IME Life New

महालेखा परिक्षकले भन्याे, ९ जीवन र १३ निर्जीवन बीमा कम्पनीमा क्रस हाेल्डिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । चुक्ता पूँजी पुर्याउनका लागी बीमा कम्पनीहरुबीच गाभ्ने गाभिने क्रम जारी रहँदा १३ निर्जीवन र ९ जीवन बीमा कम्पनीहरुले अन्य बीमा कम्पनीकाे शेयरमा १ प्रतिशतभन्दा बढी लगानी गरेकाे महालेखा परिक्षककाे कार्यालयले प्रतिवेदनमा टिप्पणी गरेकाे छ।

महालेखा परिक्षककाे कार्यालयले गत आर्थिक वर्ष २०७८।७९ काे लेखा परिक्षणका क्रममा चुक्ता पूँजीकाे १५ प्रतिशतभन्दा बढी एकै बीमककाे, एकै व्यक्ति र एकै घर परिवारले ९ जीवन बीमा र १३ निर्जीवन बीमा कम्पनीबाट १ प्रतिशतभन्दा बढी लगानी गरेकाे फेला परेकाे उल्लेख गरेकाे छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले जारी गरेकाे संस्थापक शेयर काराेबारसम्बन्धी निर्देशिका २०७७ काे निर्देशन १०(१) अनुसार कुनै व्यक्ति, एकाघर परिवार, समूह वा संगठित संस्थाले कुनै एक बीमककाे संस्थापक शेयरमा चुक्ता पूँजीकाे बढीमा १५ प्रतिशत र अन्य समान प्रकृतिकाे बीमा व्यवसाय गर्ने बीमकका चुक्ता पूँजीकाे बढीमा १ प्रतिशतभन्दा घटी मात्र लगानी गर्न सक्ने प्रावधान छ । साथै ताेकिएकाे सीमाभन्दा बढी लगानी गरेकाे संस्थापक वा संस्थापक समूहकाे शेयर दुई वर्षभित्र बिक्री गरी सीमाभित्र कायम गरिसक्नु व्यवस्था रहेकाे छ।

Cross holding महालेखा परिक्षक ६० औं प्रतिवेदनकाे अंश

प्राधिकरणले निर्देशिका जारी गरेकाे मितिबाट २ वर्षभित्र लगानीकाे सीमा कायम नगर्ने स‌ंस्थापक शेयरधनीले बीमकबाट प्राप्त गर्ने लाभा‌ंश वितरणमा राेक लगाउने र हकप्रद शेयर समेत खरिद गर्न बन्देज लगाउने प्रावधान छ। प्राधिकरणले निर्देशिका जारी गरेकाे दुई वर्षे अवधि पुरा हुनु अगावै संस्थापक शेयरबाट लगानी फिर्ता नगरे लाभांश र हकप्रद शेयरबाट वञ्चित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS