IME Life New

बीमा क्षेत्रमा पनि नक्कली प्रमाण पत्र छानबिन प्रकरण, अख्तियारमा पठाइयाे फाइल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता, सर्भेयर र सञ्चालक समेतकाे शैक्षिक याेग्यताकाे प्रमाण पत्र सम्बन्धमा छानबिनका लागी अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले चासाे देखाएकाे छ। बीमा क्षेत्रमा नक्कली शैक्षिक प्रमाण पत्रधारी जनशक्ति कार्यरत रहेकाे सूचनाका आधारमा आयाेगले छानबिनका लागी चासाे देखाएकाे हाे ।

नेपाल बीमा प्राधिकरणले शंकास्पद देखिएकाे शैक्षिक याेग्यता प्रमाण पत्रकाे सम्बन्धमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगलाई जानकारी दि‌ंदै छानबिनका लागी अनुराेध गरेकाे छ। हामीले नक्कली शैक्षिक प्रमाण पत्रका सम्बन्धमा छानबिन गर्न एक तहकाे जानकारी अख्तियारमा पठाई सकेका छाै‌ं, प्राधिकरणका प्रवक्ता राजुरमण पाैडेलले भने,यसमा हाम्राे भन्दा पनि अख्तियारकाे विशेषज्ञता हुन्छ, अख्तियारले टियु र उच्च माविसँग समन्वय गरेर गर्छ।

Esewa
Crest

प्राधिकरणले गत वर्ष बीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीकाे शैक्षिक याेग्यता सम्बन्धि विस्तृत विवरण माग गरेपछि कारवाहीकाे डरले केही कर्मचारीहरू स्वेच्छिक राजीनामा दिएर जागिरबाट बाहिरिएका थिए । केहीले नक्कली प्रमाणित भए देखा जाला भन्दै जागिरलाई निरन्तरता दिएका हुनसक्छन् । प्राधिकरणले पुराना बीमा अभिकर्ताकाे शैक्षिक प्रमाण पत्र लगायतका विवरण गत चैत्रमा अध्यावधिक गराएका कारण पनि कारवाहीमा पर्ने भयले नक्कली शैक्षिक प्रमाणपत्रधारी अभिकर्ताले नविकरण नगराएकाे हुनसक्ने अनुमान गरिएकाे छ।

जीवन बीमक संघका अध्यक्ष पाेषक राज पाैडेलले नक्कली शैक्षिक प्रमाण पत्रलाई निरुत्साहित गर्न पछिल्लाे समयमा कर्मचारी नियुक्ति गर्नुपूर्व नै शैक्षिक प्रमाण पत्रहरूमा नाेटरी अनिवार्य गरिएकाे जानकारी बताए । उनले भने, पहिले नै नियुक्त भएकाहरूकाे हकमा शंकास्पद शैक्षिक प्रमाण पत्र सम्बन्धमा छानबिन हुँदा बीमा क्षेत्रमा शुद्धिकरणमा सहयाेग पुग्नेछ ।

बीमा कम्पनीकाे सञ्चालक पदमा निर्वाचित वा नियुक्त हुनका लागी कम्तीमा स्नातक तहकाे शैक्षिक याेग्यता हुनुपर्ने प्रावधान छ। शैक्षिक याेग्यता नपुगेका व्यक्तिले शैक्षिक याेग्यताकाे प्रमाण पत्र नै पेश नगरी वा नक्कली प्रमाण पत्र पेश गरेर नियुक्ती लिएकाे विषय पनि बीमा क्षेत्रमा चर्चा हुँदै आएकाे छ।

नेपाल बीमक संघका महासचिव अशाेक खड्काले बीमा उद्याेगमा नक्कली शैक्षिक प्रमाण पत्र धारी जनशक्ति कार्यरत रहेकाे चर्चा हुँदै आएपनि यसबारे यकीन तथ्या‌ंक उपलब्ध नरहेकाे बताए । उनले भने, के कति छन् भन्ने अनुमान गर्न पनि सकिने अवस्था छैन, छानबिन नहुँदासम्म यकीन भन्न गाह्राे छ।

नेपाल लाइफ पेशागत अभिकर्ता स‌ंघका महासचिव ओम केसी पछिल्लाे पटक प्राधिकरणले अभिकर्ताकाे विवरण अध्यावधिक गराएपछि नक्कली शैक्षिक प्रमाण पत्र धारी अभिकर्ता बाहिरिएकाे हुनसक्ने बताउँछन् । यस विषयमा छानबिन गर्न प्राधिकरणकाे क्षमताले भ्याउँदैन, केसीले भने, सम्बन्धित निकायले छानबिन गर्ने हाे भने फेला पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%
happy

खुसी

8%
sad

दु :खी

15%
amazed

अचम्मित

2%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS