Connect IPS
IME Life

लगानीकर्ताको वर्षौदेखिको तपस्या पुरा भयो, दोस्रो बजारको देशव्यापी पहुँच सँगै शेयर बजारले नयाँ उचाइ लिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूँजी बजार लगानीकर्ता संघ, संघठन तथा विश्लेषकहरुले लामो समयदेखि राख्दै आएको माग आज पुरा भएको भन्दै खुसी व्यक्त गरेका छन् । आफुहरुले दोस्रो बजारमा आम लगानीकर्ताको पहुँच हुनु पर्ने र यसका लागि पुराना ब्रोकरको एकाधिकार तोड्दै बैंक वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिनु पर्ने माग पुरा भएको बताएका छन् ।

धितोपत्र बोर्डले आजको निर्णय सँगै अव दुर दराजमा रहेका लगानीकर्ता पनि शेयर बजारमा आवद्ध हुन पाउने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । छरिएर रहेको पूँजी दोस्रो बजारमा सहजै लगानी हुन पाउने उनको भनाइ छ । नेपालको शेयर बजारमा ऐतिहासिक काम भएको ढकालले बताए ।

Prabhu
Crest

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा शेयर बजारका अभियान्ता छोटेलाल रौनियारले आफ्नो १३ वर्षदेखिको तपस्या पुरा भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो वर्षौदेखिको माग पुरा भएको भन्दै धितोपत्र बोर्डको यस्तो निर्णयले नेपालको शेयर बजारमा कोशेढुङ्गा बनाएको बताए । उनले भने ‘हाम्रो वर्षदेखिको माग कार्यान्वयनको चरणमा अगाडी बढेको छ । ब्रोकर धेरै हुनु भनेको लगानीकर्ताको हितमा छ ।’ नयाँ ब्रोकर आए सँगै पुरानाले पनि आफ्नो सेवा सुविधामा विस्तार गर्नु पर्ने उनको सुझाव छ ।

रौनियारले वर्षदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्छ भन्दै आन्दोलन गर्दै आएका थिए । उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जमा बैंकलाई ब्रोकर लाइसेन्स दिएर शेयर बजारको पहुँच नेपालभर पुर्याउनु पर्ने माग राख्दै आएका थिए ।

उनको लामो समयदेखिको माग आज संबोधन भएको छ । नेपाल धितोपत्र बोर्डले आजै ७ वटा बैंक वित्तीय संस्थाका सहायक कम्पनीलाई र ९ वटा व्यक्ति तथा प्राइभेट कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको छ । अझै ३० वटा ब्रोकर कम्पनी पाइपलाइनमा छन् । बोर्डको यस्तो निर्णय सँगै ५० वटा ब्रोकरको मोनोपोलिसी टुटेको उनको भनाइ छ । ब्रोकर कम्पनीहरु चक्रपथ भन्दा बाहिर जान नसकिरहेको सन्दर्भमा नयाँ ब्रोकर लाइसेन्सको वितरण सँगै ७७ वटै जिल्लामा दोस्रो बजार पुग्ने अवस्था आएको उनको धारणा छ ।

धितोपत्र बोर्डले आज ब्रोकर लाइसेन्स दिए सँगै भोलि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पनि वितरण गर्ने र नेपालमा शेयर बजारको विकासमा थप टेवा पुग्ने लगानीकर्ताको भनाइ छ । हिजोका दिनसम्म लगानीकर्ताहरुलाई खाए खा नखाए घिच भन्ने सम्मको अवस्था रहेको अवका दिनमा प्रतिस्पर्धी र व्यवसायिक ब्रोकर तथा स्टक एक्सचेन्ज रोज्ने अवसर प्राप्त हुने रौनियारले बताए ।

बजारमा सर्टसेल, अप्सन मार्केटदेखि लिएर नयाँ नयाँ प्रविधि तथा इन्ट्रुमेन्ट आउने र बजारको दायरा थप फराकिलो हुँदै जाने लगानीकर्ताको विश्लेषण छ । नयाँ ब्रोकर र नयाँ स्टक एक्सेचेन्जको लाइसेन्स सँगै लगानीकर्ताले अर्को स्टेप अगाडी बढाउने बताएका छन् । पहिला शेयर बजारलाई राष्ट्रव्यापी बनाउने र त्यस पछि ब्रोकर कमिशन घटाउन तर्फ लाग्ने उनिहरुको भनाइ छ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्छ भन्दै ‍लगानीकर्ताको वर्षदेखिको माग रहेको शेयर लगानीकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष तारा फुलेलले बताए । यस अवधिमा कसैले पनि बाधा अवरोध खडा नहुने फुलेलको भनाइ छ । उनले कसैलाई पनि बाधा अवरोध खडा नगर्न आग्रह समेत गरेका छन् । जनमत सहित संसदमा रहेका जनप्रतिनिधिहरुले पनि ब्रोकर लाइसेन्स तथा नयाँ स्टक एक्सचेन्जका विषयमा नबुझी अवरोध पुर्याउने तथा गलत प्रतिक्रिया दिन नहुने उनको भनाइ छ । कुनै व्यक्ति तथा समुहको स्वार्थका पछाडी नखागी निस्वार्थ भावनाले लगानीकर्ताको हितमा जनप्रतिनिधिहरुले काम गर्नु पर्ने फलेलको तर्क छ । उनले थपे ‘कसैबाट पनि हलो अड्काएर गोरु चुट्ने काम नगरियोस् ।’

लगानीकर्ताले पहिलादेखिनै उठाउदै आएको माग आज पुरा भएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधापोखरेलको भनाइ छ । बोर्डले क्राइटेरिया पुरा गरेर लाइसेन्स दिएको विषयलाई संघले स्वागत गर्ने उनको भनाइ छ । अहिले जसरी लगानीकर्ताले प्राथमिक बजारमा सहजै पहुँच राख्छन् र सजिलै आवेदन दिन पाइरहेका छन् दोस्रो बजारमा पनि त्यसरीनै कारोबार गर्न वातावरणका लागि बोर्डको यस्तो कदम सर्हानिय रहेको पोखरेलको भनाइ छ । उनका अनुसार ब्रोकर धेरै हुनु भनेको लगानीकर्ताको हितामा हुनु हो । नयाँ आएका ब्रोकरले आफ्नो सेवा सुविधामा ध्यान दिनु पर्ने उनको सुझाव छ ।

लगानीकर्ताको मनोविज्ञान कमजोर भइरहेको सन्दर्भमा धितोपत्र बोर्डको यस कदमले शेयर बजारमा प्राण हाल्ने काम भएको फोरमका अध्यक्ष ढकालले बताए । उनले भने ‘पूँजी बजार झण्डै झण्डै कोमामा गएको अवस्था छ । यसले शेयर बजारलाई भेण्टिलेटरबाट बाहिर निकाल्ने काम गर्छ ।’

बैंक वित्तीय संस्था र ब्रोकर कम्पनी मार्फत ७७ वटै जिल्लामा ब्रोकर सेवा पुग्ने हो भने लगानीकर्ताले सहज महशुस गर्ने लगानीकर्ताको भनाइ छ । पूँजी बजारमा सबैको पहुँच पुग्ने गरी काम गरियो भने नेपालकै इतिहासमा यसले राम्रो सन्देश प्रवाह गर्ने लगानीकर्ता फुलेलको तर्क छ । नयाँ ब्रोकरले उदार नीति लिएर आउनु पर्ने र लगानीकर्ताको मन जित्ने गरी आउनु पर्ने लगानीकर्ताको भनाइ छ ।

 

धितोपत्र बोर्डले १६ ब्रोकरलाई दियो लाइसेन्स, ७ बैंक सहित यी हुन् व्यक्तिगत धितोपत्र दलाल

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

12%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS