IME Life New

लघु बीमकले बेच्ने दुर्घटना बीमालेखमा के के छन् सुविधा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । न्यून आय तथा विपन्न वर्गलाई लक्षित गरेर सञ्चालनमा आएका लघु बीमा कम्पनीका लागी लागू गरेकाे दुर्घटना बीमालेखमा बीमिति कुनै दुर्घटनामा परेर बाहिरी अ‌ंगमा चाेटका कारण घाइते,अपाङ वा मृत्यु भएकाे अवस्थामा दिइने सुविधाहरु उल्लेख गरेकाे छ। दुर्घटनामा परेर बीमितकाे मृत्यु भएकाे अवस्थामा बीमा‌ंक रकमकाे अतिरिक्त किरिया खर्चवापत बढीमा दश हजार रूपैयाँसम्म दाबी भुक्तानी दिने सुविधा छ। दुर्घटना बीमाका बाँकी सुविधा र शर्तहरू यस्ता छन्ः

स्थायी पूर्ण अशक्त भएमाः

क) कुनै एउटा हात वा कुनै एउटा खुट्टा वा दुबै आँखा पुनः ठीक नहुने गरी काम नलाग्ने भएमा पुनः श्रवण शक्ति नफर्कने गरी दुबै कान नसुन्ने भएमा ।वा सधै‌ंकाे लागी बाेल्न नसक्ने भएमा वा ठीक नहुने गरी मेरूदण्ड काम नलाग्ने भएमा वा दुर्घटनाकाे कारण पूर्ण अशक्त भएमा बीमांककाे शत प्रतिशत ।
ख) एउटा आँखा पुनः दृष्टी नफर्किने गरी काम नलाग्ने भएमा वा पुनः श्रवणशक्ति नफर्कने गरी एउटा कान नसुन्ने भएमा बीमाङ्कको पचास प्रतिशत।
ग) हात वा खुट्टाको औ‌ंला काम नलाग्ने भएमा प्रति औ‌ंला  बीमाङ्कको बीस प्रतिशत ।
घ) शरिरको अन्य कुनै अंगमा क्षती भई काम नलाग्ने भएमा चिकित्सकको सिफारिस बमोजिम बीमाङ्कको दश प्रतिशत ।

Esewa
Crest

१ ) औषधीउपचार खर्चः

औषधी उपचार  गर्दा खर्च भएको रकम बीमांक वा एक लाख रुपैयाँ मध्येजुन कम हुन्छ सो को सीमा भित्र रही बिल बमोजिम ।

२ ) अपवादः

दुर्घटना बीमालेखले नव्यहाेर्ने क्षतीको क्षतीपूर्ती बीमकले प्रदान गर्नेछैनः

क) जानी जानी आफैंले लगाएको चोट,आत्महत्या वा आत्महत्याको प्रयासको कारणले भएको दुर्घटना,
ख) मादक पदार्थ सेवन वा लागूऔषधको प्रयोग वा मानसिक सन्तुलन ठीक नभएको कारणले भएको दुर्घटना,
ग) मानव जीवन रक्षा गर्दा बाहेक नचाहिँदो खतरा मोल्दा, जोखिमपूर्ण खेलकुद वा कृयाकलापमा संलग्न भएमा वा अपराधिक कार्य गर्दा भएको दुर्घटना,

३ ) दुर्घटना बीमाका शर्तहरु :

क) एउटै बीमितको एक भन्दा बढी बीमकबाट बीमा गर्न पाइने छैन ।
ख) बीमित स्थायी पूर्णअशक्त भएको कुरा मान्यता प्राप्त चिकित्सकबाट  प्रमाणित हुनुपर्नेछ ।
ग) बीमितले  झुठ्ठा, गलत विवरण दिएमा वा जालसाजीपूर्ण दाबी गरेमा वा बीमालेखको शर्त उल्लंघन गरेमा बीमकले दाबी भुक्तानी गर्नेछैन ।
घ) बीमित दुर्घटनामा परे तुरून्तै बीमकलाई जानकारी दिनुपर्नेछ र आपराधिक कृयाकलाप समेत भएकाे रहेछ भने नजिककाे प्रहरी कार्यालयमा समेत खबर गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS