IME Life New

प्राधिकरणकाे डाटाबेसबाट ५ लाख अभिकर्ता हट्दा सकृय अभिकर्ताकाे संख्या कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । बीमा अभिकर्ता इजाजत पत्र सम्बन्धी एकीकृत सूचना प्रणाली कार्यान्वयनमा आएपछि झण्डै पाँच लाख अभिकर्ता हराएका छन् । बीमा प्राधिकरणकाे स्थापनाकालदेखि नै इजाजत पत्र जारी गरिएकाे आधारमा नेपालमा कूल अभिकर्ता स‌ंख्या ७ लाख ६८ हजार ४२६ रहेकाे थियाे ।

नेपाल बीमा प्राधिकरणले अभिकर्ता पहिचान र इजाजत पत्र नविकरण सम्बन्धी सूचना प्रविधिमा आधारित प्रणाली कार्यान्वयनमा ल्याएपछि दाेहाेराे इजाजत पत्र लिएका र निष्कृय अभिकर्ताकाे तथ्या‌ंक बाहिरिएपछि अभिकर्ता संख्या २ लाख ३६ हजार आसपासमा सीमित हुन पुगेकाे छ।

Esewa
Crest

प्राधिकरणका अनुसार बीमा ऐन २०७९ कार्यान्वयनमा आएपछि नयाँ इजाजत पत्र जारी गरिएका र पुराना नविकरण गरिएका समेत कूल अभिकर्ता संख्या २ लाख ३६ हजार ५११ कायम भएकाे छ। पुराना व्यक्तिगत अभिकर्तामध्ये कूल  १,३३,८११ जनाले इजाजत पत्र नविकरण गराएका छन् । यसैगरी पुरानामध्ये संस्थागत अभिकर्तातर्फ जम्मा ११८ वटा स‌ंस्थागत अभिकर्ताकाे इजाजत पत्र नविकरण गरिएकाे छ। यसरी पुरानामध्ये कूल १ लाख ३३ हजार ९२९ अभिकर्ता इजाजत पत्र मात्र नविकरण भएकाे छ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएपछि कूल १ लाख २ हजार ५ सय ८२ नयाँ अभिकर्ताले इजाजत पत्र पाएका छन् । प्राधिकरणका अनुसार गत आवकाे कात्तिक २२ देखि चैत्र मसान्तसम्ममा व्यक्तिगततर्फ ४७,३१५  र २०८० बैशाख देखि असार मसान्त सम्म ५५, २६७ नयाँ अभिकर्ता इजाजत पत्र जारी गरिएकाे छ।

बीमा ऐन २०७९ अनुसार अभिकर्ता इजाजत पत्रकाे अवधि ३ वर्ष कायम गरिएकाे छ। तीन वर्षकाे अवधि पुरा भएपनि आवश्यक प्रकृया पुरा गरी पुनः नविकरण गराउन सक्नेछन् । ऐन कार्यान्वयनमा आउनु अघि अर्थात् २०७९ कात्तिक २२ अगावै इजाजत पत्र पाएर नविकरण गराएका अभिकर्ताकाे इजाजत पत्रकाे अवधि २०८२ चैत्र मसान्तमा पुरा हुनेछ। त्यस पश्चात यी अभिकर्ताले पुनः  थप तीन वर्षका लागी इजाजत पत्र नविकरण गराउनुपर्नेछ। ऐन कार्यान्वयनमा आएपछि इजाजत पत्र पाएका अभिकर्ताले इजाजत पत्र पाएकाे मितिकाे आधारमा आफ्नाे इजाजत पत्र नविकरणकाे म्याद सुनिश्चित गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

8%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS