IME Life New

नेपाल लाईफले बीमालेख कर्जाकाे ब्याज दर घटायाे,अब बीमितले कति तिर्नुपर्छ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सले बीमालेख धिताे कर्जाकाे ब्याज दर १ प्रतिशत बिन्दुले घटाएकाे छ। इन्स्याेरेन्सको स‌ंचालक समितिले जेठ २ गतेदेखि लागू हुने गरी बीमालेख धिताेकाे ब्याज घटाएर ११ प्रतिशतबाट १० प्रतिशत कायम गरेकाे हाे ।

नेपाल लाईफले वार्षिक १० प्रतिशत रहेकाे कर्जाकाे ब्याज दर गत वर्ष कात्तिक महिनादेखि १२ प्रतिशत पुर्याएकाेमा जीवन बीमा अभिकर्ताहरुकाे दबाबमा घटाएर पुस ६ गतेदेखि ११ प्रतिशत कायम गरेकाे थियाे । कम्पनीका बीमा अभिकर्ताहरुले ब्याज दर कटाैतीका लागी व्यवस्थापनलाई निरन्तर दबाब दि‌ंदै आएकाेमा असार मसान्तमा अभिकर्ताहरुलाई व्यापारका लागी प्राेत्साहित गर्ने उद्देश्यले कम्पनीले बीमालेख कर्जाकाे ब्याज दर कटाैती गरेकाे हाे । बीमालेख कर्जावापतकाे सुविधा उपभाेग गरेर अभिकर्ताले समेत यस्ताे कर्जा रकम बीमालेख खरिद गर्ने काममा प्रयाेग गर्दै आएका छन् ।

Esewa
Crest

नेपाल लाईफले बीमालेख धिताे कर्जाकाे ब्याजवापत मनग्ये आम्दानी गरिरहेकाे छ। कम्पनीले चालू आर्थिक वर्ष २०७९।८० काे चैत्र मसान्तसम्ममा बीमितलाई २९ अर्ब ५६ कराेड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाे छ। याे रकम गत आव २०७८।७९ काे चैत्र मसान्तकाे तुलनामा १ अर्ब ६७ कराेड रुपैयाँ बढी हाे । कम्पनीले चालू आवकाे तेश्राे त्रैमाससम्ममा मात्र बीमितबाट ब्याजवापत १ अर्ब ३७ कराेड ८७ लाख रुपैयाँ असुली गरेकाे छ।

बैंक तथा वित्तीय संस्थाले कर्जाकाे ब्याज दर १४ प्रतिशतभन्दा माथि पुर्याए पछि जीवन बीमा कम्पनीहरूले पनि मिलेमताे गरेर १० देखि २० प्रतिशतसम्म ब्याजदर वृद्धि गरेका थिए । बै‌ंककाे भन्दा थाेरै ब्याज दरका कारण बीमालेख कर्जा सुविधाकाे उपयाेग अनावश्यकरूपमा बढेकाे र कर्जा चुक्ता हुन नसक्दा बीमालेख जफत हुने जाेखिम भएकाे कारण देखाउँदै ब्याज दर बढाएका थिए ।

बै‌ंकहरूकाे कर्जाकाे ब्याजदर गत बैशाख महिनादेखि नै क्रमशः घट्न थालेपनि अधिकांश जीवन बीमा कम्पनीले बढेकाे ब्याजदर घटाएका छैनन् । अधिकांशकाे ब्याजदर ११ प्रतिशत रहेकाे छ। केही कम्पनीले बीमितसँग १२ प्रतिशतसम्म ब्याज लिइ रहेका छन् । जीवन बीमा कम्पनीले बीमितलाई बाेनशवापत औसतमा बीमा‌ंक रकमकाे ६ प्रतिशतभन्दा पनि न्यून प्रतिफल दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

0%
sad

दु :खी

27%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS