IME Life New

बैंकले मधेश प्रदेशमा दिए रू. ४.५२ खर्ब कर्जा, बचत जम्मा रू. २.६१ खर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  मधेश प्रदेशका उद्याेग धन्दा र व्यापारका लागी बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षकाे ६ महिनामा ४ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लागनी गरेका छन् ।

नेपाल राष्ट्र बै‌ंकले प्रकाशन गरेकाे अर्द्ध वार्षिक आर्थिक समिक्षाका अनुसार मधेश प्रदेशमा बैंक वित्तीय संस्थाले गत पुस मसान्तसम्ममा कूल ४ खर्ब ५२ अर्ब ९ कराेड रूपैयाँ कर्जा लगानी गरेका छन् । गत आव २०७८।७९ काे पुसमसान्तकाे तुलनामा मधेश प्रदेशमा कर्जा लगानी साेही अवधिमा ६‍.८ प्रतिशतले वृद्धि भएकाे छ। याे प्रदेशमा प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १६.२६ प्रतिशत रहेको छ ।

Esewa
Crest

राष्ट्र बैंकका अनुसार देशभरका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामा ९.४ प्रतिशत हिस्सा मधेश प्रदेशले ओगटेकाे छ। सबैभन्दा धेरै ११‍.५५ प्रतिशत कर्जा उपभाेग काेशी प्रदेशकाे रहेकाे छ।

निक्षेप संकलनकाे तुलनामा मधेश प्रदेशमा कर्जा उपभाेग झण्डै दाेब्बर छ । साढे ४ खर्ब भन्दा बढी कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट चालू आव २०७९/८० काे पुसमसान्तसम्ममा २ खर्ब ६१ अर्ब ५० करोड रूपैयाँ मात्र निक्षेप संकलन गरेका छन् । निक्षेप संकलन समीक्षा अवधिमा  ५.८४ प्रतिशतले वृद्धि भएकाे छ।

प्रदेशबाट स‌ंकलित कुल निक्षेपमा पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २५.४४ प्रतिशत र रौतहट जिल्लाको हिस्सा सबैभन्दा कम ६.०१ प्रतिशत छ । कुल कर्जा प्रवाहतर्फ पर्सा जिल्लाको अंश सबैभन्दा बढी ३४.५० प्रतिशत रहेकाे छ। सप्तरी जिल्लाको सबैभन्दा कम १४.८८ प्रतिशत रहेको छ ।

उद्याेग व्यापारकाे दृष्टीकाेणले पर्सा जिल्ला मधेश प्रदेशकै सबैभन्दा धेरै उद्याेग र व्यापार भएकाे जिल्ला हाे । नेपालकाे सबैभन्दा ठूलाे स्थल भन्सार नाका वीरग‌ंज पनि पर्सा जिल्लामै रहेकाे छ। प्रदेशमा सञ्चालित बैंक वित्तीय संस्थाको कूल शाखा संख्या १,७६१ रहेको छ । मधेशमा बसाेबास गर्ने मध्ये १७ लाख ६४ हजारले माेबाइल बैंकिङ सेवा लिएका छन् ।

सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २,९१,६४,५७८ मध्ये प्रदेशगत आधारमा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१,१४,६०० जना रहेको छ । कुल जनसंख्याको २०.९७ प्रतिशत हुन आउँदछ । मधेश प्रदेशको कुल जनसंख्यामा पुरुषको संख्या ३०,६५,७५१ जना र महिलाको संख्या ३०,४८,८४९ रहेको छ । मधेश प्रदेशमा कुल परिवार संख्या ११,५६,७१५ रहेको छ । जनसंख्याको लैङ्गिक अनुपात विश्लेषण गर्दा मधेश प्रदेशमा १००.५५ रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर हेर्दा मधेश प्रदेशमा १.१९ प्रतिशत रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS