ र सस्टेनेबल मोडालिटीमा कसरी बिजनेस सञ्चालन गर्न सकिन्छ ? भन्ने कुरामा निरन्तर लाग्ने चाहिँ मेरो कर्तव्य हो।

एउटा चिज अब थप प्रस्ट पारिदिनुहोस्। एकजना नागरिकले अब म बीमा गर्छु भनेर सोचिसक्दा उसले प्रडक्ट छान्दा के–के कुरामा ध्यान दियो भने ऊ सुरक्षित हुन्छ ?

तपाइँले भनेको कुरा ठीक हो। आजको दिनमा चाहिँ इन्स्योरेन्स प्लान सबैले रिलाइज गरेको छ। इन्स्योरेन्स प्रडक्ट भयो भन्ने छ।

उस्तै–उस्तै त हो नि ?

उस्तै–उस्तै हो। तर, हामीले अहिले बजारमा गएर इन्स्योरेन्सको सेल्स पिचिङ गर्दाखेरी टेक्निकल्ली साउन्ड इफर्मेसन चाहिँ मान्छेले बोल्न नसकेको स्थिति छ। बीमा गर्नुपर्छ, बीमा गर्नुपर्छ भनेर मैले पनि सन नेपाल लाइफबाट भनेको छु। बीमा प्राधिकरणले पनि भनेको छ। हामी धेरै कम्पनी छौँ। सबै कम्पनीहरुले त्यो भनेको स्थिति चाहिँ छ। तर, एउटा पर्टिकुलर मान्छेले म बीमा गर्छु भन्दै गर्दाखेरी उसको निड के हो ? त्यो निडको बारेमा र जीवन बीमा योजनालाई उसको जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारेमा चाहिँ त्यहाँ काउन्सिलिङ भएको छ भन्ने कुरामा त म पनि विश्वस्त छैन। भोलिको दिनमा चाहिँ डिमान्ड साइजलाई हेरेर निड एनालाइसिस गरेर र निड क्रिएट गरेर इन्स्योरेन्स कम्पनीहरु ग्राहककहाँ पुग्नु र ग्राहकलाई काउन्सिलिङ गर्नुको विकल्प त म देख्दिनँ। त्यो चाहिँ जरुरी छ। आजको दिनमा चाहिँ ठ्याक्कै म आएँ भने मैले चाहिँ कस्तो–कस्तो इन्स्योरेन्स पोलिसी हुन्छ भन्ने कुरा इन्स्योरेन्स प्रोसेसका बारेमा नै जानेको छैन। त्योबारेमा नै हामीले ओरेन्टेसन गरेनौँ। मैले पटक–पटक भनिसकेको छु कि हाम्रा एक्टिभिटिजहरुले गभर्नेन्सको पार्टमा प्रोब्लम आयो, बिजनेसको प्रोसेसमा प्रोब्लम आयो, बिजनेसको मोडालिटीमा प्रोब्लम आयो होइन। हामीले एउटा कुरालाई मात्रै ध्यान दियौँ। बिजनेस प्रमोसन र क्रिएसनको लाइनमा त गएका थियौँ।

तर, तपाइँ कम्पनी र तपाइँका एजेन्टहरु हतार–हतार गएर एउटा पोलिसी किनिहाल, हामीकहाँ ४ वटा, ५ वटा छन्, तिमीसँग अहिले पैसा छ, यो किनिहाल भनेर फोर्स सेल गर्छन्। त्यसका कारण अहिले बढी ल्याप्स देखिन्छ। अलि पछि सरेन्डरको बाढी आउँछ। यस्तो छ क्यारे ?

बिजनेस मोडलमा बिजनेस प्राक्टिसमा चाहिँ संसारभरि एज्युम गरेका कुरा के हुन् भने सडेन पोलिसीहरु चाहिँ सरेन्डर पनि हुन्छन्। सडेन पोलिसीहरु ल्याप्स पनि हुन्छन्। सडेन पोलिसीहरुमा अरु केही सिचुएसन पनि आउन सक्छ। त्यो त प्रडक्ट डेभलपिङ गर्ने बेलामा त्यो कुरा त हेरियो नि त। सतप्रतिशतमा सतप्रतिशत नै पोलिसीहरु कन्टिन्यु हुन्छ भन्ने कुरा चाहिँ तथ्यसँग मेल खाँदैन। बिजनेस प्राक्टिस, बिजनेस मोडल संसारभरिको बिजनेस प्राक्टिसहरु छ, त्यसलाई हामीले हेर्यौँ भने पनि त्यो चाहिँ मेल खाँदैन। किनभने बीमाको प्रोसेस भनेको आर्थिक प्रोसेसको कुरा हो नि त। फाइनान्सियल मेकानिजमबाट इकोनोमिक प्रोसेसबाट चाहिँ क्यापिटल बिल्डअप गर्दैगर्दै जाने र बीमा गर्ने बीमितको काम इन्स्योरेन्स कम्पनीले एज यन एक्सपर्ट गरिदिने, लगानीको चिन्ता नहुने र पछि भुक्तानी गर्दाखेरी चाहिँ थपेर बढाएर थपेको रकम भुक्तानी दिने प्रक्रियामा हामीले काम गरिदिने। त्यस कारण आज मैले गरेको इन्टेन्सन मैले बीमा गर्दाखेरी चाहिँ मैले निड थाहा पाएर गरेको थिएँ वा थिइनँ भन्ने कुरा चाहिँ, ट्याट काउन्ट।

आजका दिनमा तपाइँका एजेन्टहरुले गएर जसलाई पोलिसी बेच्नुहुन्छ, उहाँहरुलाई सुरुदेखि अन्तिमसम्म यहाँहरुले जे चिज राख्नुभएको हुन्छ, त्यो बुझाको कन्फर्म छ ?

मैले अघि भनिसकेँ। निडको एनालाइसिस गर्ने र निड क्रिएट गरिदिने कामको कहीँबाट काउन्सिलिङ भएको छैन। अब चाहिँ बजारमा त्यो कुरा डिमान्ड बढिरहेको छ। मान्छेहरु चाहिँ मकहाँ इन्स्योरेन्सको काउन्सिलिङ गर्न आएकाले भने मैले बुझ्थेँ होला, मैले थाहा पाएर इन्स्योरेन्स गर्नुपर्छ भन्ने सोच चाहिँ अभिवृद्धि भएको चाहिँ छ।

तर, मान्छेलाई लाग्छ शेयर बजार पैसा लगाए भनेँ अलि बढी फल्छ। बैंकमा डिपोजिट राखेँ भने अलि बढी फल्छ। इन्स्योरेन्समा पैसा दिँदा त यो कहिले कहिले, त्यस्तै परे तँ तल–माथि परिस् भने तेरा दरसन्तानले पैसा पाउँछन् भन्दै आउँछन्। तपाइँहरुले बढाएर दिन्छु, त्यो पनि ३० देखि ९० भन्नुहुन्छ। भनेको के आउँछ, के आउँदैन भन्ने कुरै क्लियर भएन नि होइन ?

मैले तपाइँलाई के भन्छु भने फाइनान्सियल सेक्टरमा पहिला त हामीले फाइनान्सियल सेक्टरको ग्राउन्डेड रियालिटी के हो ? बैंकिङ प्रोसेसमा के हुन्छ ? बैंकको उद्देश्य के हो ? बैंकको उद्देश्य त जहिले पनि कन्जम्सन बढाउने लिक्विडिटी मेन्टेन गर्ने हो। प्रोडेक्टिभिटी बढाउने, लिक्विडिटी बढाउने र कन्जम्सन बढाउने हो नि त होइन र ? बैंकले सेफ्टीको कुरा त गर्दैन र बैंकमा चाहिँ को जान्छ त भन्दा बैंकमा डिपोजिट गर्ने र इन्स्योरेन्समा आउने कुराहरु चाहिँ नितान्त फरक हुन्छ। क्यापिटल मार्केट (पुँजीबजार) भन्नेबित्तिकै त्यो अर्को पाटो भयो। दुवै ठाउँमा सेल्फ जजमेन्टको कुराहरु हुने भए। इन्स्योरेन्स भन्नेबित्तिकै अर्को मेकानिज भयो। सेक्युरिटी कम्पोनेन्टसँगसँगै इन्भेस्टमेन्ट कम्पोनेन्ट पनि हुने भयो। जीवन बीमालाई हामीले डिफाइन्ड गर्दाखेरी हाम्रो व्यवस्थामा चाहिँ लगानी बीमा भनेरै डिफाइन्ड गरेका छौँ। लगानी हो भने अरु सेक्टरमा जस्तै बीमाको चाहिँ के–के फिचर हुन्छ त ? बीमाको प्रोसेसबाट कसरी क्यापिटल बिल्डअप हुन्छ ? बीमा कम्पनीहरु चाहिँ कुन प्रोसेसबाट म पहिला क्यापिटल बिल्डअप गर्छु भनेको छ ? भन्ने कुरा नितान्त प्राविधिक कुराहरु हुन्। अहिलेसम्म चाहिँ हाम्रो बजारमा अघि मैले भनेँ नि निड एनालाइसिस गर्ने कुरा। त्यो निड एनालाइसिस गर्ने हो भने प्रत्येक मानिसले मैले चाहिँ बीमा यस कारणले गरेको छु र मेरो जीवनमा बीमालाई यो–यो ठाउँमा उपयोग गर्न सक्छु। जोखिममा यहाँ–यहाँ प्रयोग गर्न सक्छु। मेरो लाइबिलिटीमा यहाँ–यहाँ प्रयोग गर्न सक्छु। क्यापिटल बिल्डअपमा चाहिँ मैले अरु सेक्टरको सट्टा यहाँबाट गर्न सक्छु भन्ने कुरा एउटा पाटो भयो। अर्को, अघि तपाइँले भन्नुभएको जस्तै अरु सेक्टरमा धेरै पाइन्छ भने धेरै लगानी पनि गर्नुपर्छ। बैंकमा १ लाखको ब्याज पाउनका लागि १ लाख रुपैयाँ नै जम्मा गर्नुपर्छ। क्यापिटल मार्केटमा १ लाख रुपैयाँको शेयर किन्नका लागि १ लाख नै लगानी गर्नुपर्ने होला। तर, इन्स्योरेन्समा इन्स्योरेन्सको प्रोसेस धेरै रकम हुने मान्छेहरुलाई भन्दा आममान्छेहरुलाई चाहिँ आमान्छेहरुका तर्फबाट काम गरिदिन अथवा एक्सपर्टका रुपमा एड्भाइजको काम गरिदिएर धेरै बेनिफिट दिने हो। १ लाख रुपैयाँ बीमा गर्छु भन्ने मान्छेले तिर्नुपर्ने प्रिमियम हेर्ने हो भने त ६–७ हजार रुपैयाँ होला। तर, बेनिफिट हामीले कति दिन्छौँ भन्दा त लाखौँ आउँछ नि।

तर, यही चिज धेरै बुझाइएन क्यारे ?

६–७ लगानी गरेर १ लाख रुपैयाँ बेनिफिट पाउने। मान्छे बीमा गर्दा लगानी चाहिँ कति गर्ने ? ६ हजार गर्ने र बेनिफिट चाहिँ कति खोज्ने ? हेर्नुहोस् है हाम्रो प्राक्टिस बीमांकबाट सुरु भएको क्या।

तपाइँले जसरी अहिले भनिरहनुभएको छ नि, यी चिज चाहिँ पब्लिकलाई राम्रोसँग बुझाउन सकिएको छैन ?

हामीले त्यो कुरा चाहिँ प्रयत्न गरिरहेका छौँ।

तपाइँका अभिकर्ताहरुलाई यो सबै कुरा बुझाउनु भएको छ ?

हाम्रो टिम, हाम्रो सेल्स टिम चाहिँ त्यो कुराहरु सिस्टमेटिकल्ली भन्ने गरेका छौँ र ओरेन्टेसन पनि गर्ने गरेका छौँ।

तपाइँहरुकहाँ बीमा गर्न आउने धन भएकाहरु आउनुपर्यो। सामान्यतया जोसँग क्यास फ्लो छ उनीहरु आउँछन्। अलि–अलि बचत गरौँ, अलि–अलि जोखिम पनि ट्रान्सफर गरौँ र अलि–अलि इन्भेस्टमेन्ट पनि होस्। यो तीनवटै पार्ट हेर्दा ट्याक्सेसन पार्ट एउटा इम्पोर्टेन्ट कम्पोनेन्टका रुपमा रहेछ। तपाइँहरुले त्यसको क्याप बढाउनै सक्नु भएन। जो गरिब छन्, जोसँग क्यास फ्लो छैन, तिनीका त बीमाको अलि–अलि कम उपस्थिति हुने नै भयो। जो सक्छन्, तिनका लागि बेनिफिटका लागि ट्याक्सेसन पोलिसीमा अलिकति ?

२–३ वटा कुरा हुँदो रहेछ। हामीले हाम्रो समग्रतामा हेर्यौँ भने त्यो ५८–५९ सालतिर होला। ५८ सालको ट्याक्सेसन जुन २५ हजार रुपैयाँ क्याप हाल्यो, त्यसभन्दा अगाडि चाहिँ प्रिमियमको प्रसेन्टेज हुन्थ्यो क्या। लगानी बीमा भनेर चाहिँ ५८ सालमा आएको हो र ५९ सालमा नियमावली परिवर्तन भयो। त्यो परिवर्तन हुँदासम्मको स्थिति चाहिँ के थियो भने प्रिमियमको ७ प्रतिशत नै ट्याक्स डिस्काउन्ट दिने भन्ने थियो। पछि अमाउन्टमा आयो। अब ट्याक्सेबल इनकम गणना गर्ने, ट्याक्स तिर्ने, ट्याक्स लाग्ने, तपाइँ आफैँ बुझ्नुहुन्छ, त्यो एउटा पार्ट भयो। अर्को पार्ट भनेको चाहिँ समस्या भनेको पढे–लेखेका मान्छेमा हुन्छ क्या। उनीहरु आफैँ हिसाब गर्छन्। त्यो पोलिसीमा एक्ट्राक्सन छैन। त्यही पोलिसीमा चाहिँ इन्डियामा धेरै मान्छेहरु एक्ट्राक्सन हुने र त्यही पोलिसीमा नेपालमा चाहिँ मान्छेहरु एक्ट्राक्सन नहुने। कम्पेयर गरेर हामीले हेरौँ भने ५८–५९ सालको सिनारियो र अहिलेको सिनारियो फरक छ। हामीले प्रयोग त गरेका होलौँ, प्रयत्न त गर्छौं। हामीकहाँ लाइफमा कस्तो खाले बेनिफिट चाहिने कस्तो प्रडक्ट छ भने हामीले तपाइँलाई भन्छौँ होला। सबै कम्पनीले भन्छ। तर, त्यो एक्ट्राक्सन हो कि होइन त ?

तर, ट्याक्समा बेनिफिटका लागि किन प्रयास नगर्ने ? त्यसले त केककै साइज बढाउँछ।

राज्यका लागि चाहिँ जस्तो ट्याक्स बेनिफिट दिँदैन होला ? कति बेनिफिट दिँदाखेरी कति क्यापिटल जेनेरेट हुन्छ भन्ने कुरा महत्वपूर्ण हो।

तर, सिरानीमुनिका पैसा आउँछन् होला। हाम्रोमा त इन्फर्मल इकोनोमी ठूलो छ। झन्डै आधा छ भनिन्छ। त्यो पैसा बीमा कम्पनीमा आउनु भएको त फर्मलाइज्ड हुनु हो। यताबाट पनि बेनिफिट लिन सक्छ राज्यले ?

अब दुईवटा कुरा भयो। एउटा इन्स्योरेन्स प्रिमियमका रुपमा इन्स्योरेन्स कम्पनीमा आउने फन्ड भनेको चाहिँ राज्यले इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा लङटर्म बेसमै इन्भेस्टमेन्ट गर्नु हो। रिसोर्सेबल फन्ड छ त। धेरै ठूलो फन्ड राज्यले उपयोग पनि गरेको छ। इन्स्योरेन्स कम्पनीहरुको फन्ड जेनेरेट गर्ने काम हो। त्यो अल्टिमेटमली कहाँ जान्छ त प्रडक्टमा जाने हो। इन्स्योरेन्स फन्डलाई म्यानेज गर्न हामीले सिग्निफिकेन्ट अमाउन्ट हामीले बैंकमा डिपोजिट गर्छौं। बैंकले चाहिँ व्यवसायीलाई दिन्छ। व्यवसायबाट प्रफिट आउँछ। त्यो प्रफिटबाट ट्याक्स बढ्यो भने कसको ट्याक्स हो ? म तपाइँलाई कहाँ जोड्न खोज्दै थिएँ भने इन्फर्मल इकोनोमी ठूलो छ भन्नुको मतलब त्यसलाई च्यानलाइज्ड गर्नुपर्नेछ। सरकारले यो प्रिमियममा यति पर्सेन्ट ट्याक्स चाहिँ हामी डिस्काउन्ट दिन्छौँ भन्दियो भने त्यो पैसा त च्यानलमा आउँछ। त्यसले त हाम्रो इकोनोमीलाई थप ग्रुम गर्छ, सपोर्ट गर्छ नि त। यसका लागि थप केही गरौँ। हाम्रो मान्य के हुनुपर्यो भने जति धेरै मान्छेहरु इन्स्योरेन्समा संलग्न हुन्छन्, त्यति धेरै राज्यलाई बेनिफिट हुन्छ भन्ने पार्ट चाहिँ पोलिसी मेकरहरुले बनाउने हो। इन्डस्ट्रीले त्यो कुरा पर्फम गर्नुपर्यो र दीर्घकालीन किसिमबाट हामी गयौँ भने पोटेन्सल छ, ठाउँ–ठाउँमा इन्स्योरेन्स कम्पल्सरी गरेरै प्रमोट गरेको छ। मान्यता के हो भने जति धेरै मानिसहरुलाई हामीले इन्स्योरेन्सको फ्रेमवर्कभित्र वा इन्स्योरेन्स परिधिभित्र ल्याउँछौँ, त्यति धेरै सेक्युरिटीको पार्ट बढ्ने रहेछ नि त। प्रत्येक नागरिकको जोखिम उत्पन्न हुँदाखेरी इन्स्योरेन्स कम्पनीले कम्पन्सेट गर्छ भने राज्यको दायित्व बढ्छ।

विदेशमा फर्स्ट वर्क, सेकेन्ड वर्कसम्म पुग्दा त त्यहाँका ठूलाठूला इन्फ्रास्ट्रक्चर प्रोजेक्ट र ठूलाठूला फाइनान्सियल इन्स्टिच्युसनहरु इन्स्योरेन्स कम्पनीहरुले नै चलाउँछन्। तपाइँहरु भने त्यो ठूलो पैसा लगेर डिपोजिटमा राख्नुहुन्छ। अलि–अलि सेयर बजारमा अक्कलझुक्कल लगानी गर्नुहुन्छ। त्यो पोटेन्सियाली चाहिँ भयो त ?

इन्स्योरेन्स कम्पनी फन्डको म्यानेजमेन्ट गर्ने, पोर्टफोलियोको म्यानेजमेन्टका लागि एक्सपर्ट हो। लेन्डिङ गरेर अर्को नेक्स्ट बिजनेस गर्न इन्स्योरेन्स कम्पनी हुँदैन। संसारभरि नै हुँदैन। इन्स्योरेन्स कम्पनीको इनकमका रुपमा प्रिमियम हुन्छ। त्यो प्रिमियम भनेको त मैले नारायणजीको पैसा मेरो खल्तीमा राखेर साहु भएर साहुजस्तो हुने हो र इन्स्योरेन्स कम्पनी ? पछि फिर्ता त गर्नुपर्छ। थपेर फिर्ता गर्छु, पपर्ली म्यानेज गरेर फिर्ता गर्छु भनेर जिम्मा जमानी लिने र मैले रिस्क क्रिएसन हुने क्षेत्रमा इन्भेस्ट गरेँ, भोलाटाइल क्षेत्रमा इन्भेस्ट गरेँ, सेफ्टी पनि भएन, सेक्युरिटी पनि भएन अनि रिटर्न पनि भएन। भोलि के हुन्छ ?

भनेपछि नेपालमा त्यस्तो एरिया छैन, जहाँ इन्स्योरेन्सले लगानी लगाउन सकोस् ?

होलान्। एरिया छन्। इन्स्योरेन्स कम्पनीको एक्पर्टाइज पनि हुनु पर्यो नि। अहिले हाम्रो पोटेन्सियल एरिया भनेको टुरिजम र हाइड्रो हो र हामीले गरिरहेका छौँ। प्राधिकरणले त्यो पार्टमा फोकस गरिहेको छ र हामीले पनि केही पार्टमा इन्भल्भ भएका छौँ। तर, सिग्निफिकेन्ट्ली लिडर गरेर इन्स्योरेन्स कम्पनी जान चाहिँ एक्सपर्टाइज त चाहिन्छ। त्यसको एक्सपर्टाइज त इन्स्योरेन्स कम्पनीसँग छैन। अब त्यो भोलाटाइल एरियामा इन्स्योरेन्स कम्पनीले कन्सल्टेन्ट भयो भने, रिस्क कन्सल्टेन्टट भयो भने भोलि बीमितले पाउने कुरामा के हुन्छ ?

इन्स्योरेन्स कम्पनीसँग त्यो इन्भेस्टमेन्टको क्लाइमेन्ट र वातावरण बनाउने त्यो क्रक्स निकाल्ने एक्सपर्ट छैन। त्यो एक्सपर्टिज डेभलप गरेर त्यता जाने ठाउँ चाहिँ छ कि छैन ?

इन्स्योरेन्स कम्पनीले इन्फ्रास्ट्रक्चर बन्ड बनाइदियो भने त्यहाँ इन्भेस्टमेन्ट गर्दिन्छ। त्यहाँ राज्यले जिम्मेवारी लियोस्। इन्फ्रास्ट्रक्चरमा कहाँ–कहाँ लगानी गर्ने भनेर राज्यले गरोस् न। हामी इन्स्योरेन्स कम्पनीलाई एउटा बन्ड दियोस्, लङ टर्म बन्ड दियोस् राज्यले।

ऐन–कानुनमा त दिने भन्ने नै थियो क्यार ?

ऐन–कानुनमा दिने भन्ने नै छ। इन्फ्रास्ट्रक्चर बन्ड दिएर कुन–कुन राज्यको प्रायोटरी एरिया हो, त्यो प्रायोटरीको एसिया राज्यले चाहिँ प्रायोटाइज गरोस् न त। फन्ड दिन त, त्यहाँ फन्ड इन्भेस्ट गर्नका लागि त राज्यको ग्यारेन्टीमा राज्यको ब्याकअपमा फन्ड इन्भेस्ट गर्नका लागि त इन्स्योरेन्स कम्पनीहरु तयार हुन्छन्। तर, आजको कन्सर्न के आयो भने इन्स्योरेन्स कम्पनी तिमी आफैँले चाहिँ तिमी जे गर गर भन्ने कुराले हामीले अरु कम्पनीहरु, अरु कन्ट्रीहरुमा भएको जुन फेलियर स्ट्याट्स छ, त्यो पनि हेर्नुपर्छ। हामीकहाँ मेट लाइफ भन्ने अमेरिकी कम्पनी छ। राम्रो पफर्मेन्स गर्ने कम्पनीमा पनि पर्छ। त्यसको भाउ कम्पनी अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनी भन्ने छ। सन् २००७ को इकोनोमिक डिप्रेसनमा त्यो कम्पनी चाहिँ अमेरिकाको फेडरल रिजर्भले एक्वायर गर्नुपर्यो। त्यो कम्पनीले पफर्मेन्स गर्न नसकेर गरेका कारणले होइन नि त। संसारभरि भएको विङ्सहरु ठिक थिए। तर, एआईजी ग्रुपको इन्भेस्टमेन्ट ग्रुपले ठूलो इन्भेस्मेन्ट रियल स्टेट मार्केटमा गरेको रहेछ। रियल स्टेट क्र्यास भयो। क्यापिटल मार्केट क्र्यास हुन्छ। रियल स्टेट मार्केट क्र्यास हुन्छ। हुने रहेछ नि त। बेला–बेलामा इकोनोमिक रिसेसन पनि आउने रहेछ। त्यो पनि जनताको कम्पनी हो नि त। फेडरल रिजर्भले रेस्क्यु गर्यो पैसा हालेर। रेस्क्यु गरिसकेपछि फेरि आफ्नो स्टेक (शेयर) घटाएर मेट लाइफलाई हस्तान्तरण गर्यो र संसारभरि रहेका अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी शाखाहरु र अपरेसनहरु थिए, त्यो सबैलाई मेट लाइफले टेकओभर गर्यो। त्यो दृष्टान्त त हामीसँग छ त। हामीसँग त्यो अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी छ। अहिले मेट लाइफको नाममा गरिरहेको छ।

अहिले इन्स्योरेन्स कम्पनीहरु जसरी इन्भेस्टमेन्टको नयाँ योजना इनेभस्टमेन्ट गाइडलाइनबाट प्राधिकरणले खोलिदियो, जसरी दौडिरहेका छन्, त्यो चाहिँ राइट वे नहुन सक्छ ?

राज्यको नीति, रेगुलेटरको नीति एउटा पाटो भयो। रेगुलेटरको पनि अडिट होला। आममान्छेको वा सबैको अडिट गर्नुपर्ने हुन्छ। पोलिसी फ्रेमवर्क चाहिँ दीर्घकालीन कति होला ? भोलि चेन्ज गर्नुपर्ने पनि होला। रेगुलेटरी इन्सुलेन, रिसेन्टली इन्ट्रड्युस इन्सुलेन्ट, फेलियर नहुँदा, फेलियर स्टोरी नहुँदासम्म चाहिँ रेगुलेटर सेफ साइडमा छ, वाहवाहको कुरा छ। त्यो फेल भएको दिन के हुन्छ ? भोलि कोरोना बीमाको स्थिति आउन सक्छ। मेरो प्राइमरी कन्सर्न के हो भने प्रिमियम हामीले जुन लिन्छौँ, प्रिमियम दायित्वको पैसा हो। प्रिमियम सम्पत्ति होइन। आफ्नो सम्पत्ति लगानी गर्दा जहाँसुकै लगानी गरे पनि भयो। दायित्वको फन्डको म्यानेजमेन्ट गर्दा चाहिँ अप्टिमेस्टिक भएनन्, भोलाटाइल एरियामा लगानी गर्दा भोलि त्यो दायित्व व्यहोर्न नसक्ने आयो भने भोलि के हुन्छ ? एउटा कम्पनीको मात्रै कुरा हुँदैन नि। इन्डस्ट्रीको कुरा होला। इन्डस्ट्रीको मात्रै कुरा हुँदैन नि त कन्ट्रीको कुरा होला। त्यस कारण हामी कन्सियस हुन र टेक्निकल्ली के हो भने हामीले हेर्न, बुझ्न, विचार गर्न र जिम्मेवारीमा रहनेले चाहिँ आफ्नो अभिव्यक्ति पनि गर्न सक्नुपर्छ।

देशमा तीन तहका सरकार छन्। तपाइँहरु सामाजिक सुरक्षा जस्तै–जस्तै देखिने, थोरै–थोरै पैसा उठाएर अलि धेरै रिटर्न गर्ने व्यवसाय गर्नुहुन्छ। तिनीहरुसँग मिलेर यो तपाइँहरुले आफ्नो व्यवसायको साइज बढाऔँ, नागरिकलाई पनि अलिकति थप सुरक्षित बनाऔँ। जसको थोरै इनकमले उनीहरुले पनि यो राडरमा ल्याऔँ भनेर प्ले गर्ने ग्राउन्ड देख्नुभएको छ ?

कम्पनी इनोभेटिभ हुन जाने अब राज्यकै हो। ठूलो रिसोर्स चाहिँ, ठूलो पपुलेसन भनेको चाहिँ अघि तपाइँले भनेकै एरिया हो। पोलिसिजमा होइन। राज्य पनि डेमोक्रेटिक स्टेट भनेको वेलफेयर स्टेट भएका कारण राज्यले पनि पब्लिकको इन्ट्रेस्टलाई सुपरियर हो भन्ने मान्यता कायम राख्नुपर्छ। आजको दिनमा म धेरै किसिमका राज्यका निकायहरुसँग संलग्न भइरहँदा, अन्तर्क्रिया गरिरहँदा इन्स्योरेन्स इन्डस्ट्रीलाई, इन्स्योरेन्स रेक्टरलाई चाहिँ पोलिटिकल्ली लिड गर्ने मान्छेहरुबाट र ब्युरोक्र्याटिक किसिमबाट लिड गर्ने मान्छेहरुबाट चाहिँ प्रायोरिटीको सेक्टर हो भनेर इन्स्योरेन्स प्रदान गर्ने सेवाहरुका बारेमा अन्यथा हुने गरी इन्स्योरेन्स कम्पनी भनेको दाबी नै तिर्दैनन्, पहिला तपाइँ सुध्रिनुहोस् अनि आउनुहोस् भन्ने खालको लापरबाही व्यवहारजस्ता कुराहरुको अन्त्य हुनुपर्छ।

तपाइँहरुको पनि फेलियर हो नि, बुझाउन नसक्ने ? यत्रो व्यापार गर्ने आज, यत्रा मान्छे संलग्न छन्।

यसमा चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भने हामीले जोखिमको कुरा गरेका हुन्छौँ। जोखिमको सुरक्षण गर्ने कुरा गरेका हुन्छौँ। जोखिमपूर्ण हुनु भनेको आममान्छे चाहिँ संकटमा पर्नु होइन। संकटमा पर्ने अवस्था कोही मान्छे। टाँट पल्टिने अवस्था होला।

तपाइँले नै पोलिसी बेच्छु भनिरहनुभएको छ, गाउँ–गाउँ गएर बुझाउँछु भनिरहनु भएको छ। देश बनाउँछु भन्नेहरुलाई त बुझाउन सकिएन ?

मैले त्यही भनिरहेको छु। ९९ प्रतिशत चाहिँ प्रोप्रर सर्भिस डेलिभरी गरिरहेको छ। १ प्रतिशतमा चाहिँ सर्त पूरा नहुँदा प्रश्न उठ्छ नि। प्रश्न उठ्दैन र ? यदि कन्ट्रयाक्टिङ पार्टी हो, कन्ट्रयाक हो भने कन्ट्रयाक्टिङ कन्डिसन त पूरा हुनुपर्छ नि त। त्यो पार्टमा चाहिँ मैले अघि भन्दै थिएँ, यो आफैँले इमोसनसँग, हामीले जोखिममा परेको, दुःखमा परेको, अप्ठ्यारोमा परेको मान्छे, मान्छे परेको, टाँट पल्टिन लागेको, आगो लागेको वा केही भएको, क्षति भएकोसँग डिल गर्नुपर्ने र त्यो क्षतिप्रति इमोसनल अट्याचमेन्ट सबैको हुन्छ। इमोसनल अट्याचमेन्ट हुँदाखेरी चाहिँ मान्छेले वास्तविक कुरा चाहिँ के हो थाहा नहुँदो रहेछ। वास्तविकतामा पुग्दै पुग्दैन। तर, सेन्टिमेन्टमा चाहिँ फलानोको फलानो वा फलानोले भनेको चाहिँ उसले क्लेम पाएन रे। तपाइँहरुले क्लेम दिनुहुन्न रे भनेर सतही कुराहरु गर्न मिल्छ ?

एउटा एम्जसन गरौँ। संसदीय समितिले जे भन्यो २५ प्रतिशत तिम्रो प्रस्ताव कस्ट राख र बाँकी चाहिँ पोलिसी होल्डरले फिर्ता चाहियो भन्यो बेला देऊ। यो लागू भयो भने त लाइन लाग्ला ?

यसमा त मेरो एक्सपेटेसन चाहिँ राज्य त्यति इम्च्योर्ड हुँदैन। राज्यले चाहिँ विवेक पनि प्रयोग गर्छ र इन्स्योरेन्स सेक्टर भनेको नितान्त प्राविधिक र ट्रान्सप्यारेन्ट प्रोसेस हो र संसारभरि नै इन्स्योरेन्स सेक्टर त्यसरी नै आइरहेको छ। ग्लोबली बिहेवियर र स्ट्यान्डर्डहरु पनि छन्। इन्स्योरेन्स कम्पनीहरु सेल्फ डिसिप्लेन कम्पनी पनि हुन्। सँगसँगै रेगुलेटरले यो व्यवसायलाई नितान्त कन्ट्रोल गर्ने, नियमित गर्ने र व्यवस्थापन गर्ने पार्ट पनि लिइरहेको छ। जति पनि इन्स्योरेन्स इन्डस्ट्रीबाट आएका कुराहरु छन्, अस्ति संसदीय समितिबाट आएका कुराहरु, त्यो कुराहरु भनेको त हामीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर वर्षौंदेखि गर्दै आएका काम हो नि त। आज चाहिँ कसरी थाहा भयो ?

उहिले थाहा हुनुपथ्र्यो ?

यो कुरा त हामीले कहाँबाट हेरिरहेका छौँ ? हामी चाहिँ पछाडि फर्केका छौँ वा हाम्रो समाजलाई अगाडि लगेका छौँ।

अब अन्तिम–अन्तिममा एउटा कुरा भनिदिनुहोस् त, बजारमा यति धेरै कम्पनी छन्, बीमा गर्छु भन्ने मनस्थिति बनाइरहेको एउटा मान्छे वा एउटा नागरिकले म कता जाउँ भन्दा तपाइँको कम्पनीतिर किन हेर्ने ? वा तपाइँको एजेन्टलाई किन भेट्ने ?

यो प्रश्न सब्जेटिभ भयो होइन। मेरो विचारमा चाहिँ है, आममान्छेले अघि पनि भने मैले, हामी सप्लाईको साइडबाट सबै इन्स्योरेन्स कम्पनीले नेटवर्क पनि बनाएका छन्, शाखा पनि खोलेका छन्, प्रदेश कार्यालय पनि खोलेका छन्, त्यहाँभन्दा तल्लो युनिट पनि छन्, कर्मचारी पनि हुन्छन्, अभिकर्ता पनि छन्, सबै छन्। हामीले त सप्लाईको साइडबाट काम गरिरहेका छौँ। कन्ज्युमर बिहेवियर, कन्ज्युमर निड के हो भन्ने पार्टमा चाहिँ आजसम्म हामीले कन्ज्युमर प्रोटेक्सन पार्टमा, कन्ज्युमर बिहेवियरको पार्टमा चाहिँ हामीले नगरेका कारणले, सायद काम पनि गरेनौँ होला, सायद यो महत्वपूर्ण हो भन्ने कुरा कन्ज्युमर स्याटिसफ्याक्सनको पार्टलाई चाहिँ इग्नोर पनि गरेको होला। हाम्रो बिजनेस प्रोसेसमा र बिजनेस मोडलमा चाहिँ त्यहाँसम्म पुग्नु पनि परेन होला। त्यो कारणले चाहिँ सप्लाईको साइडमात्रै भयो। सप्लाईको साइड हुँदा पनि ओभर सप्लाई भएछ नि त। ओभर सप्लाई भएको कुरा त रेगुलेटरले रिलाइज पनि गरिसकेको छ। ओभर सप्लाई हुँदा मिस सेल हुने रहेछ। मिस सेल हुँदा चाहिँ डिस्प्युट आउने रहेछ। त्यो कुरा त सर्वसाधारणले पनि बुझिसकेको स्थिति छ। मेरो कन्सर्न एज अ सीईओ बिजनेस सप्लाई सइडबाट होइन सस्टेनेबल त्यतिबेला हुन्छ, जति बेला डिमान्ड साइड एड्रेस हुन्छ।

तपाइँसँग त्यस्तो पोलिसी छन् ?

पोलिसीहरु भनेको चाहिँ प्रायः भोलि काम गर्ने क्रममा पोलिसीहरु आउने, टार्गेट ग्रुप एनालाइसिसी गर्ने, कन्ज्युमर बिहेवियरका आधारमा स्टडी गर्ने चाहिँ सबैको स्ट्याटेजी पार्ट हो। सबै कम्पनीहरुले आआफूले गरेका होलान्। मोरल्ली चाहिँ हाम्रो प्ले ग्राउन्डमा पोलिसीहरु त क्यास भ्यालु पोलिसी त हो नि। होइन र ? त्यो पोलिसीमा त कसैमा के थपेको होला वा कसैमा के थपेको होला। तर, त्यसमा डिस्ट्रिब्युसनको पार्ट र सेल्सको पार्ट चाहिँ धेरै महत्वपूर्ण हुने रहेछ। सेल्स प्रोसेसमा काम गर्नेले चाहिँ गलत इन्फर्मेसन दिँदा डिमान्ड साइडमा बस्नेले अथवा पोलिसी लिनेले चाहिँ के कुरा बुझ्छ ? कन्ज्युमर मिस लिडिङ भयो नि त। कन्ज्युमर मिस लिडिङ कन्ज्युमरको स्याटिस्फ्याक्सन बढ्ने हो कि घट्ने हो ? निश्चित रुपमा घट्छ। मैले चाहिँ अब्जर्भेसन गर्दा थाहा पाएको कुरा चाहिँ इन्स्योरेन्स कम्पनीहरु अथवा इन्स्योरेन्स सेल्स प्रोसेसमा भएका मान्छेहरु चाहिँ वान टाइम सेल्स प्रोसेसमा काम गर्नुहुँदो रहेछ। बिजनेस प्रोसेसमा त वान टाइम हुँदैन। कन्टिन्यु प्रोसेस हो। बिजनेस मोडल चाहिँ कस्तो भएछ भने वान टाइम सेलका आधारमा बिजनेस चाहिँ पिचिङ भएको रहेछ। वान टाइम सेल्सका आधारमा पिचिङ हुँदा अर्को मिस सेलिङ भयो। डिमान्ड साइड हेर्दै हेरिएन। यसले गर्दा बजारमा चाहिँ एउटा सानो कुराले मिस अन्डरस्ट्यान्डिङ भयो।

अन्तिममा एउटा कुरा भनिदिनुहोस्। बजार त प्रतिस्पर्धाको हो। तपाइँका प्रतिस्पर्धी कम्पनीहरु छन्। उनीहरुको एउटा सेल्स छ। तपाइँलाई नम्बर गेनमा मान्छेले कहाँ पुग्ला भनेर सोचे भने तपाइँ नियर फ्युचरमा कहाँ पुग्नु हुन्छ ? त्यसमा पनि तपाइँको त क्वालिटी बिजनेसको भन्ने कुरा होला। कति पैसा उठाएर कति जेनेरेट गर्छ इकोनोमी भन्ने पनि होला। तपाइँलाइृ कहाँ देख्ने ? कहाँ अपेक्षा गर्ने ?

मलाई यसमा २–३ वटा कुरा भनौँ भनौँ लाग्यो। तपाइँको कुरा पनि भयो कहाँ पुग्ने ? सब्जेटिभ कुरा पनि भयो। मुख्य कुरा कम्पिटिसन र कम्पिटिभ व्यवहार भनेको बजारमा फेयर प्ले गर्नका लागि कम्पिटिसन हो। कसैलाई जित्नका लागि चाहिँ कम्पिटिसन होइन।

प्रतिस्पर्धा आफैँसँग ?

तपाइँको प्रतिस्पर्धा तपाइँसँगै हो। मेरो प्रतिस्पर्धा मसँगै हो। सन नेपाल लाइफको प्रतिस्पर्धा सन नेपाल लाइफकै ग्रोथ माइन्ड सेटमा अगाडि बढ्ने हो।

तर, अब यति बोनस हामी दिन्छम् भन्दिनु पर्ला नि ?

मैले अघि भने नि लगानी हो नि त। इन्भेस्टमेन्ट प्रोसेसमा सामान्य कुरा छ त ‘लङ्गर दि इन्भेस्टमेन्ट हाइयर रिटर्न’, सर्टर दि इन्भेस्टमेन्ट लोअर रिटर्न’। सिम्पल छ नि। यहाँ एकदम भन्नुपर्ने कुरा छैन। हामीले हिजो बोनस ड्रिभन किसिमबाट चाहिँ बिहेवियर गर्यौँ। सप्लाई हामीले कन्ज्युम गर्नका लागि वा सप्लाई ओभर सेल गर्नका लागि आममान्छेमा एउटा के पारिदियौँ भने जुनसुकै ५ वर्षको पोलिसी लिनुहोस् तपाइँले ८० पाउनुहुन्छ भनिदियौँ। इज इट ट्र्।

यो त सफेद झुठ हो।

त्यो भन्नुभएन नि त। इन्भेस्टमेन्ट गर्दा प्रतिफल आउँछ। १ लाखको बीमा गर्छु भनेर ६ हजार प्रिमियम तिर्ने मान्छेले सर्टेन रुपिज पायो भने पनि त्यो ६ हजारका आधारमा हेर्नुपर्ने होला नि त। लगानीको पाटोबाट त होइन होला नि। त्यसलाई इन्स्योरेन्स कम्पनीहरुले लङ टर्म म्यानेजमेन्ट गर्ने हो नि। अब रिटर्नको पार्ट भनेको चाहिँ पहिले हामी टेकनिकल्ली र रेगुलेटरको पार्टबाट पनि धेरै बिजनेस प्रोसेसमा काम भएनछ। प्रडक्टमै सिनारियो के हो भनेर फ्युचर बोनसको प्रोभिजनको कुरा आयो, तपाइँले अहिले डिक्लियर गरेको कुरा चाहिँ भोलिबाट एस्योर हुनुपर्छ है भन्नेबाहेक त छैन नि त। भोलि त्यो रहेनछ। अहिले आउँदा हामी एनएफआरएस इम्पिमेन्ट गर्यौँ। आईएफआरको करिब–करिब धेरै कुरा इम्पिमेन्ट गर्ने पार्टमा पुग्यौँ। भविष्यमा रिस्क बेस्ड क्यापिटलमा पनि काम गर्नुपर्नेछ र सँगसँगै आईएफआरएस १७ मा काम गर्नुपर्नेछ। जब हामी आईएफआरएस १७ मा पुग्छौँ, हिजो चाहिँ नजानेर पनि काम गर्न पाइन्थ्यो। एक वर्षपछि के भयो भने पछाडि फर्केर हेर्ने हुन्थ्यो। तर, आज चाहिँ हामीले बिजनेस प्लेसमेन्ट गर्दा आजको लायबिलिटी कति ? दुई वर्षभरिको लायबिलिटी कति ? मैले कति बुक गर्नुपर्छ ? मैले कसरी कम्पनी चलाउनुपर्छ भनेर त्यो बिजनेस मोडलमा चाहिँ कतिवर्षको लङ टर्म कन्ट्रयाक्ट हो, त्यो कन्ट्रयाक्चुअल पिरियडभरि हामीले बिजनेस मोडलिङ गर्न सकेनौँ भने कम्पनी त अगाडि बढ्दैन। त्यसका कारण पनि हिजोको रेट अफ रिटर्नभन्दा अब मलाई लाग्छ सबै कम्पनीहरु त्यो मोडलमा अगाडि बढेका छन्। भोलि चाहिँ म यति दिन्छु, म यति दिन सक्छु भनेर जाने स्थिति छैन। हिजो एउटा कुरा थियो तर आजको सन्दर्भमा आजै हेर्नुपर्ने हुन्छ र धेरै विकृतिहरु चाहिँ अटोमेटिकल्ली घट्छन्।

अन्तिममा तपाइँलाई अझै केही कुरा थपम् भन्ने महसुस भएको छ भने अन्तरकुन्तर विचार थप प्रस्ट पारिदिनुहोला।

अहिलेका धेरै मान्छेहरु अहिले इकोनोमिक संकुचनका कारणले गर्दा, इकोनोमिक एक्टिभिजका कारणले गर्दा, अरु बिजनेस मोडलका कारणले गर्दा चाहिँ धेरै मान्छेहरुमा निराश छ। यो के हो ? कहाँ पुगिन्छ ? बाँचिन्छ कि बाँचिँदैन भन्ने कुरा छ। यो आरोह–अवरोह सबै ठाउँमा आउँछ। अरु इकोनिमीमा पनि आएको छ, हाम्रोमा मात्रै होइन। हाम्रोमा कोभिडपछिको इम्प्याक्ट छ। कोभिडपछि कन्सिक्विन्सी कुराले गर्दाखेरी चाहिँ बिजनेस संकुचन भएन। तर, आज दिनमा जुन बिजनेस छ, त्यो क्वालिटी बिजनेस छ भन्ने मेरो बुझाइ हो। भोलिका दिनमा इन्स्योरेन्स इन्डस्ट्रीले ठूलो कन्ट्रिब्युसन गर्छ। यदि हामीले इन्स्योरेन्स इन्डस्ट्रीलाई प्रपर्ली इन्टरलाइज गर्यौँ र पोलिसी फेमवर्कमा पनि इन्सोरेन्सलाई सँगसँगै लिएर जानुपर्छ भन्ने अवधारणा विकास भयो भने राज्य निर्माणको पार्टमा, सोसल वर्कको पार्टमा र ह्युमन भ्यालु एड गर्ने पार्टमा चाहिँ इन्स्योरेन्स इन्डस्ट्रीले ठूलो कन्ट्रिब्युसन गर्न सक्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS