IME Life

निर्जीवन बीमा कम्पनीको १२ अर्व २८ करोड प्रिमियम संकलन (प्रदेशमा आधारित)

SPIL
NIC ASIA

काठमाडौं, वैशाख १० । पछिल्लो समयमा विभिन्न बीमा कम्पनीहरुले संघीय संरचना अनुसार शाखा विस्तार गरि आफ्नो सेवा प्रवाह गरिरहेका छन । देशको ७ वटा प्रदेशमा बीमा कम्पनीले आफ्नो सेवा विस्तारको अभ्यास गरेसंगै अन्य बीमा गतिविधि बढाउन थालेका छन । १७ वटा निर्जीवन बीमा कम्पनीहरुले गत फागुन मसान्तसम्म कुल १२ अर्व २८ करोड ७२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । बीमा समितिले दिएको तथ्याङ्क अनुसार सबैभन्दा बढि शिखर इन्स्योरेन्सले २ अर्व ३१ करोड र सवैभन्दा कम युनाइटेड इन्स्योरेन्स कम्पनीले ३४ करोड १८ लाख बीमा शुल्क आर्जन गरेको छ ।

१७ निर्जीजन बीमा कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स, एनबी इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क प्राप्त भएको छैन ।

Prabhu
Crest

सिद्धार्थ इन्स्योरेन्स कम्पनी

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कुल १ अर्व १४ करोड १५ लाख बरावरको बीमा शुल्क संकलन गरेको छ । सात वटा प्रदेशमा मुख्य कार्यालयसहित ५४ शाखा रहेको यस कम्पनीले फागुन मसान्तसम्ममा उक्त बीमा शुल्क संकलन गरेको हो । देशका सात प्रदेशमा नै उपस्थित जनाएको यस इन्स्योरेन्सले प्रदेश नम्वर १ मा ९ करोड ९३ लाख बीमा संकलन गरेको छ । प्रदेश नम्वर ३ र ५ मा १३÷१३ शाखाबाट बीमा सेवा प्रदान गरेको कम्पनीले क्रमशः ५५ करोड ४८ लाख र २७ करोड ३२ लाख बीमा शुल्क संकलन गरेको छ । त्यस्तै प्रदेश नम्वर २ मा ९ करोड ८७ लाख, प्रदेश नम्वर ४ मा ६ करोड ८३ लाख रहेको छ ।

त्यस्तै कम्पनीले प्रदेश ७ मा ३ करोड ७९ लाख र प्रदेश नम्वर ६ मा ९३ लाख मात्र बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ९३ हजार २ सय ७ बीमालेखबाट उक्त रकम संकलन गरेको हो ।

लुम्बिनी इन्स्योरेन्स कम्पनी

यो अवधिमा लुम्विनी इन्स्योरेन्स कम्पनीले कुल ७७ करोड ५ लाख बीमा शुल्क आर्जन गरेको छ । देशभर ३१ शाखा रहेको कम्पनीले सबैभन्दा बढि प्रदेश नम्वर ३ बाट ३८ करोड र सबैभन्दा कम प्रदेश नम्वर ६ बाट ५१ लाख मात्र बीमा शुल्क आर्जन गरेको छ । प्रदेश नम्वर १ मा ७ करोड १४ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले प्रदेश २ मा ९ करोड १ लाख र ४ नम्वरमा ८ करोड २ लाख रहेको छ । त्यस्तै प्रदेश नम्वर ५ र ७ मा क्रमशः १० करोड ८७ लाख र २ करोड ६८ लाख बीमा शुल्क आर्जन कम्पनी हो । कम्पनीले सात वटै प्रदेशबाट ८३ हजार ८ सय ५३ बीमालेखबाट उक्त प्रिमियम संकलन गरेको हो ।

युनाइटेड इन्स्योरेन्स कम्पनी

सात वटै प्रदेशमा शाखा विस्तार गरेको युनाईटेड इन्स्योरेन्सले अन्य निर्जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा कम प्रिमियम संकलन गरेको छ । कम्पनीले ४३ हजार ९ सय ९४ बीमालेखबाट कुल ४३ करोड १८ लाख बीमा शुल्क आर्जन गरेको हो । इन्स्योरेन्सले सबैभन्दा बढि बीमा शुल्क प्रदेश नम्बर ३ बाट १९ करोड २४ बीमा शुल्क आर्जन गरेको देखिएको छ । त्यस्तै प्रदेश ६ बाट सबैभन्दा कम २२ लाख मात्र संकलन गरेको छ । कम्पनीले प्रदेश १ मा ५ करोड, प्रदेश २ मा २ करोड २७ लाख, ४ नम्वर प्रदेशमा ४ करोड ४ लाख र प्रदेश ७ बाट ७४ लाख बीमा शुल्क आर्जन गरेको छ ।

 

प्रभु इन्स्योरेन्स कम्पनी

 यस इन्स्योरेन्स कम्पनीले सवैभन्दा धेरै प्रदेश नम्वर ३ बाट ४१ करोड प्रिमियम संकलन गरेको छ । कुल ५३ करोड बीमा शुल्क आर्जन गरेको यस कम्पनीले प्रदेश नम्वर ६ र ७ मा भने व्यवसाय विस्तार गर्न सकेको छैन् । प्रदेश नम्वर ४ र ५ मा ४÷४ करोड बीमा शुल्क आर्जन गरको छ । त्यस्तै प्रदेश १ र ७ क्रमशः १ करोड र २ मा भने ३ करोड आर्जन गरको छ । कम्पनीका प्रादेशिक शाखा भने २५ रहेका छन ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी

हालसम्म पनि प्रदेश नम्वर ६ मा पुग्न नसकेको यस कम्पनीले अन्य प्रदेशबाट कुल ७३ करोड ६९ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सबैभन्दा बढि प्रदेश नम्वर ३ बाट ६१ करोड ७३ लाख र सवैभन्दा कम प्रदेश नम्वर ७ बाट ८ लाख मात्र बीमा शुल्क आर्जन गर्न सफल रहेको छ । जम्मा ४० हजार ६ सय ५ बीमालेख संख्या रहेको कम्पनीले प्रदेश नम्वर १ मा २ करोड ९३ लाख, २ नम्वर प्रदेशबाट ३ करोड १४ लाख आर्जन गरेको छ । त्यस्तै प्रदेश नम्वर ४ र ५ मा भने क्रमशः ३ करोड २८ लाख र २ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी

 अन्य निर्जीवन बीमा कम्पनीको तुलनामा आफूलाई अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल शिखर इन्स्योरेन्सले यो अवधिमा २ अर्व ३१ करोड बीमा शुल्क आर्जन गरेको छ । सातै प्रदेशमा शाखा विस्तार गरेको शिखर इन्स्योरेन्सले मुख्य कार्यालयसहित ७५ शाखाबाट बीमा सेवा प्रदान गरेको छ ।

कम्पनीले प्रदेश नम्बर ३ बाट एक अर्र्ब ७९ करोड ३४ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन अन्य प्रदेशको तुलनामा अत्याधिक बढि देखिन्छ । यस कम्पनीले प्रदेश नम्वर ६ मा सबैभन्दा कम ८६ लाख मात्र बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै प्रदेश नम्वर १ मा १३ करोड ९७ लाख, २ नम्वर प्रदेशमा ८ करोड, ४ नम्वर प्रदेशमा ७ करोड ८ लाख र प्रदेश नम्वर ५ र ७ मा क्रमशः १५ करोड १८ लाख र ५ करोड ६ लाख बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीको बीमालेख भने १ लाख ९८ हजार ६ सय १६ रहेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी

सातै प्रदेशमा शाखा विस्तार गर्न सफल यस इन्स्योरेन्स कम्पनीले कुल १ अर्व ८ करोड ५ लाख बीमा शुल्क आर्जन गरेको छ । सात प्रदेशमा ४० क्षेत्रीय कार्यालय, शाखा रहेको यस कम्पनीले प्रदेश नम्वर ३ बाट सवैभन्दा बढि ६९ करोड ४२ लाख र सवैभन्दा कम ६ मा १ करोड ६१ लाख बीमा शुल्क आर्जन गर्न सफल रहेको छ । त्यस्तै प्रदेश नम्वर १ बाट १३ करोड २७ लाख, प्रदेश २ बाट ६ करोड ५३ लाख प्रदेश ४ बाट ५ करोड ५९ लाख, प्रदेश ५ बाट ९ करोड ४७ लाख र ७ नम्वर प्रदेशबाट २ करोड १६ लाख बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीको ७ वटै प्रदेशमा कुल १ लाख ५५ हजार ८ सय ८१ बीमालेख संख्या रहेका छन ।

 

दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी

प्रदेश ६ र ७ मा शाखा विस्तार गर्न नसकेको यस कम्पनीले अन्य प्रदेशबाट कुल ५८ करोड ३१ लाख बीमा शुल्क आर्जन गरेको छ । अन्य प्रदेशको तुलनामा धेरै शाखा विस्तार भएको प्रदेश नम्बर ३ मा सवैभन्दा बढि ४७ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेको यस कम्पनीले सवैभन्दा कम प्रदेश नम्वर ४ मा ५२ लाख मात्र आर्जन गरेको छ । त्यस्तै प्रदेश १ बाट ५ करोड ९९ लाख, २ नम्वर प्रदेशबाट ३ करोड ५ लाख र प्रदेश ५ बाट भने ९१ लाख मात्रै आर्जन गरेको छ । १३ हजार ४ सय २२ कुल बीमालेख संख्या रहेको यस कम्पनीले जम्मा १४ वटा प्रादेशिक शाखा विस्तार गरेको छ ।

नेशनल इन्स्योरेन्स कम्पनी

नेशनल इन्स्योरेन्स कम्पनीले कुल ११ शाखाबाट जम्मा ६२ करोड ५८ लाख बीमा शुल्क आर्जन गरेको छ । प्रदेश नम्वर ६ मा शाखा विस्तार गर्न नसकेका कम्पनीले प्रदेश नम्वर ३ बाट सवैभन्दा बढि ३५ करोड ४७ लाख प्रिमियम संकलन गरेको छ । प्रदेश नम्वर १ बाट कुल १० करोड ८८ लाख बीमा शुल्क आर्जन गर्न सफल यस कम्पनीले २ नम्वरबाट ७ करोड ४ लाख, प्रदेश ४ बाट २ करोड ६६ लाख र ५ नम्वरबाट ५ करोड ६३ लाख बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीको २३ हजार ५५ बीमालेख संख्या रहेका छन । कम्पनीले सबैभन्दा कम प्रदेश ७ बाट ५४ लाख मा बीमा शुल्क आर्जन गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी

७ वटै प्रदेशमा २३ क्षेत्रीय कार्यालय तथा शाखा र उपशाखा रहेको यस कम्पनीले कुल ४१ करोड ४६ लाख बीमा शुल्क आर्जन गरेको छ । प्रदेश नम्वर ६ मा सवैभन्दा कम ३ लाख बीमा शुल्क आर्जन गरेको यस कम्पनीले सवैभन्दा बढि प्रदेश नम्बर ३ बाट ३४ करोड ६२ लाख आर्जन गरेको छ । प्रदेश नम्वर १ मा ७५ हजार २ नम्वरमा २ करोड ६ लाख, प्रदेश ४ मा १ करोड २ लाख र प्रदेश ५, र ७ मा क्रमशः १ करोड ६५ लाख र ५४ लाख बीमा शुल्क आर्जन गरेको छ । यो अवधिम कम्पनीले कुल ३८ हजार ४ सय ४० बीमालेख जारी गरेको देखिन्छ ।

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी

अन्य निर्जीवन बीमा कम्पनीले जस्तै यस कम्पनीले पनि प्रदेश नम्वर ३ बाट सवैभन्दा बढि ५२ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेको छ । ७ वटै प्रदेशमा शाखा विस्तार गरेको यस कम्पनीले फागुन मसान्तसम्म ९५ हजार २ सय ८६ बीमालेखबाट ९८ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको छ । अन्य प्रदेशको तुलनामा सबैभन्दा कम प्रदेश ६ बाट १ करोड २९ लाख आर्जन गरेको छ । प्रदेश नम्वर १ बाट ११ करोड ३ लाख, प्रदेश २ बाट ८ करोड ३६ लाख, प्रदेश ४ बाट १६ करोड २५ लाख त्यस्तै प्रदेश नम्वर ५ र ७ बाट क्रमशः ६ करोड ८८ लाख र २ करोड ३२ लाख बीमा शुल्क आर्जन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनी

नेको इन्स्योरेन्स कम्पनीले फागुन मसान्तसम्म कुल १ अर्व ६ करोड २१ लाख बरावरको बीमा शुल्क आर्जन गरेको छ । ७ वटै प्रदेशमा क्षेत्रीय तथा शाखा कार्यालय रहेको यस कम्पनीले अन्य निर्जीवन कम्पनीले जस्तै प्रदेश ३ बाट बढि ६१ करोड ८७ लाख र सवैभन्दा कम प्रदेश ६ बाट २७ लाख मात्र आर्जन गरेको छ । यस कम्पनीले प्रदेश नम्वर १ बाट ११ करोड २६ लाख, २ नम्वरबाट ५ करोड ९२ लाख, ४ नम्वरबाट ४ करोड २ लाख र प्रदेश ५ र ७ बाट क्रमशः १७ करोड ८३ लाख र ५ करोड ४ लाख बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीका देशको ७ वटै प्रदेशमा कुल १ लाख ७२ हजार ४ सय ८७ बीमालेख संख्या रहेका छन ।

एनएलजी इन्स्योरेन्स कम्पनी

यस कम्पनीले कुल १ अर्व २ करोड १६ लाख बीमा शुल्क आर्जन गरेको छ । देशको ७ वटै प्रदेशमा शाखा विस्तार गरेको यस कम्पनीले सवैभन्दा बढि प्रदेश ३ बाट ५३ करोड ६१ लाख र कम प्रदेश ६ बाट १ करोड ६६ लाख बीमा शुल्क आर्जन गरेको छ । प्रदेश नम्वर १ बाट १७ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको यस कम्पनीले प्रदेश २ बाट ९ करोड ९४ लाख, प्रदेश ४ बाट ६ करोड ७४ लाख, प्रदेश ५ र ७ बाट क्रमशः ६ करोड ७ लाख र ६ करोड ९७ लाख बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीको ७ वटै प्रदेशमा कुल १ लाख ८ हजार ८ सय २१ बीमालेख संख्या रहेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी

नेपालको सबैभन्दा जेठो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले फागुन मसान्तसम्ममा ६८ करोड ३१ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६८ हजार ६ सय १६ बीमालेखबाट उक्त रकम बराबरको प्रिमियम संकलन गरेको हो । देशको ७ वटै प्रदेशमा शाखा विस्तार गरेको यस कम्पनीले प्रदेश नम्वर ३ बाट सवैभन्दा बढि ३२ करोड २ लाख र अन्य प्रदेशको तुलनामा प्रदेश नम्वर ६ बाट ५२ लाख बीमा शुल्क आर्जन गरेको छ । जम्मा २६ वटा क्षेत्रीय तथा शाखा कार्यालय रहेको यस कम्पनीले प्रदेश नम्वर १ बाट १० करोड ९७ लाख, प्रदेश २ बाट ९ करोड ९३ लाख, प्रदेश ४ बाट ६ करोड ४९ लाख र प्रदेश ५ र ७ बाट क्रमशः ६ करोड ९२ र १ करोड ४६ लाख बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS