IME Life New

मन्दीकाे प्रभावः इन्जिनियरिङ तथा ठेक्का बीमामा ४४ प्रतिशतकाे गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्जिनियरिङ तथा ठेक्का बीमावापतकाे बीमाशुल्क आम्दानीमा उल्लेख्य गिरावटसँगै निर्जीवन बीमा कम्पनीहरुकाे कूल बीमाशुल्क आम्दानीमा गिरावट आएकाे छ। चालू आर्थिक वर्ष २०८०।८१ काे भदाै मसान्तसम्ममा इन्जिनियरिङ तथा ठेक्का बीमाकाे व्यापार ४४ प्रतिशतले खुम्चिएकाे हाे । इन्जिनियरिङ बीमा खुम्चि‌ंदा कूल बीमाशुल्क आम्दानी समेत १० प्रतिशतले घटेकाे छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार चालू आवकाे भदाै मसान्तसम्ममा ७ अर्ब ८ कराेड ५२ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । गत आर्थिक वर्ष २०७९।८०काे भदाै मसान्तसम्ममा निर्जीवन बीमकले कूल ७ अर्ब ८८ कराेड १६ लाख रुपैयाँ बीमाशुल्क स‌ंकलन गरेका थिए । गत आवकाे भदाैसम्ममा इन्जिनियरिङ बीमावापत १ अर्ब ६२ कराेड ३८ लाख रुपैयाँ कूल बीमाशुल्क आम्दानी गरेका निर्जीवन बीमकले चालू आवकाे साेही अवधिमा जम्मा ९१ कराेड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Esewa
Crest

देशमा जारी आर्थिक मन्दीका कारण जलविद्युत आयाेजना, सडक, पुल, प्रशारण लाइन लगायतका ठूला पूर्वाधारहरूकाे निर्माण ठप्प प्रायः भएसँगै इन्जिनियरिङ बीमाकाे व्यापार पनि खुम्चिएकाे हाे । सरकारी ढुकुटीमा श्राेतकाे अभाव भएपछि सरकारले पूँजीगत खर्चमा समेत कञ्जुस्याइँ गर्दा ठूला पूर्वाधार निर्माणका परियाेजनाहरु अलपत्र परेका छन् । साथै जलविद्युत उत्पादकहरुले नेपाल बीमा प्राधिकरणले न्यूनत्तम बीमाशुल्क दरमा अनुचित ढंगबाट वृद्धि गरेकाे भन्दै संगठितरूपमा नै ठूला जलविद्युत आयाेजनाहरुकाे बीमा नविकरण गर्न अस्वीकार्न थालेकाले पनि इन्जिनियरिङ बीमावापतकाे बीमाशुल्क आम्दानीमा गिरावट देखिएकाे हाे ।

चालू आवमा निर्जीवन बीमकहरुकाे इन्जिनियरिङ बीमावापतकाे बीमाशुल्क आम्दानीमा गिरावट आएपनि सम्पत्ती बीमाकाे व्यापार ८ प्रतिशतले बढेकाे छ। गत आवकाे भदाै मसान्तसम्मकाे तुलनामा सम्पत्ती बीमाकाे बीमाशुल्क आम्दानी १३ कराेड २६ लाख २५ हजार रुपैयाँले वृद्धि भएकाे प्राधिकरणले सार्वजनिक गरेकाे तथ्या‌ंकले देखाउँछ।

प्रतिशतका हिसाबले चालू आवकाे पहिलाे दुई महिनाकाे अवधिमा लघु बीमाकाे व्यापार सबैभन्दा बढी प्रभावित भएकाे छ। लघु बीमा व्यवसाय ६५ प्रतिशतले खुम्चिएर १ कराेड ३७ लाख रुपैयाँबाट जम्मा ४८ लाख रुपैयाँमा सीमित हुन पुगेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS