IME Life New

सेयर बजारमा उछाल, नेप्सेमा हाफ सेञ्चुरी, बीमा समूह ३५२ अंकले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ९ । नयाँ वर्ष लागेदेखि नै लगातार बढेको नेप्से यो साताको पहिलो दिन ५० अंकले बढेको छ । यसदिन बजार ५० दशमलव १८ अंकले बढेर १ हजार ४ सय ३८ दशमलव ४९ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका सबै समूहमा हरियाली छाएसँगै समग्र बजार उच्च अंकले बढेको हो । जसमध्ये आज बीमा समूह सर्वाधिक अंकले बढेको छ । यसदिन बीमा ३५२ दशमलव ९९ अंकले बढेको हो । त्यस्तै लघुवित्त १०० दशमलव २३ अंकले उकालो लागेको छ ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक रिपार्ट सकारात्मक देखिएको साथै लगानीकर्ताको लागि निकै चासो रहेको पूर्ण अनलाईन कारोबार प्रणाली आउनेमा लगानीकर्ता विस्वस्त हुँदा बजार उच्च अंकले उकालो लागेको बताइएको छ ।

परिसुचकमा उच्च वृद्धिसँगै कारोबारले पनि अर्ब नाघेको छ । नयाँ वर्षसँगै दैनिकजसो अर्ब बढीको कारोबार भएको बजारमा आइतबार १६७ कम्पनीको १ अर्ब २३ करोड ५ लाख ३ हजार १८० रुपैयाँको सेयर किनबेच भएको छ । गतसाताको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब ११ करोडको सेयर खरिदबिक्री भएका थिए ।

आज सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको ५ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यसैगरी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर ४ करोड ४० लाखभन्दा बढीको किनबेच भएको छ ।

आइतबारको सेयर कारोबारमा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अस्ण काबेली पावर लिमिटेड, एनएमबि माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी नेसनल माइक्रोफाइनान्स, वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स लगायतका कम्पनीको सेयर भाउ पनि करिब १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सर्वाधिक गुमाउनेमा भने आज रिडि हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ३५ प्रतिशतले घटेको छ । ५० अंकले नेप्से परिसुचक उकालो लाग्दा ११ कम्पनीको सेयर मूल्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS