IME Life New

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको प्रतीक्षामा शेयर लगानीकर्ता, कहिलेसम्म आउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रका सूचक सकारात्मक रहेको अवस्थामा पनि शेयर बजारले गति लिन सकेको छैन। चौतर्फी महौल बनिरहँदा पनि बजार केही समययता साइडवेजमै चलेको छ।

बजार जानकारहरु लगानीकर्ताहरु मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको प्रतीक्षामा बसेको हुन सक्ने बताउँछन्। ‘अब माघ मसान्तसम्म समीक्षा आउला, त्यसपछि बजारको दिशानिर्देश हुन्छ होला’, बजार जानकार प्रेम वली भन्छन्, ‘बजार केही दिन अझै यसरी नै चल्ने देखिन्छ।’

Esewa
Crest

राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाइरहेको क्याप र जोखिम भारको व्यवस्थामा परिमार्जन गरेको खण्डमा शेयर बजारले लय समात्ने वलीको भनाइ छ। ‘शेयर धितो कर्जाको क्याप हटाउनुपर्छ र जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिनुपर्छ’, उनले भने, ‘यसो भएमा बजार लयमा फर्किन्छ।’

हाल ५० लाख रुपैयाँमाथिको शेयर धितो कर्जामा राष्ट्र बैंकले १२५ प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ। राष्ट्र बैंकले व्यक्तिले १५ करोड रुपैयाँसम्म र संस्थाले २० करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने अधिकतम सीमा तोकेको छ।

अर्का बजार जानकार पुरुषोत्तम क्षेत्री पनि लगानीकर्ताहरु मौद्रिक समीक्षा रहेको हुन सक्ने बताउँछन्। ‘मौद्रिक समीक्षा नआउन्जेल पर्ख र हेरको रणनीतिमा लगानीकर्ता बसेका हुन सक्छन्’, उनले भने, ‘त्यही कारणले पनि बजारमा ठूलो उतारचढाव नभएको हुन सक्छ।’

अहिले बजारमा ठूला र संस्थागत लगानीकर्ता प्रवेश गरिहालेको अवस्था पनि नरहेको क्षेत्रीको भनाइ छ। ‘अहिले बजारमा अल्पकालीन लगानीकर्ता हावी छन्’, उनले भने, ‘दीर्घकालीन लगानीकर्ता पनि बजारको सुस्त माहौल देखेर चुप लागेर बसेका हुन सक्छन्।’

सबैतिर सकारात्मक महौल रहेकोले मौद्रिक समीक्षा जस्तोसुकै आए पनि बजार फागुनबाट माथिको यात्रा तय गर्ने क्षेत्रीको अनुमान छ। ‘मौद्रिक समीक्षा पुँजीबजारअनुकूल आएको खण्डमा भने बजारले बुलिस यात्रा जाने प्रबल सम्भावना छ’, उनले भने।

उता राष्ट्र बैंकमा पनि मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाका लागि सम्बन्धित विभागले अर्को साताबाट काम थाल्ने देखिन्छ। ‘मौद्रिक नीतिको समीक्षा प्रतिवेदन आर्थिक अनुसन्धान विभागले तयार गर्ने हो, आजसम्म कुनै पनि कुरा अगाडि बढेको छैन’, राष्ट्र बैंक स्रोत भन्छन्, ‘सम्भवतः अर्को साताबाट समीक्षा प्रतिवेदन तयार गर्ने काम सुरु हुन सक्छ।’

मौद्रिक समीक्षा माघभित्रै आउन सक्ने पनि स्रोत बताउँछ। ‘धेरै नीतिगत फेरबदल हुन सम्भावना देखिँदैन’, स्रोतले भन्यो, ‘त्यसैले समीक्षा माघभित्रै आउन सम्भावना छ। यसपालि ढिला नहोला ।’

राष्ट्र बैंकले गत मंसिर २२ गते चालु आर्थिक वर्षको प्रथम त्रैमासिक समीक्षा ल्याएको थियो। मौद्रिक समीक्षा त्रैमास सकिएको १ महिनाभित्र ल्याउनुपर्ने नीतिगत व्यवस्था रहेको छ। तर, प्रथम त्रैमासिक समीक्षा ३ साता ढिला गरी ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS