IME Life New

नसर्ने रोगबाटै बिरामी पर्ने नेपालीकाे संख्या अति धेरै, उच्च रक्तचापका बिरामी सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपालीहरुको अस्वस्थ्य जीवन शैलीका कारण नसर्ने रोगबाट पीडित हुनेहरुकाे संख्या दिन प्रतिदिन बढ्दै गएको छ। उच्च रक्तचाप, मधुमेह, अज्ञात, स्वासप्रश्वाससँग सम्बन्धित लगायतका नसर्ने प्रकृतिका राेगबाट बिरामी पर्नेहरुकाे स‌ंख्या सबैभन्दा उच्च रहेकाे स्वास्थ्य बीमा बाेर्डले जानकारी दिएको छ।

बाेर्डले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार बीमा व्यवस्थापन सूचना प्रणाली (IMIS) मा प्रविष्ट भएका रोगहरु मध्ये उच्च दाबी हुने रोगमा सबैभन्दा बढी उच्च रक्तचापका बिरामीकाे उपचारमा भएको खर्च वापतको दाबी रहेकाे छ। बाेर्डका अनुसार कूल प्रविष्ट गरिएका राेगमध्ये उच्च रक्तचापका बिरामीको संख्या २१.७ प्रतिशत रहेकाे छ । मोटोपन, पारिवारिक इतिहास र अस्वस्थ्यकर आहार उच्च रक्तचापको मुख्य कारण हो । उपभाेक्तावादी संस्कृति बढ्दै जाँदा खानपान र शारीरिक परिश्रममा ध्यान नदिंदा रक्तचापको सन्तुलन बिग्रन जान्छ। रक्तचापलाई सन्तुलनमा राख्नका लागी खानपानमा ध्यान दिनुका साथै सन्तुलित भोजन समेत जरुरी हुन्छ।

Esewa
Crest

बाेर्डका अनुसार पहिचान नभएका बिमारीका कारण बिरामी हुनेकाे स‌ंख्या १३.६ प्रतिशत र मधुमेहका बिरामीको स‌ंख्या १३.६ प्रतिशत रहेकाे छ ।यसैगरी तल्लाे पेटको दुःखाई, जलन १३.४ प्रतिशत रहेकाे छ। यसबाहेक आँखाको दृश्य हेर्न सक्ने क्षमताको क्षयीकरण सम्बन्धी बिरामीको संख्या १०.५ प्रतिशत रहेकाे छ।

कूल दाबीकाे ९७ प्रतिशत दाबी स्वीकृत

बोर्डका अनुसार आर्थिक वर्ष २०७८।७९ मा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत परेको दाबीमध्ये जम्मा ७ प्रतिशत अस्वीकृत गरिएको छ। बाेर्डका अनुसार कूल दाबी रकमको आधारमा ९३ प्रतिशतभन्दा बढी दाबी भुक्तानी भएकाे छ। स्वास्थ्य संस्थाले गत आवमा कूल १० अर्ब ६४ करोड ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा ९ अर्ब ९३ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको बाेर्डको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य बीमा बाेर्डबाट राजनीतिक प्रभावका आधारमा स्वास्थ्य स‌ंस्थाहरूले दाबी भुक्तानी हात पार्ने गरेकाे आरोप लाग्दै आएको छ। यसबाहेक स्वास्थ्य स‌ंस्थाहरूले बिरामीसँग रकम असुलेर बाेर्डबाट समेत साेधभर्ना माग्ने गरेको आराेप लाग्ने गरेकाे छ। बाेर्डले हालै मात्र एक सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य स‌ंस्थाहरूलाई विपन्नका लागी औषधोउपचार कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रम दुबै तिरबाट एउटै बिरामीकाे उही रोगको उपचारका लागी रकम नमाग्न अनुराेध समेत गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS