IME Life New

नेपाल लाइफमा घाटाको प्रोडक्ट प्रचलनमा आएको ६ महिना नबित्दै बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  स्वघोशित रुपमा नेपालकै सर्वाधिक बिश्वाशिलो दाबी गर्ने जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले अत्यधिक घाटामा गएपछी बीमालेख प्रचलनमा ल्याएको ६ महिनामै बिक्री बन्द गरेको छ । सुनाैलो भविष्य जीवन बीमा (प्लान १८) अन्तर्गत एकल बीमाशुल्क भुक्तानी बन्द गरेको हो।

प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले शाखा कार्यालयहरुलाई निर्देशन जारी गर्दै सुनाैलाे भविष्य जीवन बीमा योजना एकमुष्ठरुपमा बीमाशुल्क किस्ता भुक्तानी गर्ने गरी जारी नगरिने जानकारी गराएका छन् । प्रमुख कार्यकारी अधिकृत पराजुलीले वार्षिक किस्ता तिर्ने गरी बीमालेख बिक्री कार्य जारी रहेपनि एकमुष्ठ भुक्तानी गरेर बिक्री गर्ने कार्य अस्थायी स्थगन गरिने उल्लेख गरेका छन् ।

Esewa
Crest

जीवन बीमकले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरिएको बीमालेख अन्तर्गतका सुविधा र शर्तहरु आफूखुशी स्थगन गर्न वा रोक लगाउन पाउँदैन । स्थगनका लागी समेत जायज कारण सहित प्राधिकरणबाट बीमकले पूर्व स्वीकृती लिनुपर्छ।

नेपाल लाइफले यो सावधिक जीवन बीमालेख २०७९ चैत्र ९ गतेदेखि प्रचलनमा ल्याएको थियो। नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार क्याल र बजार विभाग प्रमुख उमापति पोखरेलले एक साथ यो बीमा योजना नेपाल लाइफको मुख्यालयमा सार्वजनिक गरेका थिए ।

अभिकर्ताले पहिले नै सचेत गराएका थिए:

५ देखि ३५ वर्षे अवधि सम्मका लागी एकल बीमाशुल्क भुक्तानी गरेर जारी गरिने बीमालेख अन्तर्गत एकल बीमाशुल्क भुक्तानी हुने गरी जारी गरेको अवस्थामा घाटा हुने देखिएपछि हठात् बीमालेखको बिक्री नै स्थगित गरेको हो । याे बीमालेख सार्वजनिक भएलगत्तै अनुभवी अभिकर्ताले बीमाशुल्क निर्धारणमा त्रुटी भएको भन्दै उच्च व्यवस्थापनकाे ध्यानाकर्षण गराएका थिए ।

एकमुष्ठ बीमाशुल्क भुक्तानी गरेर बीमालेख खरिद गरेका बीमितले ३ वर्ष पुरा भएलगत्तै बीमालेख बन्द गरेको अवस्थामा नेपाल लाइफलाई आर्थिकरुपमा नोक्सानी पर्ने अवस्था छ। बीमालेखका लागी लाग्ने प्रशासनिक खर्च, अभिकर्ताको कमिशनको साथै प्रोत्साहनवापतको खर्च समेत जोड्दा बीमालेख समर्पण भएको अवस्थामा स्वयम् नेपाल लाइफलाई समेत यसले क्षति पुर्‍याउने अवस्था भएको छ।

बीमालेखको प्राविधिक टिप्पणी (टेक्निकल नोट) तयार पार्दा  बीमांकी (एक्चुअरी) ले पठाएको टेक्निकल नोटलाई  प्राेडक्ट(बीमालेख) विभाग, बजार विभाग, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिले समेत विश्लेषण बिना हुबहु स्वीकार्दा अहिले घाँडो भएको हो ।

कसको जिम्मेवारीमा पर्छ बीमालेखः

नेपालकाे परिवेशबारे खासै जानकारी नहुने बीमांकीले बीमकको प्रोडक्ट विभागले दिने प्रारूपका आधारमा बीमालेखको प्राविधिक टिप्पणी तयार पारिदिन्छ । बीमा‌ंकीलाई स्थानीय सामाजिक आर्थिक परिवेश र बजार माग सुहाउँदो बीमालेख तयार पार्नका लागी सुझाव दिने काम प्रोडक्ट विभागको हो ।

नेपाल लाइफमा पुनर्बीमा र प्राेडक्ट जस्तो स‌ंवेदनशील विभागको जिम्मेवारीमा सत्या पराजुली रहेकी छिन् । उनले प्रमुख कार्यकारी अधिकृत पराजुलीको रोजाईमा यो विभागको प्रमुखको जिम्मेवारी पाएकी हुन् । जीवन बीमा कम्पनीमै उनले लामाे समय बिताए पनि उनी पुनर्बीमा र प्राेडक्टका विषयमा देशकै ठूलो जीवन बीमा कम्पनीका लागी यस्तो विभाग सम्हाल्न सक्ने क्षमता नभएको टिप्पणी बीमा उद्योगमा हुने गरेको छ। पराजुलीलाई प्राेडक्ट विभाग प्रमुख बनाउने योजनालाई सार्थकता प्रदान गर्न विषय विज्ञ अनुभवी कर्मचारीलाई जिम्मेवारी बिहीन बनाएर राजीनामा गर्न बाध्य बनाइएको थियो ।

बीमालेखको प्राविधिक टिप्पणी तयार भइसकेपछि हरेक दृष्टीकोणबाट त्यसको नाफा घाटा विश्लेषण गर्ने पहिलो दायीत्व प्रोडक्ट विभागको हुन्छ । प्रोडक्ट विभागले प्रस्तावित बीमालेख सबै दृष्टीकोणबाट उपयुक्त भएको निर्क्याैल गरि सकेपछि थप रायका लागी बजार विभाग समक्ष पेश गर्छ । बजार विभागले पनि स्वीकृती दिएपछि प्रमुख कार्यकारी अधिकृत समक्ष ब्रिफिङ गर्ने काम हुन्छ। प्रमुख कार्यकारी अधिकृतले ब्रिफिङ र प्राविधिक टिप्पणीको आधारमा उपयुक्त देखिएको अवस्थामा बीमालेखको बाँकी प्रकृया अघि बढाउन सहमति प्रदान गर्छ। यति गरिसकेपछि बीमालेखमा थप कुनै जिज्ञासा वा केही विषय प्रष्ट पार्नुपर्ने भएमा बीमकले बीमांकीसँग अनुराेध गर्छ। साेहि अनुसार बीमा‌ंकीले प्रतिकृया लिएर बीमालेखको प्राविधिक टिप्पणीलाई अन्तिम रुप दिएर बीमकलाई उपलब्ध गराउँछ।

प्रस्तावित बीमालेख प्रचलनमा ल्याउनुपूर्व बीमा नियामक नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्नुपर्छ। प्राधिकरणले आफ्नो बीमा‌ंकीमार्फत् प्रस्तावित बीमालेखको शर्त सुविधा र प्राविधिक टिप्पणीमाथि विश्लेषण गर्न लगाउँछ। बीमा‌ंकीले निश्चित सिद्धान्त र अभ्यासको कसीमा प्रस्तावित बीमालेखको विभिन्न पक्षबारे जाँच गर्छ। उपयुक्त देखिए स्वीकृतीका लागी राय दिन्छ र अनुपयुक्त भएको अवस्थामा बीमालेखसँग सम्बन्धित जिज्ञासाहरु सहितको राय प्राधिकरणलाई पठाउँछ। प्राधिकरणले बीमकसँग प्रतिकृया माग्छ, प्रतिकृया उपयुक्त भएमा बीमांकीको सुझाव बमोजिम बीमालेख प्रचलनमा ल्याउन पूर्व स्वीकृती प्रदान गर्छ।

कसरी पत्ता लाग्छ कमजोरीः

प्राेडक्ट विभाग प्रमुखको जिम्मेवारी सम्हालेका कर्मचारीभन्दा अभिकर्ता ज्यादै अनुभवी हुने भएकाले अभिकर्ताले प्रचलनमा ल्याइए लगत्तै बीमालेखको बीमाशुल्क दर तालिका,बीमालेखको विशेषता र शर्तहरूको मिहिन ढंगबाट परिक्षण शुरू गर्छन् । बीमालेख खरिद गर्दा भुक्तानी गर्नुपर्ने कुल बीमाशुल्क, अभिकर्ता कमिशन र बीमितले प्राप्त गर्ने भुक्तानी रकम समेत जोड्दा कति अवधिसम्मको बीमालेख खरिद गर्दा बीमकलाई घाटा पुग्न सक्छ भन्ने विश्लेषण गर्न वरिष्ठ एजेन्सी म्यानेजरहरु पोख्त भइसकेका हुन्छन् । उनीहरुको व्यवहारिक ज्ञान, भाेगाई र अनुभवका सामू जीवन बीमाबारे प्रावधिक पक्षको मात्र जानकारी राख्ने चार्टर्ड अकाउण्टेण्ट र बीमा‌ंकी पनि कति पय अवस्थामा कमजोर साबित भएका प्रयाप्त उदाहरण छन् ।

कमजोरी पत्ता लगाएर अभिकर्ताले त्यस्तो बीमालेखमा निश्चित सुविधा, अवधिकबीमालेख मात्र बिक्रीमा जोड दिन थालेपछि बल्ल बीमकको उच्च व्यवस्थापनबीच श‌ंका जाग्छ । र यस्तो श‌ंका पछि मात्र बीमकले मिहिन ढ‌ंगबाट बीमालेखको सबै शर्त, सुविधा, बीमाशुल्क दरको परिक्षण गरेर घाटा लागे नलागेको यकीन गर्छन् । जबकी यो सबै काम बीमालेख स्वीकृतीका लागी प्राधिकरण समक्ष पेश गर्नु पूर्व नै हुनुपर्ने हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

44%
sad

दु :खी

17%
amazed

अचम्मित

11%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS