Connect IPS
IME Life

तीन वाणिज्य बैंकसहित ६ वित्तीय संस्थालाई कारबाही, मुक्तिनाथ विकास बैंकलाई १० लाख जरिवाना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गरेकोमा ३ वाणिज्य बैंकसहित ६ वित्तीय संस्थामाथि कारबाही गरेको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालयनसहित मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई विभिन्न नियम उल्लंघन गरेकोमा प्रथमपटकलाई कारबाही गरेको हो।

Prabhu
Crest

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १५/०७९ को बुँदा नं. ३(८) को व्यवस्थाविपरीत प्रिमियम दर बढाएर ग्राहकबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा सोहीअनुसार कतिपय ग्राहकको खातामा फिर्ता नगरेको र आ.व. २०७९/८० मा पुन: निर्देशनविपरीत प्रिमियम दर बढाइएको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय सञ्चालनमा नरहेको, लिलामी प्रक्रियामा रहेको, डी/ई रेसियो नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं.२/०७९ को बुँदा नं.८(५) को व्यवस्थाविपरीत पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा निष्क्रिय कर्जाहरुको समेत पुनरतालिकीकरण/पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गिकरण गरेको पाईएकोले ग्लोबल आईएमई र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिमनसिहत दिइएको छ। साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमनन गरी राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६/०७९ को बुँदा नं. २ को सञ्चालक/सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वसम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी यस बैंकबाट जारी निर्देशन उल्लंघन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. २/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं. १५/०७९ को ३(८) को व्यवस्थाविपरीत प्रिमियम दर वृद्घि गरी ब्याज असुलउपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ को व्यवस्थाविपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमन नगरी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६/०७९ को बुँदा नं. २ को सञ्चालक/सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वसम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी राष्ट्र बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

उता हिमालयन बैंकको पुँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्युन कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी एकीकृत निर्देशन २०७९, निर्देशन नं.२/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को खण्ड (क) बमोजिम नसिहत दिइएको छ। साथै, बैंकको सञ्चालक समितिले यथोचित समयमा उक्त विषयहरुमा व्यवस्थापनको अनुगमन नगरेकाले बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ।

त्यस्तै एकीकृत निर्देशन नं. १९/२०८० को बुँदा नं.५(१) बमोजिम वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नभएको तथा सोही निर्देशनको बुँदा नं. १४(१) बमोजिम निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लंघन गरेकाले एकीकृत निर्देशन २०८० मा व्यवस्था भएअनुसार मुक्तिनाथ विकास बैंकलाई राष्ट्र बैंकले रु. १० लाख नगद जरिवाना गरेको छ।

गरिमा विकास बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठ र अन्य व्यक्ति समेतको नाममा सञ्चालनमा रहेको संयुक्त खातामा बिमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापक समेतबाट आवेदन रकम संकलन गर्ने कार्य भएको तथा सो खाताबाट विभिन्न चरणमा खर्च भएको अवस्थामा पनि ती कारोबारहरुको अनुगमन नभएको देखिएकोले संस्थाको संस्थागत सुशासन र संचालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएकोले सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठलाई नेपाल राष्ट्र बैंक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको । साथै, उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ।

रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यवसायिक कारोबारहरु भएको, खाताको ऋम्म् नियमित रुपमा अद्यावधिक समेत नभएकोले संस्थाको संस्थागत र सञ्चालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको हुनाले सञ्चालक कुशप्रसाद मल्लीलाई नेपाल राष्ट्र बैंक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको छ। साथै, उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

24%

खुसी

6%

दु :खी

6%

अचम्मित

59%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS