IME Life New

प्रभु महालक्ष्मी लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले सपथ ग्रहण गरेकी छिन् । शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट आज श्रावण २  गते मंगलबार सञ्चालक समिति अध्यक्षको रुपमा  सपथ ग्रहण गरेकी हुन् ।

नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको सपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई,वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाइ लगायतको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कम्पनीको २०८० श्रावण २ गते सोमवार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरुपमा सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरेको थियो।   ।

अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर  अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा वसि अनुभव हासिल गरेकी छिन ।

अषाढ २९ गतेबाट एकिकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यीय संचालक समिति रहेको छ। अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ,  सुरेश सापकोटा,  शंकर गौतम,  ज्योती शेरचन र  सुसन शेरचन रहेका छन्  । स्वतन्त्र संचालक मनोनयन हुन बाँकी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS