IME Life New

आज अन्तिम दिन सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा आज अन्तिम दिनसम्म २८ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात साउन १५ गते अन्तिम दिनसम्म २८ हजार ७४१ जना आवेदकले ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको १८ लाख १७ हजार ४५० कित्ता लागि आवेदन दिएका हुन् ।

कम्पनीले साउन १ गतेबाट प्रिमियमा पहिलो चरणको आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।

Esewa
Crest

सोमध्ये पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। पहिलो चरणको आइपीओ विक्रीपछि मात्रै कम्पनीले दोस्रो चरणको आइपीओ अर्थात सर्वसाधारणका लागि विक्री गर्नेछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड रहेको छ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS