IME Life New

शिवम् अर्गनाईजेशनले आरआर इन्टरनेशनल हस्पिटल निर्माण गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शिवम् अर्गनाईजेशनले  गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ्ग जिल्लाको वुढिगंगा गाँउपालिका वडा नंं १ मा शुरुमा २०० सैया क्षमताको अस्पताल निमार्ण गर्न लागेको छ । हाल यसलाई १०० शैय्याको बहु विशेषज्ञ हस्पिटल संचालन गर्ने र क्रमश ३०० शैया सम्म विस्तार गर्ने लक्ष्य लिइएको अर्गनाईजेशनले  जनाएको छ ।

नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी निर्माण हुन गइरहेको अस्पताललाई अारअार इन्टरनेशनल अस्पताल नामाकरण गरिएको छ । यस अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

Esewa
Crest

अर्गनाईजेशनका अनुसार यस अस्पताललाई बहु विशेषज्ञ स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र बनाउन लागिएको छ । अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा मुटुरोग आकस्मिक सेवा र क्याथ ल्याब जस्ता सेवा सुविधा उपलब्ध गराउने छ ।

यस बाहेक अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले निवारण विभागलाई अन्तराष्ट्रिय स्तरको बनाइने छ।

अस्पतालको लागत करिब २ सय ५० करोड पुग्ने अनुमान गरिएको छ । निर्माणाधीन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत रहेका छन् । उनी लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य समेत छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS