IME Life New

मर्जरको प्रस्ताव पारित सहित महालक्ष्मी लाइफको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल अकामा धुम्बराहीमा सम्पन्न भएको हो । सभाले संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७७ / ७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७ /७८ को आय व्यय हिसाव नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा एनएफआरएस बमोजिमको वित्तिय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले लेखा परिक्षण समितिद्वारा सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७८ / ७९ अवधिका लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि मुल्याङ्कनकर्ता एनबिएसएम एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सद्वारा तयार गरिएको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरि गाभ्ने /गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्वन्धी अन्तिम सम्झौता पत्र सहमति पत्र तथा अन्य भए गरेका सम्झौताहरूको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि दुबै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखा परिक्षक र मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरेको छ ।

सभाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड विच गाभ्ने गाभिने प्रयोजनको लागि भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निवेदन दिने र गाभ्नेरगाभिने कार्यसँग सम्बन्धित प्रचलित कानून, निर्देशन बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरू एवं प्रक्रियाहरू पुरा गरि अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरूबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरू तयार गर्ने, सो उपलब्ध गर्ने गराउने, गाभ्ने गाभिने कार्य सम्बन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरू गर्ने लगायतका आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरू तोक्ने अधिकार सञ्चालक समितिलाई दिने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको साविक सञ्चालक समितिका सदस्यहरूको कार्यकाल जतिसुकै बाँकी रहेको भएतापनि गाभ्नेरगाभिने कार्य सम्पन्न भई साविक दुवै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरूको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS