IME Life New

आइएमई जनरल इन्स्योरेन्सको ३४ औं शाखा मन्थलीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ९ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रामेछाप जिल्लाको मन्थलीमा ३४ औं शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमकाबीच उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, सम्पूर्ण कर्मचारीलगायत ग्राहक महानुभावहरुलाई धन्यवाद दिए ।

Esewa
Crest

सोही कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष थापा लगायत स्थानीय उद्योगी तथा व्यावसायीहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि रामेछापको मन्थलीमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा स्थानीय उद्योगी, व्यापारीहरु, यातायात व्यवसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS