IME Life New

मधेशकाे उत्पादन लगातार दाेश्राे वर्ष पनि खुम्चियाे,मदिरा बाहेक सबै उद्याेग समस्यामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । खस्कदाें बजार मागका कारण मधेश प्रदेशका उद्याेगकाे औसत उत्पादन क्षमता उपयाेग लगातार दाेश्राे वर्ष पनि ५० प्रतिशतभन्दा तल सीमित भएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे अर्द्ध वार्षिक आर्थिक प्रतिवेदनका अनुसार चालू आवकाे पुस मसान्तसम्ममा मधेश प्रदेशका उद्याेगले कूल जडित क्षमताकाे ४४‍.५६ प्रतिशत मात्र उपभाेग गर्न पाएका छन् ।

गत आर्थिक वर्ष २०७८।७९ काे दाेश्राे त्रैमाससम्ममा पनि क्षमता उपयाेग जम्मा ४९.९२ प्रतिशत रहेकाे थियाे । चालू आवमा उत्पादन क्षमता उपयाेग अझै खस्किएकाे हाे । राष्ट्र बै‌ंकले कच्चा पदार्थको अभाव तथा महँगीका कारणले स्थानीय वस्तुको माग भन्दा आयातित वस्तुको माग बढेर उद्योगको क्षमता उपयोगमा कमी आएको उल्लेख गरेकाे छ।

Esewa
Crest

समीक्षा अवधिमा मदिरा उद्योगले सबैभन्दा बढी ९६.३२ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ भने वनस्पती घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम ३.८५ प्रतिशत रहेको देखिन्छ । गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै जानु र यसको विकल्पमा भटमासको तेल तथा पाल्म तेलको प्रयोग बढ्दै गएकाले यसको बजार माग घट्दै जाँदा वनस्पति घिउ उत्पादन पनि विस्तारै घट्दै गएकाे राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेकाे छ।

समीक्षा अवधिमा फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग ६४.१३ प्रतिशत, हल्का पेय पदार्थ उद्योगको क्षमता उपयोग ३७.२३ प्रतिशत, गहुँको पिठो उद्योगको क्षमता उपयोग ९१.६९ प्रतिशत, भटमासको तेल उद्योगको क्षमता उपयोग २८.६३ प्रतिशत, साबुन उद्योगको क्षमता उपयोग ६३.४३ प्रतिशत रह्याे । यसैगरी आल्मुनियम उत्पादन उद्योगको क्षमता उपयोग ७१.२५ प्रतिशत, सिमेण्ट उद्योगको क्षमता उपयोग शुन्य प्रतिशत (पुरानो स्टक नै बाँकी रहेकोले), घरेलु धातुका सामान उद्योगको क्षमता उपयोग ७१.२५ प्रतिशत रहेको छ।

लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा, अन्न तथा पशु दाना अन्तर्गत पशुदाना, स्टिलजन्य उत्पादन, चामल, धागो, चुरोट, तोरीको तेल, चिनी, प्रशोधित छाला, कागज (अखबारी कागज बाहेक), ड्राई सिरप र वनस्पती घिउ उद्योगको क्षमता उपयोग क्रमशः ६.६५ प्रतिशत, ३७.८७ प्रतिशत, १३.९० प्रतिशत, ३५.१७ प्रतिशत, २६.७३ प्रतिशत, ११.१९ प्रतिशत, ७८.०३ प्रतिशत, २०.०९ प्रतिशत, १९.३९ प्रतिशत, ४ं.६० प्रतिशत र ३.८५ प्रतिशत रहेको छ ।
गत वर्षको सोही अवधिमा प्रदेशका प्रमुख उद्योगहरूमा सिमेन्ट उद्योगको क्षमता उपयोग ९८.३० प्रतिशत, फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग ८९.७० प्रतिशत, साबुन उद्योगको क्षमता उपयोग ७२.६० प्रतिशत, वनस्पति घिउ तथा तेल उद्योगको क्षमता उपयोग ६१.५७ प्रतिशत, अन्न तथा पशुदाना उद्योगको क्षमता उपयोग ९९ प्रतिशत, चुरोट उद्योगको क्षमता उपयोग ४३.५९ प्रतिशत रहेको थियो ।  प्रशोधित छाला, चिनी, कागज र ड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः २०.०८ प्रतिशत, २१.७३ प्रतिशत, ८.५४ प्रतिशत र ७.१३ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा रु.१ खर्ब १४ अर्ब २ करोड मध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३.०१ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २८.९८ प्रतिशत, निर्माण उद्योगतर्फ ७.११ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादन तर्फ ५.३५ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ३.९८
प्रतिशत र खानी उद्योगतर्फ १.५७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

गत आर्थिक jर्षको सोहि अjधिको तुलनामा औधोगिक कर्जा १.५० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा निर्माण उद्योग तर्फको कर्जामा ५० प्रतिशत र धातुका उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स उत्पादन तर्फ २१ प्रतिशतले ह्रास आएको छ . विद्युग्याँस तथा पानी तर्फको कर्जामा ९०.९ प्रतिशत, खानी सम्बन्धी उद्योगमा ४३ प्रतिशत, गैर–खाद्यवस्तु उत्पादनतर्फको कर्जामा ४ प्रतिशतले वृद्धि भएको छ । कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी कर्जा प्रवाह गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा १५ प्रतिशतले वृद्धि भई रु.३३ अर्ब ४ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS