IME Life New

नेपालमा बीमाको लाभ प्रसारका लागि अभिकर्ता सञ्जाल नै उपयुक्तः सरोज थापाको विचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा मात्र होईन कुनै पनि व्यवसायलाई गुणात्मक रूपमा बढाउने हो भने उक्त व्यवसायलाई स्वायत्तताका साथै एजेन्ट अर्थात् अभिकर्ता वा वितरण सञ्जालको आधारमा लैजानुपर्छ भन्ने हो । अझ बीमा क्षेत्रमा त यो अपरिहार्य नै छ। यहाँ स्वायत्तताको कुरामा त्यस्तो निर्भिक स्वायत्तताको गरिएको होईन जो कुनै निायमक संस्थाको नियमित निगरानीबाट पनि टाढा वा स्वतन्त्र रहोस्।

नेपालमा बीमाको विकास र त्यसबाट प्राप्त हुनुपर्ने लाभ आमजनमानससम्म किन पुग्न सकेको छैन भन्ने प्रश्न सार्वजनिक मञ्चहरुमा बारम्बार उठ्ने गरेको छ। यसको पछाडीका केही कारणहरु कोट्याउँदै जाँदा बीमाको बारेमा यसका सैद्धान्तिक र व्यवहारिक ज्ञानबारे प्रकाश पार्न नसक्नु नै मुख्य कारण हो । बीमा व्यवसायी र व्यवसायमाथि निगरानी राख्ने नियामक नेपाल बीमा प्राधिकरण यसका लागि निर्वाह गर्नुपर्ने कर्तव्य प्रति अपेक्षितरुपमा गम्भीर हुन नसकेको महशुस हुनु स्वाभाविक नै हो ।
यहाँ “बीमा बाट पाउन पर्ने लाभ” भन्ने शब्द प्रयोगको अर्थ त्यो होईन की बीमाबाट कसैले धन वा नाफा कमाओस् । किनकी बीमा गर्दा वा गरिएको बीमाबाट आर्थिक लाभ लिनु भनेको बीमाको मूल सिद्धान्तको विपरित हो । यस्तो गर्नु व्यक्तिको नैतिक जोखिम अन्तर्गत पर्दछ। यहाँ बीमाबाट लाभ लिन नसक्नु भन्नुको अर्थ बीमाबाट बञ्चित रही बीमाबाट असुरक्षित रहनु भनिएको हो । यसको मुख्य कारण बीमा शिक्षाको अभाव हो, जसको लागि प्रमुख जिम्मेवारी भनेको नियामक बीमा प्राधिकरणको नै हो । प्राधिकरणले बीमा शिक्षाको व्यापक प्रसार गर्न नसक्नु।
नेपालमा केही वर्ष देखि धेरै बीमा कम्पनीहरू जन्मिएका छन् । संख्यात्मकरुपमा बीमा कम्पनीको उपस्थिति बढ्नुलाई मात्र बीमा क्षेत्रको विकास भएको मान्न सकिन्न । यो बीमाकाे विकाससँग जोडिएको नभएर डुप्लिकेशी अफ बिजनेश अर्थात् व्यापारको दोहोरोपना वा नक्कलपना मात्र हो । यस्तो अवस्थाले बीमा बजारमा यसले ल्याउने नकारात्मक असर भनेको बीमा सम्बन्धि विज्ञ र शिक्षित जनशक्तिको अभावमा हुलबाट नियुक्ति गर्ने, पूर्ण तालिम नदिने र सिधै बीमा बजार काम गर्नका लागि उतार्ने । यसले गर्दा अण्डरराइटिङ प्रकृया अर्थात् जोखिमाङ्कन प्रकृयामा ठूलो त्रुटी हुन्छ। बीमा कम्पनीमा आर्थिक समस्या शृजना हुनजान्छ। त्यसैको एक परिणाम हो विगतमा धेरै बीमा कम्पनीहरू आपसमा गाभिनुपर्ने अवस्था आयो ।

अब बीमा व्यवसायलाई कसरी बिस्तार गर्ने सम्बन्धमा मैले केही सुझावहरु बुँदागतरूपमा समेटेको छुः

१) व्यवसायलाई पूर्णरुपमा अभिकर्तामा आधारित बनाउने यसले गर्दा कम्पनीको सञ्चालन खर्च, जगेडा खर्चमा बचत हुनेछ र व्यापारमा वृद्धि हुनेछ।
२) व्यवसायलाई बहुतह प्रणालीमा लैजानुपर्छ यसले गर्दा हरेक अभिकर्ताले नयाँ अभिकर्ता जन्माउने छन् । परिणाम बीमा को पहुँच हरेक  व्यक्तिसम्म पुग्न सक्दछ र यसरी अभिकर्ताले अभिकर्ता जन्माउँदा यस्तो काम गर्ने हरेकलाई अतिरिक्त प्रोत्साहनको व्यवस्था गरिनुपर्छ।
३) दाबी फर्छ्यौटमा द्रूतता ल्याउने विषय बीमा कम्पनीको पहिलो लक्ष्य हुनुपर्छ। विविध बाहानामा दाबी फर्छ्यौट र मोलमोलाई अनि पहुँच वा प्रभावका आधारमा बीमा दरमा छुट गर्ने वा थोरै वा धेरै बीमा दाबी दिनु हुँदैन ।
४) बीमाको प्रस्ताव पत्र नै सम्पूर्ण बीमालेखको पुरक रहने भएकाले जीवन होस् वा नीर्जिवन बीमा गर्दा बीमितको उद्देश्य के हो ? बीमाहित कतिको छ? दोहोरो बीमा गरिएको छ वा छैन? यस भन्दा अघि कहि‌ंकतै बीमा थियो कि थिएन ? थियो भने  किन यस पटक कम्पनी परिवर्तन गरिदैंछ, यस्ता जिज्ञासाको जवाफ खोजिनुपर्छ।
५) बीमाको प्रस्ताव फारम भरिएपछि हरेक बीमकले प्रस्तावित बीमितको रेकर्ड हेर्न सक्ने प्रणालिको विकास गर्नुपर्यो ता की बीमितको बीमा नैतिकता कस्तो थियो भन्ने कुरा देखियोस् र त्यसमा नैतिक जोखिम देखिन गए बीमाको दाबी वा लाभबाट बञ्चित गर्न सकियोस् ।

(लेखक थापा अमेरिकास्थित वर्ल्ड फाइनान्सियल  ग्रुपका मार्केटिङ डाइरेक्टर हुन् ।)

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS