काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा मानवीय त्रुटीका कारण भएको निष्कर्ष निकालेको छ । गत माघ १ गते पाेखराकाे अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदि खाेंचमा भएकाे यती एयरकाे एटीआर ७२ विमान दुर्घटनामा ७२ जनाकाे निधन भएकाे थियाे ।
दुर्घटनाको अनुसन्धान गर्न गठन गरिएकाे सरकारी जाँच आयोगले विमान दुर्घटनामा मानवीय त्रुटीलाई मुख्य कारणभएको उल्लेख छ । दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा जाँचबुच आयाेग गठन गरिएकाे थियाे । आयाेगले आठ महिना लामाे समयपछि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जाँचबुझकाे प्रतिवेदन हस्तान्तरण गरेकाे छ ।
आयोगले हस्तान्तरण गरेकाे अध्ययन प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड बमोजिम जहाज निर्माण भएको देश फ्रान्स, इन्जिन बनेको देश क्यानडा र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) काे मुख्यालयलाई समेत हस्तान्तरण गरिनेछ। हस्तान्तरण भइसकेपछि प्रतिवेदनका सम्बन्धमा प्रतिकृया वा सुझाव प्राप्त भएपछि मात्र प्रतिवेदन सार्वजनिक हुने मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीले जानकारी दिए।