IME Life New

मौद्रिक नीतिको समीक्षाले बीमा कम्पनीहरुलाई फाइदा, थप १%ले बढ्ने भयो कमाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा मुद्दति निक्षेपको ब्याजदरमा फेरबदल गरेको छ। केन्द्रीय बैंकले यसअघि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदर अन्तरमा २ प्रतिशतको विन्दुलाई परिमार्जन गर्दै १ प्रतिशतको विन्दु कायम गरेको हो।

बजार जानकार मुक्तिबहादुर क्षेत्री राष्ट्र बैंकले संस्थागत निक्षेप बैंकिङ प्रणालीबाट नबाहिरियोस् भन्ने उद्देश्य राखेर व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदर अन्तर १ प्रतिशतको विन्दु कायम गरेको हुन सक्ने बताउँछन्। ‘अहिले बैंकिङ प्रणालीमा तरलता फालाफाल छ तर संस्थागत मुद्दति निक्षेपको ब्याजदर कम हुँदा तरलता बाहिरिन सक्ने देखिएकाले राष्ट्र बैंकले यो व्यवस्था गरेको हुन सक्छ’, उनले भने, ‘किनकि व्यक्ति होस् वा संस्था दुवैले बाहिरभन्दा बैंकको मुद्दति निक्षेपमा राम्रो रिटर्न पाउने अवस्थामा मात्रै रकम जम्मा गर्छन्।’

Esewa
Crest

क्षेत्रीले राष्ट्र बैंकको यो ब्याजदर नीतिले बीमा कम्पनीजस्ता संस्थागत लगानीकर्तालाई फाइदा पुग्ने बताए। ‘किनकि बीमा कम्पनीहरुले नियामक बीमा प्राधिकरणले तोकेको सीमाभित्र रहेर बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा लगानी गरेका हुन्छन्’, उनले भने, ‘पहिले व्यक्तिगतभन्दा संस्थागतको ब्याजदर २ प्रतिशतले कम थियो। अब १ प्रतिशतमात्र कम गर्न पाइने व्यवस्था गरिएको छ। यसले बीमा कम्पनीहरुको कमाइ पनि १ प्रतिशतले बढ्ने भएको छ।’

अर्का बजार जानकार प्रेम ओली पनि संस्थागत मुद्दति निक्षेपको पैसालाई बाहिरिन नदिन राष्ट्र बैंकले यस्तो नीति लिएको बताउँछन्। ‘बैंकको मुद्दति निक्षेपमा संस्थागत लगानीकर्तालाई आकर्षित गर्न राष्ट्र बैंकले व्यक्तिगतभन्दा १ प्रतिशतको विन्दुमा मात्रै ब्याजदर अन्तर गर्ने व्यवस्था ल्याएको जस्तो देखिन्छ’, उनले भने, ‘यो व्यवस्थाले विशेषगरी बीमा कम्पनीजस्ता ठूला संस्थागत लगानीकर्तालाई फाइदा पुग्छ। उनीहरुको कमाइ बढ्छ।’

नेपाल बीमा प्राधिकरणले पनि निर्जीवन, जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन बीमा कम्पनीहरुले कुल लगानीको कम्तीमा ३० प्रतिशत ‘क’ वर्गका बैंक र पूर्वाधार बैंकको मुद्दति निक्षेपमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। त्यस्तै, बीमा कम्पनीहरुले ‘ख’ वर्गका विकास बैंक तथा वित्तीय संस्थामा कुल लगानीको बढीमा १० प्रतिशतसम्म र ‘ग’ वर्गका वित्तीय संस्थामा बढीमा ५ प्रतिशतसम्म मुद्दति निक्षेपमा लगानी गर्न पाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थाको सञ्चालन अवस्था र वित्तीय स्वास्थ्य हेरेर तोकिएको मापदण्ड नपुगेको अवस्थामा यो सिमाभन्दा कम लगानी गर्न पाउने व्यवस्था पनि प्राधिरकणले गरेको छ ।

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन बीमा कम्पनी, २ वटा पुनर्बीमा, ३ वटा लघु निर्जीवन र ३ वटा लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन्। यी कम्पनीले लगानी विविधीकरण गरी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा पनि लगानी गरेका छन्। यो हिसाबले बीमा कम्पनीहरुको कमाइ पनि अब १ प्रतिशतले बढ्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS