IME Life New

एशियन लाईफ इन्स्याेरेन्सकाे ३४ प्रतिशत संस्थापक शेयर ११ जनाकाे नियन्त्रणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌। एशियन लाईफ इन्स्याेरेन्सकाे ३४ प्रतिशत शेयर ११ जना स‌ंस्थापक शेयरधनीकाे नियन्त्रणमा रहेकाे छ। १५ औं वार्षिक प्रतिवेदनमा प्रकाशित विवरण अनुसार आव २०७८।७९ काे मसान्तसम्ममा १ प्रतिशतभन्दा बढी संस्थापक शेयरधनीहरूकाे सूचीमा गुह्येश्वरी मर्चेन्ट बैंकबाहेक सबै व्यक्तिगत स्वामित्वधारण गरेका शेयरधनी रहेका छन् ।

प्रकाशित विवरण अनुसार ६.२४ प्रतिशत शेयर शक्ति कुमार गाेल्याणकाे स्वामित्वमा रहेकाे छ। गाेल्याणसँग १५ लाख ८५ हजार २७० कित्ता संस्थापक शेयर रहेकाे छ। गाेल्याण हाल संस्थापक शेयरधनीहरूकाे तर्फबाट नेपाल लाईफ इन्स्याेरेन्सकाे स‌ंचालक समिति सदस्य समेत रहेका छन् । नेपाल लाईफमा उनीसँग आव २०७७।७८ काे असार मसान्तसम्ममा ६ लाख ९० हजार २९२ कित्ता स‌ंस्थापक शेयर रहेकाे थियाे ।

Esewa
Crest

एशियन लाईफकाे स‌ंस्थापक शेयरधनीहरूमध्ये दाेश्राे सर्वाधिक कित्ता धारण गर्नेमा रूक्मिनी बस्नेत रहेकी छिन् । उनीसँग ५.४२ प्रतिशत अर्थात् १३ लाख ७६ हजार ६३२ कित्ता शेयर छ। यसैगरी राजेश लाल श्रेष्ठसँग ५‍.१४ प्रतिशत १३ लाख ५ हजार ६८७ कित्ता शेयर छ। यसबाहेक रत्नादेवी श्रेष्ठसँग क्रमशः ७ लाख ६८ हजार १७६ कित्ता संस्थापक शेयर छ।

कम्पनीका अनुसार दिनानाथ खण्डेलवालकाे नाममा ६ लाख ९४ हजार ७९० कित्ता,राेहित गुप्तासँग ६लाख ६४ हजार ८०९ कित्ता, गुह्येश्वरी मर्चेण्ट बैंककाे नाममा ६ लाख ३६ हजार ७७३ कित्ता, बृख बहादुर बस्नेतकाे नाममा ५ लाख ४९ हजार ६७३ कित्ता, अ‌ंजली सरावगीकाे नाममा ४ लाख ५ हजार २६३ कित्ता, सबिता देवी रूंगटाकाे नाममा ३ लाख ७६ हजार ६८९ कित्ता र स्वाती रूंगटा अग्रवालकाे नाममा २ लाख ८० हजार ४१२ कित्ता शेयर रहेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS