IME Life New

पाँच वर्षभित्र विश्वकै सबैभन्दा ठूलाे अटाेमाेबाइल निर्यातक बन्ने भारतकाे लक्ष्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । भारतीय सवारीसाधन(अटाेमाेबाइल) उत्पादक उद्याेगले सन् २०३५ सम्ममा १ खर्ब अमेरिकी डलर बराबरको निर्यातकाे नेतृत्व गर्ने उद्योग बन्ने सम्भावना रहेको एक प्रतिवेदनले देखाएको छ। आर्थर डी लिटिलको रिपोर्ट अनुसार उद्योगले उत्पादन, नवप्रवर्तन र प्रविधि नेतृत्वद्वारा सक्षम आकार हासिल गर्न सक्छ।

हालै पाराग्वेमा आयाेजित विश्व सडक सम्मेलनलाई सम्बाेधन गर्दै भारतकाे केन्द्रीय रेल पारवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरीले सन् २०२७ सम्ममा भारत विश्वकै प्रमुख अटाेमाेबाइल निर्यातक देश बन्ने रणनीतिकाे साथमा अघि बढेकाे घाेषणा गरेका थिए ।

Crest

आर्थर डी लिटिलकाे प्रतिवेदनले भारतको अटोमोटिभ उद्योग डिजाइन, विकास र उत्पादनको लागि अन्तर्राष्ट्रिय बजारलाई अपील गर्दै विश्वव्यापी हब बन्न सक्ने उल्लेख गरेकाे छ। यो हासिल गर्नका लागि, उद्योग भरका खेलाडीहरूले भरपर्दो र प्रतिस्पर्धी विश्वव्यापी उत्पादनका लागि आफ्नो क्षमताहरू स्तरवृद्धि गर्नुपर्ने टिप्पणी समेत गरेकाे छ।

भारत विश्वकाे अटाेमाेबाइल बजारमा तेश्राे ठूलाे उत्पादक र निर्यातक मुलुककाे रूपमा दरिइसकेकाे छ ।अहिले याे अमेरिका र चीनभन्दा पछाडी तेश्राे स्थानमा रहेकाे छ। टाइम्स अफ इण्डियाका अनुसार नाै वर्ष अघिकाे साढे चार लाख कराेडकाे व्यापारबाट भारतीय अटाेमाेबाइल उद्याेग तीनगुणाले वृद्धि भएर साढे १२ लाख कराेड भारतीय रूपैयाँ बराबरकाे काराेबारमा पुगी सकेकाे छ।

विश्वव्यापी अटोमोटिभ आर एन्ड डी र सफ्टवेयर बजार सन् २०३० सम्ममा तीन गुणा बढेर ४ खर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ र भारतले विश्वको सफ्टवेयर हब र त्यस्ता गतिविधिहरूको लागि छनोटको गन्तव्यको रूपमा आफ्नो स्थितिको लाभ उठाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS