IME Life New

बिस्तार हुन सकेन बीमाको लाभ, १० जिल्लामा सीमित छ जीवन बीमाको ६० प्रतिशत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाको सचेतना र लाभ सुगम र शहरी क्षेत्रमा मात्र केन्द्रित हुँदा जीवन बीमाको कूल व्यापारको ६४ प्रतिशत हिस्सा जम्मा दश जिल्लामा सीमित छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको जिल्लागत तथ्या‌ङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा शीर्ष १० जिल्लाले कूल जीवन बीमा व्यापारमा ६४ प्रतिशत योगदान दिएका छन् ।

बाँकी ६७ जिल्लाको समग्र योगदान ३६ प्रतिशत मात्र छ। यसले के देखाउँछ भने राष्ट्रिय स्तरमा जीवन बीमा व्यवसायमा ६७ जिल्लाको औसत योगदान १ प्रतिशतभन्दा पनि मुनी रहेको छ। प्राधिकरणका अनुसार कूल जीवन बीमा कारोबारमा काठमाडौं जिल्ला एक्लैले ३३ प्रतिशत योगदान दिई रहेको छ। अझ बागमती प्रदेश अन्तर्गतका समग्र जिल्लाहरुको योगदानको कूल अंक ४४ प्रतिशत छ। यो तथ्यांकले के उजागर गर्छ भने जीवन बीमामा पहुँच अझै पनि सुगम क्षेत्रकै छ।

Esewa
Crest

काठमाडौं एक्लैले कूल बीमाशुल्क आम्दानीमा ३३ प्रतिशत हिस्सा ओगट्दा दोश्रो स्थानमा रहेका जिल्लाको योगदान ५ प्रतिशत हाराहारी मात्र छ । जीवन बीमा कारोबारका हिसाबले पहिलो र दोश्रो स्थानका जिल्लाको योगदान अन्तरको खाडल पनि ठूलो छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको प्रथम् त्रैमासिकको जिल्लागत व्यापार विवरण अनुसार नयाँ बीमालेख बिक्री र पुराना बीमालेखको नविकरण मात्र नभएर कूल बीमाशुल्क आम्दानीका हिसाबले पनि काठमाडौं जिल्लाको योगदान ३३ प्रतिशत छ।

संघीय राजधानी रहेको जिल्ला मात्र नभएर अधिकांश जीवन बीमकको शाखा उपशाखाको पनि ठूलो सञ्जाल यही सेरोफेरोमा रहेकाले पनि जीवन र निर्जीवन दुबै खाले बीमा व्यापारमा काठमाडौं र समग्रमा बागमती प्रदेशको दबदबा कायम भएको हो।

प्रथम् बीमाशुल्क आम्दानीमा दोश्रो ठूलो योगदानको अ‌ंक ४ प्रतिशतको हाराहारीमा सीमित छ। प्राधिकरणले उपलब्ध गराएको जिल्लागत विवरण अनुसार रुपन्देही, कैलाली, कास्की र मोरङ जिल्ला प्रत्येकले प्रथम् बीमाशुल्क आम्दानीमा ४ प्रतिशतको योगदान दिएका छन् । यहाँ उल्लेख्य के छ भने यी चारवटै जिल्लाहरु सम्बन्धित प्रदेशको प्रादेशिक राजधानी रहेको जिल्ला हुन् । नयाँ जीवन बीमा बिक्रीवापत प्राप्त बीमाशुल्क आम्दानीका हिसाबले मधेश प्रदेशको राजधानी धनुषाको योगदान २ प्रतिशत छ। यसैगरी बागमती प्रदेशको राजधानी मकवानपुर र कर्णाली प्रदेशको राजधानी सुर्खेतको योगदान जम्मा १ प्रतिशत छ।

नविकरण बीमाशुल्कका हिसाबले दोश्रो स्थानमा ललिपुर, रुपन्देही र कास्कीले ५ -५ प्रतिशतकाे योगदान दिएको छ। यसैगरी नविकरण बीमाशुल्क आम्दानीमा झापा, सुनसरी र चितवनको योगदान ३ प्रतिशत बराबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS