IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र फ्रन्टलाइन हस्पिटलबीच नगदरहित स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र फ्रन्टलाइन हस्पिटलबीच नगदरहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ।

कम्पनीले आफूले प्रदान गर्दैआइरहेको स्वास्थ्य बीमाअन्तर्गत नगदरहित (क्यासलेस) उपचार सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको पुरानो बानेश्वरस्थित अत्याधुनिक सुविधा सम्पन्न फ्रन्टलाइन हस्पिटलसगं सहकार्य गर्ने आपसि सम्झौता गरेको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौतापत्रमा हस्ताक्षर समारोहमा कम्पनीका बजार व्यवस्थपन विभाग प्रमुख रामजी ढकाल र मेडिहेल्थ इकाइका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला तथा अस्पतालका उच्च व्यवस्थापनको उपस्थिति थियो । योसँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले अस्पताल भर्नामा नगदरहित स्वास्थ्य बीमाको लाभ लिने र उपचारपश्चात हुने दाबी भुक्तानीको भन्झटिलो प्रक्रियाबाट छुटकारा मिल्ने विश्वास कम्पनीले गरेको छ ।

यो सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगदरहित उपचार सक्नेछन्। साथै, अस्पतालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमित तथा परिवारजनहरुका लागि आफ्नो सम्पूर्ण सेवाहरुमा ७ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS