IME Life New

गोल्डस्टार शूजद्धारा भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तरगतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको उक्त परिमाणको जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो ।गत कात्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएको भूकम्पमा भएको मानवीय क्षतिप्रति कम्पनीले दुख व्यक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त सहयोग प्रदान गर्दै गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं ।

Esewa
Crest

हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र उनीहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।’ सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तरगतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । कम्पनीले मेड इन नेपाल नाराका साथ यो ब्राण्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका सक्रिय रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS