IME Life New

चिमखोला म्याग्दीमा सिटिजन लाइफको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजना साथै मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग, लोमस फार्मास्युटिकल को मेडिकल सहयोग अनि रघुगङगा गाउँपालिकासँगको सहकार्यमा रघुगङगा गाउँपालिका वार्ड नम्बर ७ चिमखोला म्याग्दीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालको आँखा तथा जनरल मेडिसिन बिभागका बिशेषज्ञहरु सहितको टोली र दिगो क्लिनिक बेनीको ल्याम टेक्निसिएनको टिमले एक दिने शिवीर मा स्थानीय जनतालाइ सेवा प्रदान गरेका थिए ।

Esewa
Crest

आँखा तथा जनरल मेडिसिन साथै सुगर जाँच समेत भएको उक्त शिविरमा औषधी वितरण तथा स्वास्थ्य सम्बन्धी परामर्स समेत प्रदान गरिएको थियो । उक्त शिविरमा ७१ जना को आँखा परीक्षण , १०९ जनाको सुगर परीक्षण , २१९ जनाको जनरल स्वास्थ्य परीक्षण गरिएको थियो ।सिटिजन लाइफले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहि विभिन्न कार्यक्रम गर्ने क्रममा म्याग्दीको दुर्गम क्षेत्र लक्षित कार्यक्रम गर्न सफल भएको छ ।

कार्यक्रममा रघुगङ्गा गाउपालिका वडा नं ७ का वडा अध्यक्ष ठग बहादुर पाइजा पुनले पोखरा देखी टाढा दुर्गम गाउँमा आएर सिटिजन लाइफ इन्सोरेन्सले गरेको निःशुल्क स्वास्थ्य परीक्षण र निशुल्क औषधी बितरण कार्यको प्रशंसा गरेका थिए । सिटिजन को आयोजनामा मणिपाल सङ्गै रघुगङगा गाउँपालिकाका ७ वटै वडादेखि स्वास्थ्य स्वयम् सेविकाहरुको सकृय उपस्थिति स्वास्थ्य कार्यलय देखि उपस्थित कर्मचारीहरुको कृयाशिलताले बृहत् शिविरमा गाउँलाइ सेवादिन सकिएको समेत बताए ।

सिटीजन लाइफ इन्सोरेन्स कम्पनीका मध्य तथा मध्य पश्चिम क्षेत्रका प्रमुख व्यावसाय अधिकृत सुनिल पोखरेलले मणिपाल शिक्षण अस्पताल , दिगो क्लिनिक तथा वार्ड कार्यालयसँग सहकार्य गरेर दुर्गम गाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न पाउदा निकै खुशी लागेको बताए । साथै उनले आउँदा दिनमा पनि मणिपाल सँग मिलेर अन्य स्थानहरुमा यस्तै परोपकारका कार्यमा हातेमालो गर्दै जोडीन सकिने बताए ।

मणिपाल शिक्षण अस्पतालका सहाएक प्रबन्धक खिम बहादुर लामिछाने ले मणिपाल शिक्षण अस्पतालको सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा देशका बिभिन्न स्थानहरुमा बिभिन्न संघ संस्थाहरुसँग मिलेर निशुल्क स्वास्थ्य शिविरहरुमा प्राविधिक सहयोग तथा निशुल्क औषधीहरु बितरण गर्ने गरेको बताए ।

कार्यक्रममा बेनी शाखा प्रमुख भावना पौडेल सुबेदी ले सस्थाले देश ब्यापी रुपमा बिभिन्न स्थानहरुमा निशुल्क स्वास्थ्य शिविर, औषधी बितरण तथा रोगहरु सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु, रक्तदान , शैक्षिक सामग्री वितरण न्यानो कपडा वितरण साथै समाजमा बित्तिय साक्षरता अभिवृध्दि लगाएत धेरै सेवामुलक कार्यहरु समेत गरिरहेको जनाउनु भयो । सो शिविरमा स्थानीय जनप्रतिनीधि , सिटिजन लाइफका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेल, एरिया शाखा प्रमुख दिपेन्द्र लम्साल, एजेन्सि मेनेजरहरु साथै स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS