IME Life New

नयाँ जीवन बीमा निर्देशिकामा यस्तो छ सरेण्डर सम्बन्धी व्यवस्था, चार किस्ता तिरे पछि मात्रै योग्य हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको नयाँ जीवन बीमा निर्देशिका २०७९ ले समर्पण मूल्य तथा कर्जा सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । निर्देशिकाको दफा १० मा समर्पण मूल्य तथा कर्जा सम्बन्धी व्यवस्था रहेको छ ।

बीमकले बीमालेख अन्तर्गत पूरा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूँरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख सुरक्षण राखी कर्जा प्रदान गर्न सक्नेछ ।

Esewa
Crest

प्रायः बीमितहरुमा तीन किस्ता भुक्तानी गरे पछि तीन वर्ष पुरा हुने र समर्पण गर्न मिल्ने बुझाइ रहेको छ । तर तीन किस्ता भुक्तानी गर्दा तीन वर्ष पुरा हुँदैन । तीन वटा किस्ता तिर्दा दुई वर्ष पुरा हुन्छ । त्यसैले चार किस्ता भुक्तानी गरे पछि मात्रै तीन वर्ष पुरा हुन्छ ।

प्राधिकरणले निर्देशिकामा समर्पण मूल्यको गणना विधि प्रष्ट खुलाइदिएको छ । यदि निर्देशिकामा उल्लेखित व्यवस्था अनुसार भन्द फरक पद्धति अपनाउने हो भने नेपाल बीमा प्राधिकरणको एक्चुरीबाट स्वीकृत गराउनु पर्छ । बीमितले बीमालेख धितोमा राखेर कर्जा लिदा अधिकतम सरेण्डर मूल्यको ९० प्रतिशत र न्युनतम एक हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने छन् ।

निर्देशिकाले व्याजदरको विषयमा भने नियमन गरेको छैन । व्याजदर निर्धारण गर्ने अधिकारी स्वयं कम्पनीको सञ्चालक समिति सँग रहनेछ । बीमितले यस बाहेक अन्य कुनै पनि किसिमको कर्जा लिन पाउने छैनन् ।

पछिल्लो समय बीमा कम्पनीहरुमा सरेण्डर गर्नेको संख्या बढिरहेको छ । चालु आर्थिक वर्षमै ६० हजार भन्दा धेरै बीमा पोलिसी सरेण्डर भएका छन् । अत्याधिक मात्रामा सरेण्डर हुन थाले पछि प्राधिकरणले एक वर्ष भन्दा अगाडी तीन वर्ष भन्दा अगाडी सरेण्डर गर्न नपाउने तथा बीमालेख धितोकर्जा पनि लिन नपाउने व्यवस्था गरिदिएको थियो । तर पुराना बीमा पोलिसी नै भकाभक सरेण्डर भइरहेका छन् । पछिल्लो समयको आर्थिक संकटका कारण बीमितको आखा बीमा पोलिसी तर्फ बढेको छ । बीमितहरुले हरेक दिन बीमा कम्पनीमा सरेण्डरको विषयमा सोधपुछ गर्नेदेखि लिएर चासो व्यक्त गर्ने गरेका छन् ।

बीमा पोलिसीमा सरेण्डर गर्न पाउनु एक महत्वपुर्ण विशेषता पनि हो । कसैलाई पनि आर्थिक बोझ बोकाउन पाइदैन । जसले आगामी दिनमा म पोलिसीलाई निरन्तरता दिन सक्दिन अथवा म सँग बीमा शुल्क भुक्तानी गर्न सक्ने क्षमता छैन भन्छ उसलाई जवरजस्ती बीमा पोलिसीलाई निरन्तरता दिन दवाव पनि दिन हुँदैन ।

तर सरेण्डर बीमा कम्पनी र बीमित दुबै पक्षको हितमा छैन । संकटको समयमा हतारमा बीमा पोलिसी सरेण्डर गर्दा हातमा थोर बहुत पैसा त पर्ला तर उ बीमाबाट सुरक्षित हुन पाउदैन । अर्को तर्फ उसले सोही पोलिसी आगामी वर्षमा खरिद गर्न खोज्दा धेरै महंगो पर्न जान्छ । जीवन बीमा जति सानो उमेरमा गर्यो त्यतिधेरै फाइदा पुग्छ । उमेर बढ्दै गर्दा बीमा शुल्क पनि महंगो पर्दै जान्छ । यसले गर्दा केहि वर्ष अगाडी खरिद गरिएको पोलिसी अहिले आएर सरेण्डर गर्दा हातमा पनि धेरै पैसा पर्दैन साथै नयाँ पोलिसी खरिद गर्दाको समयमा धेरै महंगो पर्न जान्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS