IME Life New

‘उच्च जोखिमयुक्त जलविद्युत आयोजनाका लागि पुनर्स्थापना बीमा उपयुक्त’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलविद्युत आयोजनाका लागि परम्परागत सम्पत्ती बीमा नभएर पुनर्स्थापना बीमा अनिवार्य लागू गर्न विज्ञहरुले सुझाएका छन् । सम्पत्ती बीमाको बीमाशुल्क तुलनात्मकरुपमा सस्तो भएपनि नोक्सानी हुँदा दाबी नै नलाग्ने वा नगण्य मात्र दाबी पाइने समस्या भएकाले जलविद्युत प्रवर्द्धकले सस्तो भन्दा पनि सही बीमा योजना रोज्नु बुद्धिमानी हुने विज्ञले सुझाएका हुन् ।

जलविद्युत प्रवर्द्धकको संस्था इप्पान र पुनर्बीमा दलाल एवन रिइन्स्योरेन्सले शुक्रबार संयुक्तरुपमा आयोजना गरेको जलविद्युत बीमा सम्बन्धी अन्तरकृयामा एवन रिइन्स्योरेन्स ब्रोकरका निमित्त प्रमुख कार्यकारी अधिकृत नरेश श्रेष्ठले बीमाशुल्कवापत भुक्तानी गर्नुपर्ने रकम पुनर्स्थापना बीमाको तुलनामा परम्परागत सम्पत्ती बीमामा सस्तो भएपनि दाबी परेको अवस्थामा जलविद्युत कम्पनीलाई ठूलो आर्थिक नोक्सानी हुने तथ्य पेश गरेका हुन् ।

Esewa
Crest

एवन रिइन्स्योरेन्स ब्रोकरले पेश गरेको उदाहरणमा परम्परागत बीमालेखमा १ अर्ब लगानीको जलविद्युत परियोजनाको ५० प्रतिशत ह्रासकट्टी गणना गरेर बीमाङ्क जम्मा ५० करोड रुपैयाँ कायम हुने र वार्षिक १० लाख रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने अवस्थाको उदाहरण पेश गरिएको थियो । २० करोड रुपैयाँ अनुमानित क्षतिको आधारमा बीमा दाबीवापत प्राप्त हुने रकम गणना गर्दा परम्परागत सम्पत्ती बीमाबाट जलविद्युत आयोजनाले २० करोड क्षतिमा जम्मा ६ करोड ५० लाख रुपैयाँ दाबी प्राप्त गर्ने जनाइएको छ। यसैगरी पुनर्स्थापना बीमालेखमा १ अर्बकै बीमाङ्क कायम रहने भएपनि परम्परागत बीमाको तुलनामा दोब्बर बीमाशुल्क भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ। पुनर्स्थापना बीमामा २० लाख रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपरे पनि २० करोड बराबरको नोक्सानीमा १९ करोड रुपैयाँ दाबी योग्य हुने उदाहरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS