IME Life
GBIME

विश्वका यी १२ सहर वर्ष २०३० सम्म लोप हुन सक्ने, यस्तो छ कारण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल वार्मिङका कारण समुद्रको सतह तीव्र गतिमा बढिरहेको छ। यसले विश्वभर विनाश निम्त्याउन सक्छ। किनकि लाखौँ मानिस प्रत्यक्ष रुपमा पानीको स्तरबाट प्रभावित हुनेछन्। यदि यी परिवर्तनबाट प्रत्यक्ष रुपमा खतरा महसुस नगर्ने हो भने भविष्यमा संसार कस्तो देखिन्छ भनेर कल्पना गर्न गाह्रो हुन सक्छ।

समुद्री सतह वृद्धि, तटीय बाढीलगायत जलवायु परिवर्तनको असरबारे अनुसन्धान गर्ने संस्था क्लाइमेट सेन्ट्रलले समुद्री सतह बढ्दा विश्वका कुन–कुन भाग जोखिममा पर्न सक्ने देखाउने नक्सा बनाएको छ। धेरै कुरा परिवर्तन हुन सक्ने भएकोले देशका सरकारहरुले जलवायु संकटलाई सम्बोधन गर्नका लागि अन्ततः गम्भीर कदम चाल्न आवश्यक रहेको छ।

Crest

यी हुन् लोप हुन सक्ने १२ सहर

भेनिस (इटाली): भेनिसले दुईवटा खतरा– बढ्दो समुद्री स्तर र हरेक वर्ष दुई मिलिमिटरले सहर आफैँ भासिने समस्या व्यहोरिरहेको छ। पहिले नै भीषण बाढीको चपेटामा परेकोले जलवायु परिवर्तनले उच्च ज्वारभाटाको आवृत्ति बढाउने सम्भावना छ। जसले सहरलाई डुबाउनेछ।

माले (माल्दिभ्स): टापु राष्ट्र माल्दिभ्सले केही समयदेखि समुद्रको सतह बढ्ने खतराबारे सचेत रहेको छ। उसले यो खतरासँग जुझ्न फ्लोटिङ सिटी निर्माण गर्न पनि थालेको छ। माल्दिभ्सको राजधानीको पूर्वाधार र वरपरका टापुहरु जोखिममा छन्। एयरपोर्टदेखि हुल्हुमाले टापुसम्म बढ्दो ज्वारको स्तर एक गम्भीर समस्याका रुपमा रहेको छ।

बसरा (इराक): बसरा इराकको मुख्य बन्दरगाह सहर हो। जुन शत अल–अरबमा अवस्थित छ। एउटा विशाल नदी जसले फारसको खाडीमा बग्छ। नहर, खोला र छिमेकी मार्सल्यान्डको यसको नेटवर्कका कारण बसरा र यसवरपरका क्षेत्रहरु विशेषगरी समुद्री सतहमा वृद्धिको जोखिममा छन्। यसका साथै बसरा पहिलेदेखि नै पानीजन्य रोगहरु बाट धेरै ग्रस्त छ। त्यसैले बढेको बाढी अझ खतरनाक हुन सक्छ।

हो ची मिन्ह सिटी (भियतनाम): हो ची मिन्ह सिटीमा सबैभन्दा जोखिममा रहेका क्षेत्रहरु यसको पूर्वी जिल्लाहरु हुन्।। मेकोङ डेल्टासँगै यो सहर पनि बढ्दो खतरामा परेको छ। जब कि सहरको केन्द्र २०३० सम्म पानीमुनि हुने सम्भावना छ। बाढी र उष्णकटिबन्धीय आँधीबेहरीका कारण यो सहर निकै कमजोर हुनेछ।

एम्स्टर्डम (नेदरल्यान्ड): यस राष्ट्रलाई होचो देश भनिनुको एउटा कारण छ। एम्स्टर्डम, रोटरडम र हेग उत्तरी सागरको नजिक र गहिरोमा पर्छ। तिनीहरु बाढी प्रतिरक्षाका लागि परिचित छन्। यस्तो देखिन्छ कि देशको बाँध, बाधा र फ्लडगेटहरु आउने वर्षमा अझ आवश्यक हुनेछ।

सवानाह (अमेरिका): सवानाह एउटा समुद्री तुफानको जोखिममा अवस्थित सहर हो। डरलाग्दो मौसम बिना पनि यो ऐतिहासिक सहरको भूमि समुद्रद्वारा निलिएको देख्न सक्छ। उत्तरमा सवानाह नदी र दक्षिणमा ओगेची नदी दुवैले सहरमा बाढी ल्याउन सक्छ। यसको मतलब जब तुफान र बाढी देखा पर्दछन् तब जोखिम अझ बढ्न सक्छ।

कोलकाता (भारत): कोलकाता उर्बर र खेतीयोग्य जमिनका कारण शताब्दीयौँदेखि प्रसिद्ध छ। तर, सहर वरिपरि बस्ती विस्तार हुँदै जाँदा चिन्ता बढ्दै गएको छ। कोलकाताले मनसुन सिजनमा भविष्यमा संघर्ष गर्न सक्छ। किनकि वर्षाको पानी निकास ठूलै समस्या रहेको छ।

नागोया (जापान): केही तटीय जापानी सहरहरुको निर्माणले तिनलाई बढ्दो समुद्री सतहका कारण कमजोर बनाएको छ। विशेषगरी मे र अक्टोबरमा टाइफुन तुफानको मौसममा हो। यो तुफानसँग लड्न सक्षम भए पनि नागोयाको औद्योगिक बन्दरगाहमा केही ठूलो समस्या हुन सक्छ। नगरा र किसो नदीको छेउमा अवस्थित सहर र पश्चिमी भागहरु भीषण बाढीको जोखिममा हुन सक्छ।

पोर्ट सेड (इजिप्ट): उत्तरपूर्वी तटीय सहर पोर्ट सेड ज्वारको स्तर बढ्ने खतरामा छ। सहरको पश्चिम र मुनिको विशाल क्षेत्र पनि डुबानमा पर्न सक्छ। बाढीले किसानको जग्गा र बाली गुमाउन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले बालुवा र कंक्रियटबाट बाँध निर्माण गर्न थालेको छ।

बैंकक (थाइल्यान्ड): सन् २०२० को एउटा अध्ययनले थाइल्यान्डको राजधानी छोटो अवधिमा ग्लोबल वार्मिङबाट सबैभन्दा बढी प्रभावित सहर हुन सक्ने देखाएको थियो। बैंकक समुन्द्री सतहबाट मात्र ५ फिट (१.५ मिटर) उचाइमा छ। यो भेनिसभन्दा धेरै छिटो डुबिरहेको छ। साथै, यो सहर बाढीको बाक्लो माटोमा बनेको छ। सन् २०३० सम्ममा थाखाम र समुत प्राकानको अधिकांश तटीय क्षेत्र पानीमुनि हुन सक्नेछन् । यसको मुख्य एयरपोर्ट सुवर्णभूमि इन्टरनेसनलका लागि पनि उस्तै जोखिम छ।

खुल्ना (बंगलादेश): बंगलादेशको तेस्रो ठूलो सहर खुल्ना समुद्र सतहबाट मात्र २९ फिट (९ मिटर) उचाइमा छ। जुन जलवायु परिवर्तनलाई ध्यानमा राख्दा चिन्ताजनक अवस्थामा छ। सन् २०२१ को विनाशकारी बाढीले पारेको प्रभावबाट पनि यो देशको धेरैजसो भूभाग चरम बाढीको चपेटामा पर्न सक्ने आँकलन गर्न सकिन्छ। तर, खुल्ना अति नै जोखिममा रहेको देखिन्छ।

जर्जटाउन (गुयाना): शताब्दीयौंदेखि गुयानाको राजधानी जर्जटाउन समुद्र आँधीबाट बच्न विशेषगरी एउटा विशाल २८० माइल लामो (४५० किमी) पर्खालमा निर्भर छ। गुयानाको लगभग ९० प्रतिशत जनसंख्या तटीय क्षेत्रमा बसोबास गर्दछन्। यो देशले आफ्नो तटीय क्षेत्रलाई बलियो बनाउन आवश्यक छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS