IME Life New

बीमा प्राधिकरणले कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनमा बन्देज नलगाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अवदेखि हकप्रद शेयर निष्काशनमा कुनै पनि बन्देज नलगाउने भएको छ । प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाएका कम्पनीहरुले पनि हकप्रद शेयर निष्काशन गर्न चाहेमा पाउने प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

उनले भने ‘कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्नु भन्दा अगाडी शेयरधनीहरुलाई प्रतिफल दिन सकिन्छ कि सकिदैन भनेर सोच्नु पर्ने भएकाले हकप्रद निष्काशनको अधिकार कम्पनीकै हो ।’ जीवन बीमा कम्पनीहरुले यहि साउन भित्र ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे दुई अर्ब पूँजी जुटाउनु पर्छ ।

Esewa
Crest

कम्पनीहरुले असार मसान्तभित्रमा आर्जन गर्न सक्ने मुनाफाको अनुमान गरेर कतिसम्म बोनस शेयर दिन सक्छ भनेर मूल्याङ्कन गरिने र त्यस पछि मात्रै हकप्रद शेयर निष्काशनको अनुमति दिइने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस भन्दा अगाडी बीमा कम्पनीहरुलाई मर्जरका लागि दवाव दिन हकप्रद शेयर निष्काशनमा पुर्ण रुपमा प्रतिवन्ध लगाएको थियो । प्राधिकरणको निरन्तरको दवाव पछि पनि कम्पनीहरुले मर्जर गर्न सकेका छैनन् । अर्को तर्फ मर्जर गरेका कम्पनीहरुलाई पनि न्युनतम पूँजी जुटाउन हकप्रद शेयर निष्काशन गर्नै पर्ने बाध्यता देखिएकोले अहिलेलाई हकप्रद शेयर निष्काशन गर्न दिने निष्कर्षमा बीमा प्राधिकरण पुगेको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न बीमा प्राधिकरणले ढोका खोल्दिसकेको छ । एलआइसी नेपालले भारतबाट हकप्रदका लागि पैसा ल्याएकव धेरै समय भैइसक्यो । तर बीमा प्राधिकरणले सबैलाई एकमुष्ठ निर्णय गर्ने भन्दै रोकेर राखेको थियो ।

यसरी हकप्रद शेयर निष्काशन गर्न दिदा कसैलाई दिने कसैलाई नदिने भन्ने हुँदैन । त्यसैले पनि अवदेखि हकप्रद शेयर निष्काशन गर्न चाहनेलाई अनुमति दिने भएको हो । यस्तो निर्णयबाट सबैभन्दा धेरै लाभांवित प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एशियन लाइफ हुने भएका छन् । उनिहरुलाई हकप्रद शेयर निष्काशन गरेर पूँजी जुटाउने सम्भावना उच्च छ । नेपाल इन्स्योरेन्सले जग्गा बिक्री गरेर र प्रभु इन्स्योरेन्सले रणनीतिक साझेदार भित्र्याउने भन्दै बीमा प्राधिकरणलाई आश्वस्थ पारेको थियो । तर अहिलेसम्म कुनै पनि प्रगति देखिएको छैन ।

आगामी साउनदेखि बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गराउदै छ । जोखिममा आधारित पूँजी सम्बन्धी व्यवस्था कार्यान्वयन हुने वित्तीकै कुन कम्पनीलाई कति पूँजी आवस्यक पर्छ भन्ने प्रष्ट देखिन्छ । यसैका आधारमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणका एक अधिकरीले भने ‘कसैले व्यवसाय गरेर आफ्नो जोखिम खाम्ने गरी पूँजी निर्माण गर्छु र त्यसका लागि हकप्रद शेयर निष्काशन गर्छु भन्छ भने झन् राम्रो ।’

बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी नै कतिपय कम्पनीका लागि ओभर क्यापिटलाइज हुन्छ । ओभर क्यापिटलाइज हुँदा हुँदै कसैले हकप्रद शेयर निष्काशन गर्छु भन्छ भने त्यसको जोखिम स्वयं कम्पनी तथा त्यसका संञ्चालकहरुले लिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

0%
sad

दु :खी

63%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS