IME Life New

‘बीमा सर्भेयर पेशामा विषयगत दक्षताको आधारमा वर्गिकरण नहुँदा क्षतिपूर्ती मूल्यांकनमा समस्या’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा बीमा दाबीका लागि क्षति मूल्या‌ंकनको काम गर्दै आएका बीमा सर्भेयर(सर्वेक्षक) लाई विषयगत विशेषज्ञता र अनुभवको आधारमा वर्गिकरण गर्नुपर्ने सुझाइएको छ। नव प्रवेशी सर्वेक्षक र पुराना अनुभवी सर्वेक्षकबीच भिन्नता छुट्याउने कुनै खास मापदण्ड नहुँदा सेवाग्राहीलाई आवश्यकता अनुसारको सर्भेयर छनाैटमा पनि समस्या व्यहोर्नु परिरहेको गुनासो छ।

निर्जीवन बीमा व्यवसायमा सर्भेयरले कुनै पनि बीमितले बीमा दाबी गरेको अवस्थामा क्षतिको मूल्या‌ंकन गरेर सोको प्रतिवेदन बीमा कम्पनीलाई हस्तान्तरण गर्छ। यस्तो प्रतिवेदनका आधारमा नै बीमकले बीमितलाई भुक्तानी दिनुपर्ने दाबी सम्बन्धमा निर्णय लिने गर्छ। स‍‌ंवेदनशील विषय भएकाले यो पेशामा पूर्ण स्वतन्त्र भएर काम गर्न शुरु गर्नुपूर्ण केही वर्ष अन्य अनुभवी सर्भेक्षकको मातहतमा रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले आइतबार आयोजना गरेको बीमक, सर्भेयर र नियामकका प्रतिनिधि सम्मिलित अन्तरकृयामा सहभागीहरूले नेपालमा बीमा सर्भेयरलाई विशेषज्ञताका आधारमा वर्गिकरण नगरि‌ंदा बीमा दाबीका लागि गरिने क्षति मूल्यांकनका क्रममा बीमित र बीमक दुबैले समस्या व्यहोर्नु परिरहेको गुनासाे गरेका थिए। बीमा प्राधिकरणबाट बीमा सर्भेयरको इजाजत पत्र प्राप्त गरेलगत्तै सर्भेयरका रुपमा काम गर्न योग्य ठहरिने भएकाले नव प्रवेशी सर्भेयरबाट क्षति मूल्या‌ंकनमा समस्या देखिने गरेको उनीहरूको गुनासो छ ।

नेपाल बीमा प्राधिकरणले सञ्चालन गर्ने बीमा सर्भेयर सम्बन्धी तालिममा सहभागि भई लिखित परिक्षामा उतीर्ण हुनेले सर्भेक्षक पेशा गर्न पाउँछन् । बीमाको क्षति मूल्या‌ंकन प्राविधिकरूपमा जटिल कार्य भएकाले इजाजत पत्र प्राप्त गरेकै आधारमा योग्यता हासिल नहुने भएकाले नव प्रवेशी र अनुभवी सर्भेक्षकबीच भिन्नताका लागि सर्भेक्षकको वर्गिकरण गर्नुपर्ने आवाज उठेको हो ।

सम्पत्तीको क्षति मूल्या‌ंकन गर्दा फरक फरक प्रकृतीको क्षतिका लागि फरक फरक विशेषज्ञता आवश्यक हुने भएकाले सर्भेक्षक पेशाभित्र पनि विषयगत विशेषज्ञलाई क्षति भएको सम्पत्तीको प्रकृतीका आधारमा सर्भेक्षकलाई कार्य जिम्मेवारी दिइनुपर्ने सुझाव समेत दिइएको छ।

क्षति मूल्या‌ंकन पछि प्राविधिक प्रतिवेदन तयार पार्दा अन्तर्राष्ट्रिय अभ्यास अनुसारको शब्द चयन हुन नसक्दा समेत पुनर्बीमा कम्पनीबाट पुनर्बीमावापतको दाबी रकम भुक्तानी प्राप्त गर्न समस्या व्यहोर्नु परिरहेको गुनासो समेत बीमकको छ। बीमाभित्र पुनर्बीमा अझै जटिल र प्राविधिक विषय भएकाले सर्भेयर पेशामा निश्चित सयम अनुभव लिई नसकेका वा अनुभवी भएपनि अध्ययन अनुसन्धानको अभावमा प्राविधिक शब्दहरुको ज्ञानको अभावमा प्रतिवेदन तयार पार्ने क्रममा गलत शब्द प्रयोग वा गलत सैद्धान्तिक व्याख्याले पुनर्बीमकबाट बीमकले क्षतिपूर्ती नै नपाउने जोखिम समेत विद्यमान रहन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS