IME Life New

विशाल ग्रुपकाे रेटिङ फिर्ता लिएर कारवाहीबाट उम्कने प्रयास गर्दै केयर रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स्वार्थ बाझिने गरी आफ्नै लगानीकर्ता सञ्चालक रहेकाे व्यवसायीक कम्पनीहरुकाे रेटिङ गरिदिएर बै‌ंक कर्जा सुविधाका लागी सघाएकाे केयर रेटिङ नेपालले धमाधम रेटिङ फिर्ता लिन थालेकाे छ।

मुख्य प्रवर्द्धक विशाल ग्रुपकाे लगानी रहेकाे एक दर्जनभन्दा बढी कम्पनीकाे बै‌ंक ऋण कर्जा प्रयाेजनका लागी रेटिङ गरेकाे रेटिङ एजेन्सी केयर रेटिङ नेपालले मैनावती स्टील्स, कमला राेलिङ मिल, विदेशी महँगा उपभाेग्य वस्तुकाे वितरक युनाइटेड डिष्ट्रिव्युटर्स, र एमजी ब्राण्डकाे जीप आयात काराेबार गर्ने पारामाउण्ट माेटर्सकाे क्रेडिट रेटिङ फिर्ता लिएकाे हाे ।

Esewa
Crest

५० कराेडभन्दा बढी बै‌ंकिङ कर्जा सुविधाका लागी अनिवार्य क्रेडिट रेटिङ गर्नुपर्ने प्रावधान छ । क्रेडिट रेटिङका क्रममा रेटिङ एजेन्सीले निष्पक्षरुमा वित्तीय सबलता र दुर्बलताकाे पक्ष केलाएर विश्लेषणात्मक विवरण सार्वजनिक गर्छन् । यस्ताे विवरणकाे आधारमा लगानीकर्ता वा बै‌ंक वित्तीय संस्थाले लगानीकाे जाेखिमलाई मूल्यांकन गर्ने आधार बनाएका हुन्छन् । तर केयर रेटिङले धिताेपत्र बाेर्ड नियमावलीलाई धाेती लगाउँदै स्वार्थ बाझिने गरी आफ्नै सञ्चालक मुख्य प्रवर्द्धक रहेकाे कम्पनीहरुकाे रेटिङ गरेकाे छ।

क्रेडिट रेटिङ नियमावली २०६८ काे नियम ३४ मा क्रेडिट रेटिङ स‌ंस्थाले आफ्नाे वा आफ्नाे स‌ंस्थापक शेयरधनी, मुख्य शेयरधनी वा  आफ्नाे मुख्य स‌ंस्था वा सहायक संस्थाहरूकाे क्रेडिट रेटिङ गर्न नहुने स्पष्ट प्रावधान छ।

हालै विवादित घाेराही सिमेन्ट उद्याेगकाे क्रेडिट रेटिङ पनि केयर रेटिङ नेपालले नै गरेकाे हाे । याे घाेराही सिमेन्टमा विशाल ग्रुपकाे उल्लेख्य लगानी रहेकाे छ। स्वार्थ बाझिने गरी दर्जन् भन्दा बढी कम्पनीकाे रेटिङ गरेकाेमा कारवाहीका लागी नियामक धिताेपत्र बाेर्डलाई चाैतर्फी दबाब आएपछि धिताेपत्र बाेर्डकै पदाधिकारीहरुकाे सुझावमा केयर रेटिङले पुराना रेटिङहरु धमाधम फिर्ता लिएकाे घाेषणा गरेकाे छ। यसअघि विशाल ग्रुपकै लगानी रहेकाे ग्रीन भेन्चर्सकाे पनि रेटिङ फिर्ता लिएकाे घाेषणा केयर रेटिङ नेपालले गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS