IME Life New

लुम्बिनी प्रदेशबाट वैदेशिक राेजगारमा जानेमध्ये झण्डै ८० प्रतिशत अदक्ष कामदार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक राेजगारका लागी विदेशिने यूवाहरुकाे बहुस‌ंख्यक हिस्सा बिना कुनै शीप नै राेजगारीकाे खाेजीमा विदेशिन गरेकाे एक अध्ययनले देखाएकाे छ। नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेकाे लुम्बिनी प्रदेशमा वैदेशिक राेजगारले आर्थिक सामाजिक क्षेत्रमा पारेकाे प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदनले यस्ताे तथ्य प्रकाशमा ल्याएकाे हाे ।

राष्ट्र बै‌ंकका अनुसार लुम्बिनी प्रदेशबाट राेजगारीका लागी गएकामध्ये ७६ प्रतिशत श्रमिक हातमा कुनै शीप नै नभई विदेशिएका छन् । अर्थात् नेपालबाट दक्षभन्दा पनि अदक्ष र थाेरै पारिश्रमिक आम्दानी गर्ने श्रमिककाे निर्यात अधिक स‌ंख्यामा भइरहेकाे छ। तालिम लिएर जाने जनशक्ति २४  प्रतिशत मात्र  छन् । हातमा शीप भएर विदेशिनेहरूले अदक्ष कामदारकाे तुलनामा कामकाे पर्याप्त अवसर पाउने र निक्कै बढी कमाई समेत गर्छन् । अध्ययन अनुसार वैदेशिक रोजगारीबाट वार्षिक ५ लाख रूपैयाँसम्म, ५ देखि १० लाख रूपैयाँसम्म र १० लाख भन्दा माथि आयआर्जन गर्नेहरु क्रमशः ४२.३० प्रतिशत, ३९.६९ प्रतिशत र १८.०१ प्रतिशत छन्।

Esewa
Crest

लुम्बिनी प्रदेशकाे याे वस्तुस्थितिले प्रदेश सरकार र स्थानीय सरकारकाे औचित्यमाथि प्रश्न खडा गरेकाे छ। कम्ती प्रदेश सरकारले प्रदेश स्तरमा शीपमूलक तालिम तथा आधारभूतरुपमा भएपनि विदेशी भाषा प्रशिक्षणकाे अवसर यूवाजनशक्तिलाई उपलब्ध गराउन सकेकाे अवस्थामा स्थानीय बाध्यतावश अदक्ष अवस्थामै यूवाहरु विदेशिनु पर्ने थिएन। काम गर्ने दक्षता नहुँदा जाेखिमपूर्ण काममा लाग्नुपर्ने र कामकाे अनुभव नहुँदा जाेखिमकाे पूर्वानुमान गर्न नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हुन्छ।

राष्ट्र बै‌ंकले लुम्बिनी प्रदेशकाे गुल्मी अर्घाखाँची, पाल्पा रूपन्देही र राेल्पा जिल्लाका ३८३ घरपरिवारलाई सर्वेक्षणमा सहभागी गराएकाे थियाे । वैदेशिक रोजगारीमा जानुपूर्व स्वदेशमा कुनै पेशामा आबद्ध रहेका व्यक्तिहरु ४० प्रतिशत र कहिल्यै कुनै पेशा वा राेजगारीमा सहभागी नै नभएर विदेश गएका ६० प्रतिशत छन्। वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये ४०.७३ प्रतिशत आधारभूत,४३.०८ प्रतिशत माध्यमिक, १३.३२ प्रतिशत स्नातक र २.८७ प्रतिशत स्नातकोत्तर तहकाे अध्ययन पुरा गरेका छन् ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी यूएईमा २४.२८ प्रतिशत गएका छन् । सबैभन्दा कम ओमन तथा बहराइन दुबैमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन्। वैदेशिक रोजगारी अन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत रहेका छन् । वैदेशिक राेजगारबाट प्राप्त हुने आम्दानीले पारिवारिक आर्थिक अवस्था सुधार्ने उद्देश्य बाेकेर विदेशीने जनशक्तिकाे संख्या सबैभन्दा बढी अर्थात ४१.८० प्रतिशत छ।

लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संङ्ख्या आर्थिक वर्ष २०७८।७९ को तुलनामा आर्थिक वर्ष २०७९।८० मा ८.५५ प्रतिशतले वृद्धि भई १ लाख ३६ हजार ९ सय ८४ पुगेको थियाे । यो सङ्ख्या गत आवमा वैदेशिक राेजगार विभागबाट श्रम स्वीकृति लिने कुल सङ्ख्याको १७.७६ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS