IME Life New

यती एयरकाे विमान दुर्घटनामा मानवीय त्रुटी भएकाे अध्ययन दलकाे निष्कर्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा मानवीय त्रुटीका कारण भएको निष्कर्ष निकालेको छ । गत माघ १ गते पाेखराकाे अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदि खाे‌ंचमा भएकाे यती एयरकाे एटीआर ७२ विमान दुर्घटनामा ७२ जनाकाे निधन भएकाे थियाे ।

दुर्घटनाको अनुसन्धान गर्न  गठन गरिएकाे सरकारी जाँच आयोगले विमान दुर्घटनामा मानवीय त्रुटीलाई मुख्य कारणभएको उल्लेख छ । दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा जाँचबुच आयाेग गठन गरिएकाे थियाे । आयाेगले आठ महिना लामाे समयपछि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जाँचबुझकाे प्रतिवेदन हस्तान्तरण गरेकाे छ ।

Esewa
Crest

आयोगले हस्तान्तरण गरेकाे अध्ययन प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड बमोजिम जहाज निर्माण भएको देश फ्रान्स, इन्जिन बनेको देश क्यानडा र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) काे मुख्यालयलाई समेत हस्तान्तरण गरिनेछ। हस्तान्तरण भइसकेपछि प्रतिवेदनका सम्बन्धमा प्रतिकृया वा सुझाव प्राप्त भएपछि मात्र प्रतिवेदन सार्वजनिक हुने मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS