IME Life New

प्राधिकरणकाे सदाचार नीति वेबसाइटमै सीमित, कार्यान्वयन पक्ष फितलाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका लागी जारी गरेकाे सदाचार नीति २०७९ प्राधिकरणकाे वेबसाइटमै सीमित भएकाे छ। नीति अन्तर्गत रहेर बीमा कम्पनीहरुलाई सदाचार नीति तयार पार्न र कार्यान्वयन गर्नका लागी नीति मार्फत् नै प्राधिकरणले निर्देशन दिए पनि अधिका‌ंश कम्पनीले पालना गरेका छैनन् ।

सदाचार नीतिमा बीमकमा नियुक्त हुने पदाधिकारी तथा कर्मचारीले आफ्नाे तथा आफ्नो सगोलको परिवारका सदस्यको आय, सम्पत्ति, दायीत्व, काराेबार, बाहिरी पद स्वीकारेकाे भए साे सम्बन्धि सम्झौताबारेकाे विवरण आफ्नाे कार्यालयमा पेश गर्नुपर्ने प्रावधान छ। यस्ताे विवरण नियुक्ति पाएकाे ३० दिनभित्र र प्रत्येक आर्थिक वर्ष शुरु भएकाे ६० दिनभित्र पेश गर्नुपर्ने प्रावधान छ। विवरण ढिलाे बुझाएमा जरिवाना समेत तिर्नुपर्ने व्यवस्था छ।

Esewa
Crest

प्राधिकरणले जारी गरेकाे नीतिमा प्रत्येक बीमकले आफ्नाे कम्पनीका लागी सदाचार नीति २०७९ सँग सामनजस्य हुने गरी सदाचार नीति तयार पारेर लागू गर्नुपर्ने प्रावधान छ। यसबाहेक सदाचार पद्धतिकाे कार्यान्वयनकाे सहजीकरणका लागी सदाचार हेर्ने अधिकारी समेत ताेक्नुपर्ने व्यवस्था छ। ताेकिएकाे अधिकारीमार्फत् कम्पनीका सबैलाई सदाचार नीति नियमबारे जानकारीमूलक प्रशिक्षण दिनुपर्ने र सदाचार नीति कार्यान्वयनकाे अवस्थाका बारेमा नियमितरुपमा प्रमुख कार्यकारी अधिकृत समक्ष प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान समेत छ। यसबाहेक प्रतिवेदन बेवसाइट मार्फत् समेत सार्वजनिक गर्ने र अनिवार्यरुपमा नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने भएपनि अधिका‌ंश बीमा कम्पनीले उदासिनता देखाएका छन् ।

 

बीमकको कार्य सम्पादनका लागि आवश्यक जनशक्तिकाे पदपूर्ती गर्दा समानता एवम् समावेशिताकाे सिद्धान्त हेर्नुपर्ने र पारदर्शी तवरबाट गर्नुपर्ने प्रावधान समेत छ। तर अझै सम्म पनि अधिका‌ंश बीमकले शुरूवाती तहका कर्मचारी भर्नाकाे सूचना समेत प्रकाशन नगरी सिधै कर्मचारी भर्ना गर्ने प्रवृत्ती कायमै छ।

साधन श्राेतकाे कानून सम्मत प्रयाेग गर्दा र ताेकिएकाे काम गरिदिए वापत कानून बमाेजिम बाहेक कसैबाट वस्तु वा नगद नलिई गर्न नहुने प्रावधान समेत छ । भुक्तभाेगी बीमकका अनुसार नीतिगत विषयमा कुनै पहल गर्दा, संस्थापक शेयर खरिदबिक्रीका लागी पूर्व स्वीकृति लिंदा वा लगानीका लागी पूर्व स्वीकृति लिंदा प्राधिकरणका जिम्मेवार अधिकारीलाई ‘खुशी’ नबनाएसम्म वास्ता नै गर्दैनन् ।

यथार्थमा अधिका‌ंश बीमा कम्पनीमा मात्र नभएर स्वयम् नेपाल बीमा प्राधिकरणका पदाधिकारी र कर्मचारीकाे समेत व्यक्तिगत स्वार्थ बाझिने गरी आफ्नाे वा सगाेलका परिवारका सदस्यकाे कुनै न कुनै प्रकारकाे संलग्नता रहेकाे छ। प्राधिकरणका पदाधिकारी र कर्मचारीकाे सगाेलका परिवार सदस्य बीमा कम्पनीमा जागिरे छन् । केही कर्मचारीले बीमकमा विभिन्न बस्तु तथा सेवा आपूर्तीकाे व्यवसायमा च्याखे थापेका छन् । बीमकले दिएकाे जिन्सी तथा नगद बीमा प्राधिकरणका कर्मचारीले चाडपर्वका समयमा सार्वजनिकरुपमै स्वीकार्ने गरेका छन् ।

सदाचार-नीति governance corporate code of conduct

सदाचार नीतिकाे पूर्ण पालना अमेरिकी बीमा कम्पनी मेट लाईफको नेपालस्थित शाखा कार्यालयबाहेक अन्य कम्पनीहरुमा बिरलै भेटिने गरेकाे बीमा क्षेत्रका जानकारहरुकाे भनाई छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS